"जसले खाना खायो र भन्यो: 'अल्हम्दुलिल्लाहिल्लजी अत्अमनी हाजा व रजक़नीहि मिन ग़ैरि हौलिन मिन्नी वला कुव्वह्' (सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हो, जसले मलाई यो खाना खुवाउनुभयो र मेरो कुनै शक्ति वा सामर्थ्य बिना नै मलाई यो प्रदान गर्नुभयो), उसका अघिल्ला पापहरू क्षमा गरिनेछन् ।"
सहल इब्न मुआज इब्न अनस (रजियल्लाहु अन्हुम) ले आफ्ना बुवा (मुआज इब्न अनस) बाट वर्णन गरेका छन्, उनी भन्छन्र, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले खाना खायो र भन्यो: 'अल्हम्दुलिल्लाहिल्लजी अत्अमनी हाजा व रजक़नीहि मिन ग़ैरि हौलिन मिन्नी वला कुव्वह्' (सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हो, जसले मलाई यो खाना खुवाउनुभयो र मेरो कुनै शक्ति वा सामर्थ्य बिना नै मलाई यो प्रदान गर्नुभयो), उसका अघिल्ला पापहरू क्षमा गरिनेछन् ।"
«مَنْ أَكَلَ طَعَامًا فَقَالَ: الحَمْدُ لِلَّهِ الَّذِي أَطْعَمَنِي هَذَا وَرَزَقَنِيهِ مِنْ غَيْرِ حَوْلٍ مِنِّي وَلاَ قُوَّةٍ، غُفِرَ لَهُ مَا تَقَدَّمَ مِنْ ذَنْبِهِ».
"नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भोजन ग्रहण गर्ने व्यक्तिलाई आफ्नो पालनकर्ताप्रति कृतज्ञ हुन प्रोत्साहित गर्नुभएको छ; किनकि उहाँको सहायता बिना न त भोजन प्राप्त गर्ने सामर्थ्य हुन्छ, न त त्यसलाई खान सक्ने शक्ति नै।" त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यो दुआ पढ्ने व्यक्तिका अघिल्ला पापहरू क्षमा हुनेछन् भन्ने सुसमाचार सुनाउनुभयो।
भोजनको अन्त्यमा अल्लाहको प्रशंसा गर्नु मुस्तहब (पुण्यदायी) हो।
प्रस्तुत हदीसले आफ्ना भक्तहरूप्रति अल्लाहको असीम कृपालाई प्रस्ट पार्छ, किनकि उहाँले नै उनीहरूलाई भोजन प्रदान गर्नुभयो, जीविकोपार्जनका माध्यमहरू सुलभ बनाइदिनुभयो र उनीहरूका पापहरू समेत क्षमा गरिदिनुभयो।
भक्तहरूका सबै कार्यहरू वास्तवमा अल्लाहको तर्फबाट नै सम्पन्न हुन्छन्; ती तिनको आफ्नै शक्ति वा सामर्थ्यका कारणले मात्र हुँदैनन् । तथापि, भक्तलाई आवश्यक साधनहरू अपनाउन आदेश दिइएको छ।
सुनन् तिर्मिजी (5/ 452) (3458).
सुनन अबी दाउद (6/ 138) (4023).
सुनन् इब्ने माजह (4/ 417) (3285).
मुस्नद अहमद (24/ 394) (15632).
थप (6)
نزهة المتقين شرح رياض الصالحين.
مجموعة من الباحثين (1/ 602).
بهجة الناظرين شرح رياض الصالحين.
للهلالي (2/ 54).
تاج العروس من جواهر القاموس.
للزبيدي (28/ 366).
Cited in books
4 Booksथप (4)
- الذكر والدعاء والعلاج بالرقي من الكتاب والسنة"من أكل طعاماً فقال: الحمد لله الذي أطعمني هذا، ورزقنيه من غير حول مني ولا قوةٍ، غفِرَ له ما تقدم من ذنبه" .
- تحفة الأخيار تحفة الأخيار (ببيان جملة نافعة مما ورد في الكتاب والسنة من الأدعية والأذكار)«مَنْ أَكَلَ طَعَامًا فَقَالَ: الحَمْدُ لِلَّهِ الَّذِي أَطْعَمَنِي هَذَا وَرَزَقَنِيهِ مِنْ غَيْرِ حَوْلٍ مِنِّي وَلَا قُوَّةٍ، غُفِرَ لَهُ مَا تَقَدَّمَ مِنْ ذَنْبِهِ» [80]
- رسالة في الأذكار1«مَنْ أَكَلَ طَعَامًا فَقَالَ: الحَمْدُ للهِ الَّذِي أَطْعَمَنِي هَذَا وَرَزَقَنِيهِ مِنْ غَيْرِ حَوْلٍ مِنِّي وَلَا قُوَّةٍ غُفِرَ لَهُ مَا تَقَدَّمَ لَهُ مِنْ ذَنْبِهِ».
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 4«مَنْ أَكَلَ طَعَاماً فَقَالَ: الحَمْدُ لله الَّذِي أَطْعَمَنِي هذا الطَّعَامَ، وَرَزَقَنِيهِ مِنْ غَيْرِ حَوْلٍ مِنِّي وَلا قُوَّةٍ، غُفِرَ لَهُ مَا تَقَدَّمَ مِنْ ذَنْبِهِ».