"त्यो व्यक्ति अपमानित होस्, त्यो व्यक्ति अपमानित होस्, त्यो व्यक्ति अपमानित होस्।" सोधियो: "को? हे अल्लाहका रसूल?" उहाँले भन्नुभयो: "जसले आफ्ना आमाबुबा दुवैलाई वा तीमध्ये एकलाई बुढेसकालमा पाउँछ, तर (उनीहरूको सेवा गरेर) स्वर्गमा प्रवेश गर्दैन।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"त्यो व्यक्ति अपमानित होस्, त्यो व्यक्ति अपमानित होस्, त्यो व्यक्ति अपमानित होस्।" सोधियो: "को? हे अल्लाहका रसूल?" उहाँले भन्नुभयो: "जसले आफ्ना आमाबुबा दुवैलाई वा तीमध्ये एकलाई बुढेसकालमा पाउँछ, तर (उनीहरूको सेवा गरेर) स्वर्गमा प्रवेश गर्दैन।"
«رَغِمَ أَنْفُ، ثُمَّ رَغِمَ أَنْفُ، ثُمَّ رَغِمَ أَنْفُ»، قِيلَ: مَنْ؟ يَا رَسُولَ اللهِ قَالَ: «مَنْ أَدْرَكَ أَبَوَيْهِ عِنْدَ الْكِبَرِ، أَحَدَهُمَا أَوْ كِلَيْهِمَا فَلَمْ يَدْخُلِ الْجَنَّةَ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यस्तो व्यक्ति अपमानित होस् र उसको नाक माटोमा घसारियोस् भनेर तीन पटक श्राप दिनुभयो। सोधियो: हे अल्लाहका दूत, को हो त्यो व्यक्ति जसलाई हजुरले श्राप दिनुभयो? उहाँले भन्नुभयो: जसले आफ्ना आमाबाबु दुवै वा तीमध्ये एकलाई बुढेसकालमा पाउँछ, तर उनीहरूको सेवा गरेर स्वर्गमा प्रवेश गर्दैन; यो उनीहरूप्रतिको नराम्रो व्यवहार र अनाज्ञाकारिताको कारणले हो।
आमाबाबुको सम्मान गर्नु अनिवार्य कर्तव्य हो, विशेष गरी जब उनीहरू वृद्ध र दुर्बल हुन्छन्। उनीहरूको सेवा र हेरचाह स्वर्गप्राप्तिको महान् कारणहरूमध्ये एक हो।
आमाबाबुको अवज्ञा गर्नु ठूलो पाप हो ।
सही मुस्लिम (4/ 1978) (2551).
(16/ 108).
थप (7)
بهجة الناظرين.
لسليم الهلالي (1/ 394).
نزهة المتقين.
لمجموعة من الباحثين (1/ 308).
فيض القدير شرح الجامع الصغير.
زين الدين المناوي (4/ 34).
شرح النووي على مسلم.
Cited in books
2 Booksथप (2)
- المنتقى من المتجر الرابح في ثواب العمل الصالح - المعتمدالمنتقى من المتجر الرابح في ثواب العمل الصالح“رغم أنف، ثم رغم أنف، ثم رغم أنف”، قيل: من يا رسول الله؟ قال: “من أدرك أبويه عند الكبر، أحدهما أو كليهما فلم يدخل الجنة”.
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 2«رَغِمَ أَنْفُ، ثُمَّ رَغِمَ أَنْفُ، ثُمَّ رَغِمَ أَنْفُ مَنْ أَدْرَكَ أبَوَيْهِ عِنْدَ الْكِبَرِ، أحَدَهُمَا أوْ كِلَيْهِما، فَلَمْ يَدْخُلِ الجَنَّةَ».