जसले अल्लाहको लागि मस्जिद बनाउँछ, अल्लाहले उसको लागि स्वर्गमा उस्तै घर बनाउनु हुन्छ ।"
महमूद बिन लबीद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
उसमान् बिन अफ्फान (रजियल्लाहु अन्हु) मस्जिद (नबवी) को पुनर्निर्माण गर्न चाहन्थे, तर मानिसहरूलाई मन परेन । किनभने उनीहरू मस्जिदलाई पहिलेको अवस्थामा राख्न चाहन्थे । उनले भने: मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुनें, उहाँले भन्नुभयो: "जसले अल्लाहको लागि मस्जिद बनाउँछ, अल्लाहले उसको लागि स्वर्गमा उस्तै घर बनाउनु हुन्छ ।"
أَنَّ عُثْمَانَ بْنَ عَفَّانَ أَرَادَ بِنَاءَ الْمَسْجِدِ فَكَرِهَ النَّاسُ ذَلِكَ، وَأَحَبُّوا أَنْ يَدَعَهُ عَلَى هَيْئَتِهِ، فَقَالَ: سَمِعْتُ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ: «مَنْ بَنَى مَسْجِدًا لِلهِ بَنَى اللهُ لَهُ فِي الْجَنَّةِ مِثْلَهُ».
उसमान बिन अफ्फान (रजियल्लाहु अन्हु) ले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को मस्जिदलाई पहिले भन्दा अझ राम्रो तरिकाले पुनर्निर्माण गर्ने योजना बनाए, तर मानिसहरूले उनको यो योजनालाई मन पराएनन् । किनभने यसो गर्दा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा मस्जिद जुन अवस्थामा थियो, त्यही अवस्थामा रहन सक्ने थिएन। उहाँको पालामा मस्जिद माटोको इँटाले बनेको थियो र यसको छाना खजूरका हाँगाहरूले बनेको थियो । जबकि उस्मान (रजियल्लाहु अन्हु) ले यसलाई ढुङ्गा र चूनाले निर्माण गर्न चाहन्थे । मानिसहरूको असन्तुष्टि देखेर उनले भने, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुनें, उहाँले भन्नुभयो: "जसले आफूलाई कपट र प्रसिद्धिको चाहनाबाट शुद्ध पारेर अल्लाहको खुशी प्राप्त गर्नको लागि मस्जिद बनाउँछ, अल्लाहले उसलाई उस्तै उत्कृष्ट इनाम दिनुहुनेछ । त्यो इनाम भनेको अल्लाहले उसको लागि स्वर्गमा उस्तै घर बनाउनुहुनेछ ।
...:
मस्जिदहरू निर्माण गर्ने प्रोत्साहन र त्यसको प्रतिफल र सद्गुण ।
मस्जिदको विस्तार र पुनर्निर्माण पनि मस्जिद निर्माणको पुण्य अन्तर्गत पर्दछ ।
सबै कार्यहरूमा इख्लास (इमानदारीता निष्ठा) को महत्त्व ।
सही बुखारी (1/ 97) (450).
सही मुस्लिम (4/ 2287) (533).
थप (4)
المفهم لما أشكل من تلخيص كتاب مسلم (2/ 131).
شرح النّووي على مسلم (5/14).
التوضيح لشرح الجامع الصحيح (5/537).
البحر المحيط الثجاج في شرح صحيح الإمام مسلم بن الحجاج (12/ 171).