हे अबू सईद! जो व्यक्ति अल्लाहलाई आफ्नो पालनकर्ता, इस्लामलाई आफ्नो धर्म र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई आफ्नो सन्देशवाहकको रूपमा स्वीकार गरी पूर्ण रूपमा सन्तुष्ट भयो, उसको लागि स्वर्ग अनिवार्य भयो।
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
"हे अबू सईद! जो व्यक्ति अल्लाहलाई आफ्नो पालनकर्ता, इस्लामलाई आफ्नो धर्म र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई सन्देशवाहकको रूपमा स्वीकार गरी पूर्ण रूपमा सन्तुष्ट भयो, उसको लागि स्वर्ग अनिवार्य भयो।" अबू सईदलाई यो कुराले आश्चर्य लाग्यो र उहाँले अनुरोध गर्नुभयो: "हे अल्लाहका रसूल! यो कुरा पुनः दोहोर्याइदिनुहोस्।" नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यसै गर्नुभयो। त्यसपछि उहाँले भन्नुभयो: "र अर्को एउटा यस्तो माध्यम छ, जसद्वारा भक्तलाई स्वर्गमा सयौँ स्तर माथि चढाइनेछ, जहाँ प्रत्येक दुई स्तरको बीचमा आकाश र पृथ्वीको बीचमा भए जति दुरी हुनेछ।" अबू सईदले सोध्नुभयो: "हे अल्लाहका रसूल! त्यो के हो?" उहाँले भन्नुभयो: "अल्लाहको मार्गमा जिहाद गर्नु, अल्लाहको मार्गमा जिहाद गर्नु।"
«يَا أَبَا سَعِيدٍ، مَنْ رَضِيَ بِاللهِ رَبًّا، وَبِالْإِسْلَامِ دِينًا، وَبِمُحَمَّدٍ نَبِيًّا، وَجَبَتْ لَهُ الْجَنَّةُ»، فَعَجِبَ لَهَا أَبُو سَعِيدٍ، فَقَالَ: أَعِدْهَا عَلَيَّ يَا رَسُولَ اللهِ، فَفَعَلَ، ثُمَّ قَالَ: «وَأُخْرَى يُرْفَعُ بِهَا الْعَبْدُ مِائَةَ دَرَجَةٍ فِي الْجَنَّةِ، مَا بَيْنَ كُلِّ دَرَجَتَيْنِ كَمَا بَيْنَ السَّمَاءِ وَالْأَرْضِ»، قَالَ: وَمَا هِيَ يَا رَسُولَ اللهِ؟ قَالَ: «الْجِهَادُ فِي سَبِيلِ اللهِ، الْجِهَادُ فِي سَبِيلِ اللهِ».
नबी सल्लल्लाहु अलैहि वसल्लमले अबु सईद खुदरी (रजिअल्लाहु अन्हु) लाई खबर दिनुभयो कि जसले अल्लाहमाथि इमान ल्यायो र उहाँलाई पालनकर्ता, सत्य पूज्य, मालिक, स्वामी र आदेशकर्ताको रूपमा मानेर सन्तुष्ट भयो, र इस्लामलाई धर्म मानेर त्यसका सम्पूर्ण आदेश र निषेधहरूलाई पूर्ण आज्ञाकारिता र आत्मसमर्पणका साथ स्वीकार गर्यो, र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई नबी मानेर उहाँलाई जे जति दिएर पठाइएको थियो र जुन उहाँले पुर्याउनुभयो, ती सबैलाई स्वीकार गर्यो; त्यसका लागि स्वर्ग अनिवार्य भयो। अबु सईद (रजिअल्लाहु अन्हु) यसबाट आश्चर्यचकित भए, अनि भने, हे अल्लाहका रसूल! मेरो लागि यसलाई दोहोर्याइदिनुस्। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यस्तै गर्नुभयो, अनि उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, र मसित एउटा अर्को कर्मका बारे जानकारी छ, जसद्वारा अल्लाहले भक्तलाई स्वर्गमा सय दर्जा माथि गरिदिनुहुनेछ; हरेक दुई दर्जाको बीचमा यति दूरी छ जति आकाश र जमिनको बीचमा छ। अबु सईदले भने, हे अल्लाहका रसूल! त्यो कुन कार्य हो? उहाँले भन्नुभयो, अल्लाहको मार्गमा जिहाद गर्नु, अल्लाहको मार्गमा जिहाद गर्नु।
अनिवार्य रूपमा स्वर्गमा प्रवेश गराउने कारकहरूमध्ये एउटा अल्लाहलाई पालनकर्ताको रूपमा, इस्लामलाई धर्मको रूपमा र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई रसूल (सन्देशवाहक) को रूपमा स्वीकार गरी प्रसन्न हुनु हो।
यसबाट अल्लाहको मार्गमा जिहादको महानता प्रस्ट हुन्छ।
स्वर्गमा जिहाद गर्ने व्यक्तिको उच्च दर्जा हुनेछ।
स्वर्गमा अनगिन्ती दर्जा र असङ्ख्य श्रेणीहरू छन्, र मुजाहिदहरूका लागि तीमध्ये एक सय दर्जा छ।
यसबाट अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का प्रिय सहाबाहरूको भलाइ, त्यसका मार्गहरू र त्यसका कारणहरू बुझ्नप्रतिको उत्सुकता र गहिरो चाहना स्पष्ट हुन्छ।
सही मुस्लिम (3/ 1501) (1884).
थप (6)
نزهة المتقين.
لمجموعة من الباحثين (2/ 910).
بهجة الناظرين.
لسليم الهلالي (3/ 423).
النهاية في غريب الحديث والأثر.
لابن الأثير (5/ 153).
Cited in books
3 Booksथप (3)
- تحفة الأخيار تحفة الأخيار (ببيان جملة نافعة مما ورد في الكتاب والسنة من الأدعية والأذكار)«مَنْ رَضِيَ بِاللهِ رَبًّا، وَبِالإِْسْلَامِ دِينًا، وَبِمُحَمَّدٍ نَبِيًّا، وَجَبَتْ لَهُ الْجَنَّةُ» [44].
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 6«الجِهادُ في سَبِيلِ الله، الجِهَادُ في سَبِيلِ الله».
- مجموعة زاد التربية الإسلامية (2)1«يَا أَبَا سَعِيدٍ، مَنْ رَضِيَ بالله رَبًّا، وَبِالإِسْلاَمِ دِينًا، وَبِمُحَمَّدٍ نَبِيًّا؛ وَجَبَتْ لَهُ الجَنَّةُ» فعجب لها أبو سعيد فقال: أعِدْها عليَّ يا رسول ﷲ، ففعل.