Skip to content

“यदि कुनै समूह कुनै यस्तो सभा (बैठक) मा बस्दछ, जहाँ उनीहरूले न त अल्लाहको स्मरण (जिक्र) गर्दछन् र न त आफ्ना नबीमाथि दुरूद (आशिष) नै पठाउँदछन् भने—त्यो सभा उनीहरूका लागि पछुतो र घाटाको कारण बन्नेछ। तत्पश्चात्, यदि अल्लाहले चाहनुभयो भने उनीहरूलाई सजाय दिनुहुनेछ र यदि चाहनुभयो भने उनीहरूलाई क्षमा गरिदिनुहुनेछ।”

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

“यदि कुनै समूह कुनै यस्तो सभा (बैठक) मा बस्दछ, जहाँ उनीहरूले न त अल्लाहको स्मरण (जिक्र) गर्दछन् र न त आफ्ना नबीमाथि दुरूद (आशिष) नै पठाउँदछन् भने—त्यो सभा उनीहरूका लागि पछुतो र घाटाको कारण बन्नेछ। तत्पश्चात्, यदि अल्लाहले चाहनुभयो भने उनीहरूलाई सजाय दिनुहुनेछ र यदि चाहनुभयो भने उनीहरूलाई क्षमा गरिदिनुहुनेछ।”

«مَا جَلَسَ قَوْمٌ مَجْلِسًا لَمْ يَذْكُرُوا اللَّهَ فِيهِ وَلَمْ يُصَلُّوا عَلَى نَبِيِّهِمْ إِلاَّ كَانَ عَلَيْهِمْ تِرَةً، فَإِنْ شَاءَ عَذَّبَهُمْ وَإِنْ شَاءَ غَفَرَ لَهُمْ».

अबू दाऊद र तिर्मिजीले वर्णन गरेका छन् र निसाईले सुननुल् कुब्रामा वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाहलाई याद नगरेर बस्ने बानी विरुद्ध चेतावनी दिनुभएको छ। उहाँले भन्नुभएको छ कि कुनै पनि समूह कुनै सभा वा बैठकमा बस्छ, र त्यहाँ अल्लाहको स्मरण गर्दैन तथा आफ्ना रसूल (सल्लल्लाहु अलैहि वसल्लम) माथि दरूद पठाउँदैन, त्यो सभा कियामतको दिन उनीहरूका लागि केवल पश्चात्ताप, ग्लानि, घाटा र नोक्सानको कारण बन्नेछ। त्यसपछि अल्लाहले चाहेमा उनीहरूका अघिल्ला र पछिल्ला पापहरुका कारण सजाय दिनुहुनेछ, र चाहेमा आफ्नो कृपा र दयाले उनीहरूलाई क्षमा गरिदिनुहुनेछ।

हदीसका केही फाइदाहरू

यसमा अल्लाहको स्मरण (जिक्र) गर्न प्रेरणा दिइनुका साथै यसको महिमा र विशिष्ट गुणहरू बारे वर्णन गरिएको छ।

यसमा ती सभाहरूको श्रेष्ठता बारे व्याख्या गरिएको छ जसमा अल्लाहको जिक्र र उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को चर्चा हुन्छ। र जुन सभाहरूमा यी कुराहरू हुँदैनन्, ती सभाहरू कयामतको दिन त्यसमा बस्ने मानिसहरूका लागि दुर्भाग्यपूर्ण साबित हुनेछन्।

अल्लाहलाई सम्झन छोडेर लापरवाह हुनबाट बचाउनका लागि जे चेतावनी दिइएको छ, त्यो कुनै बैठक वा भेलामा मात्र लागू हुँदैन, बरु अरू सबै ठाउँका लागि पनि हो। इमाम नववीले भन्नुभएको छ: 'कोही व्यक्ति कतै बस्छ भने, उसले अल्लाहलाई याद नगरीकन त्यो ठाउँ छोड्नु नराम्रो मानिन्छ।'

कियामतको दिन उनीहरूलाई दुई प्रकारको पछुतो हुनेछ। पहिलो, आफ्नो समय अल्लाहको इबादत र आज्ञापालनमा व्यतीत नगरेका कारण सत्कर्मको प्रतिफलबाट वञ्चित भएको पछुतो; र दोस्रो, आफ्नो समय अल्लाहको अवज्ञा तथा पापपूर्ण कार्यहरूमा बिताएका कारण त्यसको सजाय भोग्नुपर्ने पछुतो।

यदि मुबाह (अनुमति प्राप्त) कुराहरूमा अनावश्यक रूपमा समय बिताउने र बेपरवाह रहने विषयमै यस्तो चेतावनी दिइएको छ भने, ती सभाहरू प्रति अवस्था कति गम्भीर होला जहाँ छुल्याइँ, चुक्ली तथा अन्य विभिन्न पापहरू गरिन्छन्?!

श्रोतहरू

सुनन अबी दाउद (7/ 221) (4855).

सुनन् तिर्मिजी (5/ 391) (3380).

सुनन् कुब्रा लिन्निसाई (9/ 155) (10163).

थप (6)

توضيح الأحكام من بلوغ المرام.

لعبد الله البسام (7/ 524).

منحة العلام في شرح بلوغ المرام.

لعبد الله الفوزان (10/ 396).

فتح ذي الجلال والإكرام.

لابن عثيمين (6/ 464).