"जब तिमीहरूमध्ये कसैलाई हाई आउँछ, तब उसले आफ्नो हातले मुख छोपोस्, किनभने शैतान (अदृश्य रुपले) भित्र पस्छ।"
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
"जब तिमीहरूमध्ये कसैलाई हाई आउँछ, तब उसले आफ्नो हातले मुख छोपोस्, किनभने शैतान (अदृश्य रुपले) भित्र पस्छ।"
«إِذَا تَثَاءَبَ أَحَدُكُمْ فَلْيُمْسِكْ بِيَدِهِ عَلَى فِيهِ، فَإِنَّ الشَّيْطَانَ يَدْخُلُ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्छीपन वा पेट भरिएका कारण (वा यस्तै अन्य कारणले) हाई आउँदा मुख खोल्ने व्यक्तिलाई आफ्नो हात मुखमा राखेर त्यसलाई बन्द गर्न निर्देशन दिनुभएको छ। किनभने यदि मुख खुल्लै छोडियो भने शैतान त्यसमा प्रवेश गर्दछ, त्यसैले मुखमा हात राख्नुले शैतानलाई भित्र पस्नबाट रोक्छ।
यदि कुनै व्यक्तिलाई हाई आउँछ भने, उसले त्यसलाई आफ्नो पूर्ण क्षमताले रोक्ने प्रयास गर्नुपर्छ, जसका लागि उसले आफ्नो मुख बन्द राखोस् ताकि त्यो खुल्न नपाओस्। तर यदि उसले मुख बन्द राख्न सक्दैन भने, उसले आफ्नो मुखमा हात राख्नुपर्छ र हातले मुखलाई छोप्नुपर्छ।
इस्लामिक शिष्टाचारलाई सबै परिस्थितिमा अपनाउनु पर्छ, किनकि यो सिद्धता र नैतिकताको प्रतीक हो।
शैतानले मानिसलाई प्रभाव पार्न सक्ने सबै मार्गहरूबाट सावधान रहनुहोस्।
सही मुस्लिम (4/ 2293) (2995).
थप (8)
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (2/ 151).
شرح رياض الصالحين.
لابن عثيمين (4/ 436).
تطريز رياض الصالحين.
لفيصل آل مبارك (ص529).
نزهة المتقين شرح رياض الصالحين.
مجموعة من الباحثين (1/ 679).
Cited in books
3 Booksथप (3)
- تحفة الأخيار تحفة الأخيار (ببيان جملة نافعة مما ورد في الكتاب والسنة من الأدعية والأذكار)«إِذَا تَثَاءَبَ أَحَدُكُمْ، فَلْيُمْسِكْ بِيَدِهِ عَلَى فِيهِ، فَإِنَّ الشَّيْطَانَ يَدْخُلُ» [96]
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 5«إذَا تَثَاءَبَ أحَدُكُمْ فلْيُمْسكْ بيَدِه عَلَىٰ فيهِ، فإنَّ الشَّيْطانَ يَدْخُلُ».
- مجموعة زاد التربية الإسلامية (3)، والسيرة النبوية (3)التربية الإٍسلامية -3- «إِذَا تَثَاءَبَ أَحَدُكُمْ، فَلْيُمْسِكْ بِيَدِهِ عَلَى فِيهِ، فَإِنَّ الشَّيْطَانَ يَدْخُلُ»