Skip to content

जसले यसो भन्छः "म अल्लाहलाई पालनकर्ता, इस्लामलाई धर्म र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई रसूलका रूपमा स्वीकार गरी सन्तुष्ट छु।" उसको लागि स्वर्ग अनिवार्य हुन्छ।

अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

जसले यसो भन्छः "(रजीतु बिल्लाहि रब्बन्, व बिल-इस्लामि दीनन्, व बि-मुहम्मदिन् रसूलन्)। अर्थात् 'म अल्लाहलाई पालनकर्ता, इस्लामलाई धर्म र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई रसूलका रूपमा स्वीकार गरी प्रसन्न छु,' उसको लागि स्वर्ग अनिवार्य हुन्छ।"

«مَنْ قَالَ: رَضِيتُ بِاللَّهِ رَبًّا، وَبِالْإِسْلَامِ دِينًا، وَبِمُحَمَّدٍ رَسُولًا، وَجَبَتْ لَهُ الْجَنَّةُ».

अबू दाऊदले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जानकारी दिनुभएको छ कि जसले यो भन्छ: "म अल्लाहलाई पालनकर्ता, पूज्य, संरक्षक, मालिक, स्वामी र सुधारकको रूपमा स्वीकार गरेर प्रसन्न भएँ; र इस्लामलाई उसका सबै आदेश र निषेधहरू सहित आफ्नो धर्म, मार्ग र जीवन पद्धतिको रूपमा स्वीकार गरेर प्रसन्न भएँ; र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई उहाँले लिएर आउनुभएका र हामीसम्म पुर्‍याउनुभएका सबै शिक्षाहरू सहित रसूल र नबीको रूपमा स्वीकार गरेर प्रसन्न भएँ," त्यस्ता व्यक्तिको लागि स्वर्ग अनिवार्य हुन्छ।

हदीसका केही फाइदाहरू

यो दुआ पढ्न प्रोत्साहित गरिएको छ र यसबाट प्राप्त हुने पुण्यको वर्णन गरिएको छ।

अल्लाहलाई आफ्नो पालनकर्ताको रूपमा स्वीकार गर्नु र उहाँप्रति प्रसन्न हुनुमा यो कुरा समावेश छ कि मानिसले अल्लाहबाहेक अरू कसैको उपासना नगरोस्।

मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई आफ्नो नबी र रसूल (दूत) का रूपमा स्वीकार गर्नु र उहाँप्रति प्रसन्न हुनुको अर्थ उहाँ (अलैहिस्सलातु वस्सलाम) का आदेशहरूको पालना गर्नु र उहाँको 'सुन्नत' (आदर्श मार्ग) को पूर्ण रूपमा अनुसरण गर्नु हो।

इस्लामलाई धर्मका रूपमा स्वीकार गर्नु भनेको अल्लाहले आफ्ना भक्तहरूका लागि रोज्नुभएको कुरामा सन्तुष्ट हुनु हो।

अन्य वर्णनहरूमा उल्लेख भएअनुसार, अजानको समयमा शहादतैन (गवाही) सुनेपछि उक्त दुआ (प्रार्थना) पढ्नु मुस्तहब (पुण्यदायी) मानिन्छ।

अर्को हदीसमा बिहान बेलुका यो दुआ पढ्नु मुस्तहब भएको उल्लेख छ ।

श्रोतहरू

सुनन अबी दाउद (2/ 635) (1529).

थप (3)

شرح أبي داود للعيني (5/ 439).

شرح سنن أبي داود لابن رسلان (7/ 348).

المفهم لما أشكل من تلخيص كتاب مسلم (3/ 710).