हे मानिसहरू! मैले तिमीहरूलाई तालिम दिनका लागि यसो गरेको हुँ, ताकि तिमीहरू मलाई देखेर मैले पढेको जस्तो नमाज पढ्न सिक।"
अबू हाजिम बिन दिनारले बयान गरेका छन्,
केही मानिसहरू सहल बिन साद साइदी कहाँ आए । मिन्बरको काठ कुन रुखको हो भनेर उनीहरुबीच बहस चलिरहेको थियो । तिनीहरूले सहललाई यसको बारेमा सोधे, उनले भने: म अल्लाहको कसम खाएर भन्दछु, यो काठ कुन रूखको हो मलाई राम्रोसँग थाहा छ । यसलाई पहिलो पटक राखेको दिन र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले पहिलो पटक यसमा बस्नुभएको दिन पनि मैले देखेको छु । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक अन्सारी महिला (जसको नाम सहल (रजि.) ले पनि लिएका थिए) लाई सन्देश पठाउनुभयो : "तिम्रो सिकर्मी कामदारलाई मेरो लागि एउटा काठको मिम्बर (कुर्सी झैं) बनाई दिन भन, ताकि मानिसहरूलाई सम्बोधन गर्दा म त्यसमा बस्न सकूँ।" उनले आफ्नो नोकरलाई जंगलको रूखबाट मिम्बर तयार गर्न आदेश दिइन् । अनि उनले त्यो मिम्बर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ पठाइन् अनि उहाँले त्यो मिम्बरलाई यो ठाउँमा राख्न आदेश दिनुभयो । त्यसपछि मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यसमाथि उभिएर नमाज पढ्दै गरेको देखें । उहाँले त्यसमाथि उभिएर तकबीर भन्नुभयो त्यसपछि रुकुअ गर्नुभयो र त्यसपछि उहाँ पछाडि हट्नुभयो र मिम्बरबाट ओर्लनुभयो र मिम्बर नजिकै सज्दा गर्नुभयो र त्यसपछि मिन्बरमा उभिनुभयो । नमाज समाप्त भएपछि मानिसहरूलाई सम्बोधन गर्दै भन्नुभयो: " हे मानिसहरू! मैले तिमीहरूलाई तालिम दिनका लागि यसो गरेको हुँ, ताकि तिमीहरू मलाई देखेर मैले पढेको जस्तो नमाज पढ्न सिक।"
أَنَّ رِجَالًا أَتَوْا سَهْلَ بْنَ سَعْدٍ السَّاعِدِيَّ، وَقَدِ امْتَرَوْا فِي الْمِنْبَرِ مِمَّ عُودُهُ، فَسَأَلُوهُ عَنْ ذَلِكَ، فَقَالَ: وَاللهِ إِنِّي لَأَعْرِفُ مِمَّا هُوَ، وَلَقَدْ رَأَيْتُهُ أَوَّلَ يَوْمٍ وُضِعَ، وَأَوَّلَ يَوْمٍ جَلَسَ عَلَيْهِ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، أَرْسَلَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ إِلَى فُلَانَةَ -امْرَأَةٍ من الأنصار قَدْ سَمَّاهَا سَهْلٌ-: «مُرِي غُلَامَكِ النَّجَّارَ أَنْ يَعْمَلَ لِي أَعْوَادًا أَجْلِسُ عَلَيْهِنَّ إِذَا كَلَّمْتُ النَّاسَ»، فَأَمَرَتْهُ فَعَمِلَهَا مِنْ طَرْفَاءِ الْغَابَةِ، ثُمَّ جَاءَ بِهَا، فَأَرْسَلَتْ إِلَى رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، فَأَمَرَ بِهَا فَوُضِعَتْ هَاهُنَا، ثُمَّ رَأَيْتُ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ صَلَّى عَلَيْهَا وَكَبَّرَ وَهُوَ عَلَيْهَا، ثُمَّ رَكَعَ وَهُوَ عَلَيْهَا، ثُمَّ نَزَلَ الْقَهْقَرَى، فَسَجَدَ فِي أَصْلِ الْمِنْبَرِ ثُمَّ عَادَ، فَلَمَّا فَرَغَ أَقْبَلَ عَلَى النَّاسِ فَقَالَ: «أَيُّهَا النَّاسُ، إِنَّمَا صَنَعْتُ هَذَا لِتَأْتَمُّوا وَلِتَعَلَّمُوا صَلَاتِي».