'अल्लाहको निम्ति धेरैभन्दा धेरै सज्दा गर्ने गर; किनकि जब तिमीले अल्लाहका लागि एउटा सज्दा गर्छौ, अल्लाहले त्यसबापत तिम्रो एक दर्जा उच्च बनाउनुहुन्छ र तिम्रो एउटा पाप मेटाइदिनुहुन्छ।'"
मादान बिन अबू तल्हा यामुरीले बयान गरेका छन्,
मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) द्वारा मुक्त गरिएका दास थौबान (रजियल्लाहु अन्हु) लाई भेटें र भनें: "मलाई यस्तो कुनै कार्य बताइदिनुहोस्, जुन गर्नाले अल्लाहले मलाई स्वर्गमा प्रवेश गराउनुहुनेछ," अथवा मैले सोधें: "अल्लाहलाई सबैभन्दा प्रिय कार्य कुन हो?" उहाँ मौन रहनुभयो। मैले फेरि सोधें, उहाँ फेरि मौन रहनुभयो। तेस्रो पटक सोध्दा उहाँले भन्नुभयो: "मैले पनि यो कुरा अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग सोधेको थिएँ, उहाँले भन्नुभयो:'अल्लाहको निम्ति धेरैभन्दा धेरै सज्दा गर्ने गर; किनकि जब तिमीले अल्लाहका लागि एउटा सज्दा गर्छौ, अल्लाहले त्यसबापत तिम्रो एक दर्जा उच्च बनाउनुहुन्छ र तिम्रो एउटा पाप मेटाइदिनुहुन्छ।'" मअदान भन्छन्: "त्यसपछि म अबु दरदा (रजियल्लाहु अन्हु) सँग भेटें र उहाँलाई पनि यही प्रश्न सोधें। उहाँले मलाई ठ्याक्कै थौबानले जस्तै उत्तर दिनुभयो।"
لَقِيتُ ثَوْبَانَ مَوْلَى رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، فَقُلْتُ: أَخْبِرْنِي بِعَمَلٍ أَعْمَلُهُ يُدْخِلُنِي اللهُ بِهِ الْجَنَّةَ؟ أَوْ قَالَ قُلْتُ: بِأَحَبِّ الْأَعْمَالِ إِلَى اللهِ، فَسَكَتَ. ثُمَّ سَأَلْتُهُ فَسَكَتَ. ثُمَّ سَأَلْتُهُ الثَّالِثَةَ فَقَالَ: سَأَلْتُ عَنْ ذَلِكَ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، فَقَالَ: «عَلَيْكَ بِكَثْرَةِ السُّجُودِ لِلَّهِ، فَإِنَّكَ لَا تَسْجُدُ لِلَّهِ سَجْدَةً، إِلَّا رَفَعَكَ اللهُ بِهَا دَرَجَةً، وَحَطَّ عَنْكَ بِهَا خَطِيئَةً» قَالَ مَعْدَانُ: ثُمَّ لَقِيتُ أَبَا الدَّرْدَاءِ فَسَأَلْتُهُ فَقَالَ لِي: مِثْلَ مَا قَالَ لِي: ثَوْبَانُ.
नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधियो : कुन काम गर्दा स्वर्गमा प्रवेश गर्न सकिन्छ वा अल्लाहलाई सबैभन्दा बढी मनपर्ने कार्य कुन हो ? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रश्नकर्तालाई भन्नुभयो: नमाजमार्फत अत्यधिक सज्दा गर्ने गर, किनकि तिम्रो हरेक सज्दाको बदलामा अल्लाहले तिम्रो एक दर्जा बढाउनुहुन्छ र पाप क्षमा गर्नुहुन्छ।
यस हदीसमा मुस्लिमलाई फर्ज नमाज र नफल (स्वैच्छिक) नमाज दुवैमा विशेष ध्यान दिन प्रोत्साहन गरिएको छ, किनभने ती नमाजहरूमा सज्दा गर्ने कार्य हुन्छ।
यस हदीसले सहाबाहरूको न्यायशास्त्र र उनीहरूको गहिरो ज्ञानलाई उजागर गर्छ कि अल्लाहको कृपापछि सत्कर्म बिना जन्नत प्राप्त हुँदैन।
नमाजमा गरिएको सज्दा, मान्छेको दर्जा उच्च बनाउने र पाप मेटिने प्रमुख कारणहरूमध्ये एक हो।
सही मुस्लिम (1/ 353) (488).
(4/ 205).
थप (9)
كنوز رياض الصالحين.
لمجموعة من الباحثين.
بهجة الناظرين.
لسليم الهلالي (1/ 188).
نزهة المتقين.
لمجموعة من الباحثين (1/ 137).
شرح رياض الصالحين.
لابن عثيمين (2/ 105).
شرح النووي على مسلم.
Cited in books
3 Booksथप (3)
- الله -جل جلاله- أنيس المحبين وملاذ القاصدين«عَلَيْكَ بِكَثْرَةِ السُّجُودِ لِلهِ، فَإِنَّكَ لَا تَسْجُدُ لِـِلَّهِ سَجْدَةً إِلَّا رَفَعَكَ اللهُ بِهَا دَرَجَةً، وَحَطَّ عَنْكَ بِهَا خَطِيئَةً»
- المنتقى من المتجر الرابح في ثواب العمل الصالح - المعتمدالمنتقى من المتجر الرابح في ثواب العمل الصالحلقيت ثوبان مولى رسول الله صلى الله عليه وسلم فقلت: أخبرني بعمل أعمله يدخلني الله به الجنة؟ أو قال قلت: بأحب الأعمال إلى الله، فسكت. ثم سألته فسكت. ثم سألته الثالثة فقال: سألت عن ذلك رسول الله صلى الله عليه وسلم، فقال: “عليك بكثرة السجود ل
- محاضرات تعظيم قدر الصلاةمحاضرات في تعظيم قدر الصلاة"عَلَيْكَ بِكَثْرَةِ السُّجُودِ لِلَّهِ، فَإِنَّكَ لَا تَسْجُدُ لِلَّهِ سَجْدَةً، إِلَّا رَفَعَكَ اللهُ بِهَا دَرَجَةً، وَحَطَّ عَنْكَ بِهَا خَطِيئَةً " [41]،