"जसले दुई शीतल समयको नमाज पढ्छ ऊ स्वर्ग मा प्रवेश गर्नेछ ।"
अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले दुई शीतल समयको नमाज पढ्छ ऊ स्वर्ग मा प्रवेश गर्नेछ ।"
«مَنْ صَلَّى الْبَرْدَيْنِ دَخَلَ الْجَنَّةَ»
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मानिसहरूलाई दुई शीतल समयका नमाजहरू (फजर र असर) पढ्न प्रेरित गर्नुभयो। उहाँले शुभसमाचार दिनुभयो कि जसले यी दुई नमाजहरू समयमा, जमातसहित र आवश्यक नियमहरूको पालना गर्दै पढ्छ, ऊ स्वर्गमा प्रवेश गर्नेछ।
फजर र असरको नमाजलाई निरन्तर रूपमा पढ्ने कार्यको विशेष महत्त्व छ। फजरको समयमा मानिस सुखद निद्रामा मग्न हुन्छ, र असरको समयमा प्रायः दैनिक कार्यव्यवहारमा व्यस्त रहन्छ। त्यसैले जसले यी दुई नमाजलाई नियमित रूपमा पूरा गर्छ, उसले बाँकी सबै नमाजहरूलाई अझ बढी नियमितता र अनुशासनका साथ सम्पन्न गरिरहेको हुन्छ।
फजर र असरको नमाजलाई "बर्दैन" (दुई चिसो समयमा हुने नमाज) भनिन्छ; किनकि फजरको नमाज रातको चिसो समयमा पर्छ भने असरको नमाज दिनको चिसोपनामा पर्छ—यद्यपि मौसम गर्मी नै भए तापनि असरको समय त्यसअघिको तुलनामा केही शीतल हुन्छ। अथवा, यसको नामकरण "तघ्लीब" (एउटालाई अर्कोमाथि प्रधानता दिने अरबी भाषाको नियम) अनुसार पनि भएको हुन सक्छ, जसरी सूर्य र चन्द्रमालाई संयुक्त रूपमा "अल-कमरान" भनिन्छ। (जबकि "कमर" अरबीमा चन्द्रमालाई भनिन्छ)।
सही बुखारी (1/ 119) (574).
सही मुस्लिम (1/ 440) (635).
थप (4)
نزهة المتقين.
لمجموعة من الباحثين (1/ 159).
شرح رياض الصالحين.
لابن عثيمين (2/ 187).
Cited in books
3 Booksथप (3)
- المنتقى من المتجر الرابح في ثواب العمل الصالح - المعتمدالمنتقى من المتجر الرابح في ثواب العمل الصالح“من صلى البردين دخل الجنة”.
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 1 «مَنْ صَلَّىٰ الْبَرْدَيْنِ دَخَلَ الْجَنَّةَ».
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 5«مَن صلَّىٰ البَرْدَيْنِ دَخَلَ الجَنَّةَ».