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को मिन्बर कुन काठले बनाइएको हो विषयमा बहस र विवाद गरेपछि केही मानिसहरू एक जना सहाबी सहल बिन साद कहाँ आए र यसको बारेमा सोधे । उनले भने, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक अन्सारी महिला जोसँग एउटा सिकर्मी थियो एउटा काठको मिम्बर (कुर्सी झैं) बनाई दिन भन्नुभयो, ताकि मानिसहरूलाई सम्बोधन गर्दा म त्यसमा बस्न सकूँ भनेर संदेश पठाउनुभयो । उनले उहाँको आदेशको पालना गर्दै आफ्नो दासलाई काठको मिम्बर बनाउन आदेश दिइन् । जब मिम्बर तयार भयो, ती महिलाले यसलाई अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ पठाइन् । त्यसपछि उहाँले त्यसलाई मस्जिद भित्रको एक स्थानमा राख्न आदेश दिनुभयो । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यसमाथि उभिएर नमाज पढ्नुभयो । त्यसमा उभिएर तकबीर भन्नुभयो, रुकु गर्नुभयो, त्यसपछि मिन्बरबाट मुख पछाडि नफर्काइ पछि सर्दै ओर्लिनुभयो, मिम्बरको नजिकै सज्दा गरेर फेरि मिम्बरमा फर्किनुभयो । जब नमाज पूरा भएपछि उहाँले मानिसहरूतर्फ फर्केर सम्बोधन गर्नुभयो र भन्नुभयो: तपाईंहरूले मलाई देखेर मेरो सलाह (नमाज) सिक्न सक्छौ भनेर मैले यसो गरेको हो ।
...:
मिन्बर राख्नु र त्यसमा उभिएर खुत्बा (उपदेश) दिनु मुस्तहब हो । वास्तवमा, यसको उद्देश्य भनेको आफ्नो कुरा सम्बोधन गर्नु र पुर्याउनु हो ।
तालिम र शिक्षणको लागि मिन्बरमाथि नमाज पढ्नु र इमामको लागि कुनै कारण मुक्तदी (इमामसँगै नमाज पढ्नेहरू) भन्दा उच्च स्थानमा उभिनु जायज छ ।
मुस्लिमहरूको आवश्यकताहरू पूरा गर्न दक्ष व्यक्तिहरूबाट मद्दत लिन अनुमति छ ।
आवश्यकता अनुसार नमाज मा थोरै हिड्न अनुमति छ ।
नमाजमा मुक्तदीले नमाज सिक्ने उद्देश्यले आफ्नो इमामलाई हेर्न अनुमति छ र यो खुशूअ (नम्रता) विरुद्ध छैन ।
सही बुखारी (2/ 9) (917).
सही मुस्लिम (1/ 386) (544).
थप (3)
البحر المحيط الثجاج في شرح صحيح الإمام مسلم بن الحجاج (12/ 330) (12/ 317) (12/ 318) (12/ 324) (12/ 326).
المفهم لما أشكل من تلخيص كتاب مسلم (2/ 153) (2/ 154).
النهاية في غريب الحديث والأثر (ص 780).
Cited in books
4 Booksथप (4)
- الذكر والدعاء والعلاج بالرقي من الكتاب والسنة"رأيت رسول الله - صلى الله عليه وسلم - مقعياً يأكل تمراً" .
- الصلاة التي علمها النبي ﷺ الصحابة رضي الله عنهمالصلاة التي علمها النبي ﷺ الصحابة رضي الله عنهمأَرْسَلَ رَسُولُ اللَّهِ ﷺ إِلَى فُلاَنَةَ - امْرَأَةٍ مِنَ الأَنْصَارِ قَدْ سَمَّاهَا سَهْلٌ - «مُرِي غُلاَمَكِ النَّجَّارَ، أَنْ يَعْمَلَ لِي أَعْوَادًا، أَجْلِسُ عَلَيْهِنَّ إِذَا كَلَّمْتُ النَّاسَ» فَأَمَرَتْهُ فَعَمِلَهَا مِنْ طَرْفَا
- الصلاة التي علمها النبي ﷺ الصحابة رضي الله عنهمأَرْسَلَ رَسُولُ اللَّهِ ﷺ إِلَى فُلَانَةَ - امْرَأَةٍ مِنَ الأَنْصَارِ قَدْ سَمَّاهَا سَهْلٌ - «مُرِي غُلَامَكِ النَّجَّارَ، أَنْ يَعْمَلَ لِي أَعْوَادًا، أَجْلِسُ عَلَيْهِنَّ إِذَا كَلَّمْتُ النَّاسَ» فَأَمَرَتْهُ فَعَمِلَهَا مِنْ طَرْفَا
- خطب تعظيم قدر الصلاة"إِنَّمَا صَنَعْتُ هَذَا لِتَأْتَمُّوا وَلِتَعَلَّمُوا صَلاَتِي"