Skip to content

"जुन कुराले तिमीलाई शंकामा हाल्छ त्यो कुरा छोडेर त्यसलाई अपनाउनुपर्छ जसमा तिमी शंकामा पर्दैनौ । किनभने इमानदारी भनेको ढुक्क हुनु हो र झूट भनेको शंका हो।"

अबू हौरा सअदी (रहिमहुल्लाह) द्वारा वर्णन छ: मैले हसन बिन अली (रजियल्लाहु अनहुमा) सित सोधेँ: तपाईँले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को के कुरा याद राख्नु भएको छ ? उहाँले भन्नुभयो : मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सित यो याद राखेको छु :

"जुन कुराले तिमीलाई शंकामा हाल्छ त्यो कुरा छोडेर त्यसलाई अपनाउनुपर्छ जसमा तिमी शंकामा पर्दैनौ । किनभने इमानदारी भनेको ढुक्क हुनु हो र झूट भनेको शंका हो।"

«دَعْ مَا يَرِيبُكَ إِلَى مَا لاَ يَرِيبُكَ، فَإِنَّ الصِّدْقَ طُمَأْنِينَةٌ، وَإِنَّ الكَذِبَ رِيبَةٌ».

तिर्मिजी, निसाई र अहमदले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यस्ता कथन र कर्महरूबाट टाढा रहने आदेश दिनु भएको छ जसका बारेमा शंका लाग्छ, निषेधित छन् कि छैनन् ? हलाल हुन् वा हराम ? जबसम्म तिनीहरूको बारेमा कुनै शंका छैन । यस्तो कुरा अपनाउनु पर्छ जसको बारेमा तपाई यो राम्रो हो र हलाल हो भनेर निश्चित हुनुहुन्छ । किनकि हृदय यिनीहरूबाट ढुक्क रहन्छ र शान्त हुन्छ र जुन कुरामा शंका छ त्यसले हृदयलाई चिन्तित र विचलित बनाउँछ ।

हदीसका केही फाइदाहरू

एउटा मुस्लिमका आफ्ना मामिलाहरू निश्चिततामा आधारित हुनु पर्छ र शंकास्पदहरूलाई त्यागिनु पर्छ र उसको आफ्नो धर्ममा अन्तरदृष्टिमा आधारित हुनु पर्छ ।

शंकामा पर्नबाट मनाहि ।

यदि तपाईं ढुक्क र आनन्दित हुन चाहनुहुन्छ भने, शंका भएका कुराहरू छोड्नु होस् र त्यसलाई एक पट्टीबाट मिल्काइ दिनु होस् ।

अल्लाह तआला आफ्ना भक्तहरू प्रति कृपालु र दयालु हुनु हुन्छ । यस प्रकार कि उहाँले मानिसहरूलाई यस्ता कामहरू गर्ने आदेश दिनु भएको छ जसबाट मन र आत्मालाई शान्ति मिल्छ र यस्ता कामहरूबाट रोक्नु भएको छ जसमा छट्पटी र व्याकुलता हुन्छ ।

श्रोतहरू

सुनन् निसाई (8/ 327) (5711).

सुनन् तिर्मिजी (4/ 286) (2518).

मुस्नद अहमद (3/ 248) (1723).

थप (5)

التحفة الربانية في شرح الأربعين حديثًا النووية.

لإسماعيل الأنصاري (ص29).

شرح الأربعين النووية.

لابن عثيمين (ص153).

فتح القوي المتين في شرح الأربعين وتتمة الخمسين للنووي وابن رجب (ص56).