Skip to content

रमजान महिना सुरु भएपछि स्वर्गका द्वारहरू खुल्दछन्, नर्कका द्वारहरू बन्द हुन्छन् र शैतानहरूलाई साङ्लोले बाँधिन्छ।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो:

"रमजान महिना सुरु भएपछि स्वर्गका द्वारहरू खुल्दछन्, नर्कका द्वारहरू बन्द हुन्छन् र शैतानहरूलाई साङ्लोले बाँधिन्छ।"

«إِذَا جَاءَ رَمَضَانُ فُتِّحَتْ أَبْوَابُ الْجَنَّةِ، وَغُلِّقَتْ أَبْوَابُ النَّارِ، وَصُفِّدَتِ الشَّيَاطِينُ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ कि जब रमजान महिनाको आगमन हुन्छ, तब तीन कुराहरू हुन्छन्: पहिलो: स्वर्गका ढोकाहरू खोलिन्छन् र ती मध्ये कुनै पनि बन्द गरिँदैन। दोस्रो: नरकका ढोकाहरू बन्द गरिन्छन् र तीमध्ये कुनै पनि ढोका खोलिँदैन। तेस्रो: शैतानहरू र उद्दण्ड जिन्नहरूलाई जंजीरहरूले बाँधिन्छ, जसले गर्दा रमजानबाहेकका अन्य समयमा उनीहरूले जे गर्न सक्थे, त्यो गर्न सक्दैनन्। यी सबै यस महिनाको सम्मानस्वरूप हुन्छन, र सत्कर्म गर्नेहरूलाई प्रशस्त मात्रामा उपासना र पुण्यका कामहरू, जस्तैः नमाज, दान, अल्लाहको स्मरण, पवित्र कुरआनको पठन र यस्तै अन्य असल कामहरू गर्न तथा पाप र दुष्कर्महरूबाट टाढा रहन प्रोत्साहन दिनका लागि हुन्।

हदीसका केही फाइदाहरू

यसमा रमजान महिनाको श्रेष्ठताको वर्णन गरिएको छ।

यस हदीसमा रोजा बस्नेहरूका लागि शुभ समाचार छ कि यो बरकत र कृपाले भरिएको महिना उपासना, सत्कर्म र भलाइको विशेष अवसर हो।

रमजानमा शैतानहरूलाई बाँधिनुले मानिसको बहानाको सबै ढोका बन्द भएको कुरातर्फ संकेत गर्दछ। मानौँ उसलाई यसो भनिँदैछ: "शैतानहरू तिमीबाट रोकिएका छन्, त्यसैले अब आज्ञापालन त्याग्न वा पाप गर्ने कुराप्रति उनीहरूलाई दोष दिएर पन्छिने बहाना नगर।"

अल-कुर्तुबीले भन्नुभएको छ: "यदि कसैले यो सोध्छ कि 'यदि रमजानमा शैतानहरूलाई साङ्लोले बाँधिन्छ भने, हामी किन यस महिनामा खराबी र पापहरू भइरहेको देख्छौँ?' यसको जवाफ यो हो: -पहिलो, ती पापहरू र खराबीहरू केवल ती रोजादारहरूको हकमा कम हुन्छन् जसले रोजाका सर्त र नियमहरूको पूर्ण पालना गर्दछन्। -दोस्रो, सबै शैतानहरूलाई नभएर केवल केही धेरै शक्तिशाली र विद्रोही शैतानहरू (मरदह) लाई मात्र बाँधिएको हुन सक्छ, जस्तो कि केही हदीसहरूमा उल्लेख छ। -तेस्रो, यसको अर्थ रमजानमा खराबीहरू 'कम हुनु' हो, जुन स्पष्ट रूपमा महसुस गर्न सकिन्छ। रमजानमा अन्य महिनाको तुलनामा पापहरू कम हुन्छन्। सबै शैतानलाई बाँध्दैमा संसारबाट पाप र खराबी पूर्ण रूपमा समाप्त हुनुपर्छ भन्ने छैन; किनभने पाप हुनुमा शैतान बाहेक अन्य कारणहरू पनि हुन्छन्, जस्तै— मानिसको आफ्नै दुष्ट मन (नफ्स), नराम्रा बानीहरू र मानव रूपी शैतानहरू (खराब मानिसहरू)।"

श्रोतहरू

सही बुखारी (3/ 25) (1899).

सही मुस्लिम (2/ 758) (1079).

थप (8)

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (2/ 362).

شرح رياض الصالحين.

لابن عثيمين (5/ 273).

كنوز رياض الصالحين.

لمجموعة من الباحثين (15/ 46).

نزهة المتقين شرح رياض الصالحين.

لمجموعة من الباحثين (1/ 869).