Skip to content

(अज़्हिबिल्-बअस, रब्बन्-नास, वश्फि अन्तश्-शाफ़ी, ला शिफाअ इल्ला शिफाउक, शिफाअन् ला युगादिरु सकमा।) अर्थात्: हे मानवजातिका पालनकर्ता! यसको रोग-कष्ट दूर गरिदिनुहोस् र यसलाई स्वास्थ्यलाभ प्रदान गर्नुहोस्। हजुर नै स्वास्थ्यदाता हुनुहुन्छ। हजुरले प्रदान गर्नुभएको उपचारबाहेक अर्को कुनै उपचार छैन। यस्तो पूर्ण आरोग्य प्रदान गर्नुहोस् जसले कुनै पनि रोग नछोडोस्।

उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्:

"रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जब कुनै बिरामीकहाँ जानुहुन्थ्यो, तब उहाँले उसका लागि यसरी प्रार्थना गर्नुहुन्थ्यो: "अज़्हिबिल्-बअस, रब्बन्-नास, वश्फि अन्तश्-शाफ़ी, ला शिफाअ इल्ला शिफाउक, शिफाअन् ला युगादिरु सकमा।" (अर्थात्: हे मानवजातिका पालनकर्ता! यसको रोग-कष्ट दूर गरिदिनुहोस् र यसलाई स्वास्थ्यलाभ प्रदान गर्नुहोस्। हजुर नै स्वास्थ्यदाता हुनुहुन्छ। हजुरले प्रदान गर्नुभएको उपचारबाहेक अर्को कुनै उपचार छैन। यस्तो पूर्ण आरोग्य प्रदान गर्नुहोस् जसले कुनै पनि रोग नछोडोस्।)"

كَانَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ إِذَا أَتَى الْمَرِيضَ يَدْعُو لَهُ قَالَ: «أَذْهِبِ الْبَاسَ، رَبَّ النَّاسِ، وَاشْفِ أَنْتَ الشَّافِي، لَا شِفَاءَ إِلَّا شِفَاؤُكَ، شِفَاءً لَا يُغَادِرُ سَقَمًا».

मुत्तफकुन अलैहि
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) कुनै बिरामीलाई भेट्न जाँदा उसको लागि दुआ गर्दै यसो भन्नुहुन्थ्यो: हे अल्लाह! (तपाईँ हटाइदिनुहोस्) र दुर गरिदिनुहोस् (कष्ट) एवं रोगको कडापनलाई, (हे मानवजातिका पालनकर्ता) उनीहरूका सृष्टिकर्ता र संरक्षक! (अनि स्वास्थ्य लाभ प्रदान गर्नुहोस्) यस बिरामीलाई, (तपाईँ नै) हुनुहुन्छ पवित्र (स्वास्थ्यदाता) र म तपाईँकै 'शाफी' (स्वास्थ्यदाता) नामको माध्यमबाट तपाईँसँगै प्रार्थना गर्दछु, (कुनै स्वास्थ्य) बिरामीलाई प्राप्त हुन सक्दैन (तपाईँले प्रदान गर्नुभएको स्वास्थ्य) र कल्याण बाहेक, (यस्तो स्वास्थ्य) प्रदान गर्नुहोस् जसले पूर्ण रूपमा (बाँकी राख्दैन) र छोड्दैन कुनै पनि (पीडा) र अन्य रोगलाई।

हदीसका केही फाइदाहरू

अश्-शाफी (स्वास्थ्य प्रदान गर्ने) त सर्वशक्तिमान् अल्लाह नै हुनुहुन्छ। डाक्टर र औषधि त केवल साधन मात्र हुन्, जसले अल्लाहको अनुमतिबिना कुनै लाभ वा हानि पुर्‍याउन सक्दैनन्।

बिरामीको स्वास्थ्य लाभको कामना गर्नु र उसलाई भेट्न जानु मुस्लिमहरूबीचका पारस्परिक अधिकारहरूमध्ये एक हो, र बिरामी परिवारको सदस्य भएमा यो अधिकार अझ महत्त्वपूर्ण हुन्छ।

यस हदीसमा बिरामी भेट्न जाने व्यक्तिका लागि यो आशिषित र प्रमाणित दुआ पढ्न प्रोत्साहित गरिएको छ।

पवित्र कुरआन र उत्तम प्रार्थनाहरूद्वारा गरिने 'रुक्या' (कुरआनका आयतहरू र प्रार्थनाद्वारा उपचार) नबी (सल्लल्लाहु अलैहि वसल्लम) को मार्गदर्शन मध्ये एक हो। रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बिरामी हुनुहुँदा कुरआनका आयतहरू र प्रार्थनाद्वारा आफ्नो उपचार आफैँ गर्नुहुन्थ्यो, र आफ्ना परिवारजन वा अन्य कसैलाई कुनै कष्ट वा रोग हुँदा पनि उनीहरूको 'रुक्या' गरिदिनुहुन्थ्यो।

इब्न हजरले भन्नुभएको छ: "एकातर्फ बिरामीका लागि स्वास्थ्यलाभको प्रार्थना गर्नु र अर्कातर्फ बिरामी हुनाले पापको प्रायश्चित (कफ्फारा) एवं पुण्य प्राप्त हुन्छ —जस्तो कि हदीसहरूद्वारा प्रमाणित छ— यी दुईबीच कसरी तालमेल हुन सक्छ भनी प्रश्न उठ्छ। यसको उत्तर यो हो कि: प्रार्थना आफैँमा एक उपासना हो, र यसले बिरामीबाट प्राप्त हुने पुण्य र पापको प्रायश्चितलाई रोक्दैन। किनभने पुण्य र पापको प्रायश्चित त बिरामी पर्नासाथ र त्यसमा धैर्य धारण गर्नाले नै प्राप्त भइसकेको हुन्छ। र प्रार्थना गर्ने व्यक्ति दुई भलाइको बीचमा रहन्छ: कि त उसले चाहेको कुरा (स्वास्थ्यलाभ) प्राप्त हुन्छ, अथवा त्यसको सट्टामा उसलाई कुनै अन्य लाभ मिल्छ वा कुनै कष्ट टाढा हुन्छ; र यी दुवै अवस्था कृपालु अल्लाहकै अनुग्रह हुन्।"

श्रोतहरू

सही बुखारी (7/ 134) (5750).

सही मुस्लिम (4/ 1721) (2191).

थप (8)

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (2/ 162).

شرح رياض الصالحين.

لابن عثيمين (4/ 477).

كنوز رياض الصالحين.

لمجموعة من الباحثين (11/ 539).

نزهة المتقين شرح رياض الصالحين.

لمجموعة من الباحثين (1/ 687).