उसले कहिल्यै पनि भनेन: हे मेरो प्रभु, प्रलयको दिन मेरो पाप क्षमा गरी दिनु होला ।"
आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेका छन्, उहाँले भन्नु हुन्छ कि:
मैले भने: हे अल्लाहको रसूल! "इब्न जुदआनले" जाहिलियत (इस्लाम पूर्व) को समयमा नातागोतालाई कायम राख्थे, गरिबहरूलाई खाना खुवाउँथे। के यो उनको लागि पुण्य-जनक हुनेछ ? उहाँले भन्नुभयो: "यी कर्महरुले उसलाई केही फाइदा दिने छैन किनभने उसले कहिल्यै पनि भनेन: हे मेरो प्रभु, प्रलयको दिन मेरो पाप क्षमा गरी दिनु होला ।"
قُلْتُ: يَا رَسُولَ اللهِ، ابْنُ جُدْعَانَ كَانَ فِي الْجَاهِلِيَّةِ يَصِلُ الرَّحِمَ، وَيُطْعِمُ الْمِسْكِينَ، فَهَلْ ذَاكَ نَافِعُهُ؟ قَالَ: «لَا يَنْفَعُهُ، إِنَّهُ لَمْ يَقُلْ يَوْمًا: رَبِّ اغْفِرْ لِي خَطِيئَتِي يَوْمَ الدِّينِ».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले "अब्दुल्लाह बिन इब्न जुदआन"को बारेमा जानकारी दिनुभएको छ । जो इस्लामपूर्व कुरैशका प्रमुखहरू मध्ये एक थियो । उनले इस्लामले गर्न प्रोत्साहित गरेका पुण्य कार्यहरु जस्तै आफन्तसँग राम्रो व्यवहार गर्नु, सुख दु:खमा नाता कायम राख्नु र गरिबहरूलाई खाना खुवाउनु जस्ता धेरै राम्रा कामहरू गरेका थिए, तर यी कर्महरूले उनलाई परलोकमा कुनै फाइदा दिने छैन । किनकि उनी मुस्लिम थिएनन् र हे मेरा प्रभु! महाप्रलयको दिनमा मेरो पापहरू क्षमा गर्नुहोला भनेर कहिल्यै बिन्ती गरेनन् ।
यस हदीसमा ईमान(आस्था)को महत्व र कर्महरू स्वीकृत हुनका लागि ईमान शर्त हो भन्ने कुराको प्रमाण छ ।
यस हदीसमा कुफ्र (अधर्मी) को खराबीको वर्णन र यसले सत्कर्महरूलाई बर्बाद गर्छ भन्ने कुराको प्रमाण छ।
काफिर (अविश्वासी) हरूले परलोकमा आफ्नो कर्महरूको लाभ उठाउने छैनन्, किनभने तिनीहरू अल्लाह र परलोकमा विश्वास गर्दैनन् ।
यदि कुनै व्यक्तिले इस्लाम स्वीकार गर्छ भने उसले कुफ्र (इस्लाम पुर्व) को अवस्थामा गरेको राम्रो कर्मको प्रतिफल पाउने छ ।
सही मुस्लिम (1/ 196) (214).
थप (6)
شرح النووي على مسلم (3/87).
المفهم لما أشكل من تلخيص كتاب مسلم (1/ 459).
إرشاد الساري لشرح صحيح البخاري (4/ 170).
التنوير شرح الجامع الصغير (2/364).
فتح المنعم (2/54).
البحر المحيط الثجاج في شرح صحيح الإمام مسلم بن الحجاج (3/ 455).