जसले मेरो वली (मुमिन भक्त) सँग शत्रुता राख्छ, म उसको विरुद्ध युद्धको घोषणा गर्दछु । मेरो दासले मेरो निकटता प्राप्त गर्ने कर्महरू मध्ये मलाई सबैभन्दा बढी मन पर्ने फर्जहरु हुन्
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "अल्लाह भन्नुहुन्छ: जसले मेरो वली (मुमिन भक्त) सँग शत्रुता राख्छ, म उसको विरुद्ध युद्धको घोषणा गर्दछु । मेरो दासले मेरो निकटता प्राप्त गर्ने कर्महरू मध्ये मलाई सबैभन्दा बढी मन पर्ने फर्जहरु हुन् । मेरो भक्तले नफिलद्वारा मेरो नजिक हुने प्रयास गरिरहन्छ, यहाँसम्म म उसलाई माया गर्न थाल्छु । जब म उसलाई माया गर्छु म उसको कान बन्छु, जसबाट उसले सुन्दछ । म उसको आँखा बन्छु, जसबाट उसले देख्दछ । म उसको हात बन्छु, जसले ऊ समात्छ र म उसको खुट्टा बन्छु, जसले ऊ हिँड्छ । यदि उसले मसँग माग्यो भने म उसलाई दिन्छु र उसले शरण माग्यो भने म उसलाई शरण दिन्छु । म आफ्नो मुमिनको ज्यान लिनमा जति संकोच गर्छु, त्यति संकोच मैले गर्ने कुनै अरु कुरामा गर्दिनँ । किनभने उसलाई मृत्यु मन पर्दैन र मलाई उसलाई दुःख दिन मन पर्दैन ।"
قَالَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «إِنَّ اللَّهَ قَالَ: مَنْ عَادَى لِي وَلِيًّا فَقَدْ آذَنْتُهُ بِالحَرْبِ، وَمَا تَقَرَّبَ إِلَيَّ عَبْدِي بِشَيْءٍ أَحَبَّ إِلَيَّ مِمَّا افْتَرَضْتُ عَلَيْهِ، وَمَا يَزَالُ عَبْدِي يَتَقَرَّبُ إِلَيَّ بِالنَّوَافِلِ حَتَّى أُحِبَّهُ، فَإِذَا أَحْبَبْتُهُ: كُنْتُ سَمْعَهُ الَّذِي يَسْمَعُ بِهِ، وَبَصَرَهُ الَّذِي يُبْصِرُ بِهِ، وَيَدَهُ الَّتِي يَبْطِشُ بِهَا، وَرِجْلَهُ الَّتِي يَمْشِي بِهَا، وَإِنْ سَأَلَنِي لَأُعْطِيَنَّهُ، وَلَئِنِ اسْتَعَاذَنِي لَأُعِيذَنَّهُ، وَمَا تَرَدَّدْتُ عَنْ شَيْءٍ أَنَا فَاعِلُهُ تَرَدُّدِي عَنْ نَفْسِ المُؤْمِنِ، يَكْرَهُ المَوْتَ وَأَنَا أَكْرَهُ مَسَاءَتَهُ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) हदीस कुद्सीमा बयान गर्नुहुन्छ, अल्लाहले भन्नुभएको छ : जसले मेरो वली (मुमिन भक्त) हरुमध्ये कसैलाई हानि पुर्याउँछ वा घृणा गर्छ, म उसको विरुद्ध शत्रुता र युद्धको घोषणा गर्नेछु । वली : प्रत्येक मुमिन र मुत्तकी वली हुन्, दासको आस्था र धार्मिकताको हद अनुसार भक्तले अल्लाहको वली बन्ने अवसर पाउने छ । मुस्लिमले अल्लाहले फर्ज गर्नुभएको उपासना, आज्ञापालन, हराम चीजहरूबाट टाढा बस्नु र नफिल (स्वैच्छिक उपासना) हरू द्वारा उहाँको निकटता प्राप्त गर्न सक्छ । जब अल्लाहले भक्तलाई प्रेम गर्नुहुन्छ, तब उहाँले भक्तलाई यी चार इन्द्रेणीहरूमा मद्दत गर्नुहुनेछ: उहाँले उसको कानलाई निर्देशित गर्नुहुन्छ, त्यसैले उसले परमेश्वरलाई खुशी पार्ने कुरा मात्र सुन्छ । उहाँले उसको आँखालाई निर्देशित गर्नुहुन्छ, त्यसैले उसले केवल परमेश्वरलाई खुशी पार्ने कुरा हेर्छ । उहाँले उसको हातलाई निर्देशित गर्नुहुन्छ, त्यसैले उसले आफ्नो हातले परमेश्वरलाई खुशी पार्ने कुरा बाहेक केही गर्दैन । उहाँले उसको खुट्टालाई निर्देशित गर्नुहुन्छ, त्यसैले ऊ केवल परमेश्वरलाई खुशी पार्ने कुरामा हिँड्छ । यद्यपि, उसले परमेश्वरसँग केही माग्यो भने, परमेश्वरले उसलाई जे मागेको छ त्यो दिनुहुनेछ । ऊ ‘मुस्तजाबुद्दावात’ (जसको दुआ अल्लाहले स्वीकार गर्नु हुन्छ) बन्ने छ । यदि उसले परमेश्वरमा शरण खोज्छ भने सर्वशक्तिमान परमेश्वरले उसलाई डरका कुराबाट आश्रय दिनुहुनेछ । त्यसपछि अल्लाहले भन्नुभयो: म आफ्नो मुमिन भक्तप्रति दया गर्दै उसको रूह (आत्मा) निकाल्नमा जति संकोच गर्छु, त्यति संकोच मैले गर्ने कुनै काममा गर्दिनँ । किनभने उसले मृत्युलाई घृणा गर्दछ, किनभने यसले पीडा दिन्छ र परमेश्वरले मुमिनलाई पीडा दिने कुरालाई घृणा गर्नुहुन्छ ।
...:
यो हदीस रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो पालनकर्बाताट वर्णन गर्नुभएको हो र यसलाई 'हदीस कुदसी' वा 'हदीस-ए-इलाही' भनिन्छ । यसको शब्द र अर्थ दुबै अल्लाहको हो । तर यसमा कुर्आनमा पाइने विशेषताहरू छैनन्, जस्तै: यसको तिलावत गर्नु, यसको लागि तहरात प्राप्त गर्नु, उपासना, चुनौती आदि ।
अल्लाहका वलीहरूलाई हानि पुऱ्याउन निषेध र उनीहरूलाई माया गर्न र उनीहरूको श्रेष्ठता स्वीकार गर्न प्रोत्साहित गरिएको छ ।
अल्लाहका शत्रुहरूसंग शत्रुता गर्ने र उनीहरूसंग मित्रता नगर्ने आदेश ।
जसले अल्लाहको शरियतलाई पालन नगरी म उहाँको वली हुँ दाबी गर्छ भने ऊ झुटो हो ।
अल्लाहको वली बन्नका लागि वाजिब (कर्तब्य) को पालन र हराम (निषेधित) लाई त्याग्नुपर्छ ।
दासप्रति अल्लाहको प्रेम र दुआ स्वीकार हुनुको एउटा कारण वाजिब (कर्तब्य) को पालन र हराम (निषेधित) लाई त्यागेपछि नफिल (स्वैच्छिक) उपासना गर्नु हो ।
वलीहरूको श्रेष्ठता र तिनीहरूको उच्च हैसियतको प्रमाण ।
सही बुखारी (8/ 105) (6502).
थप (14)
الإفصاح عن معاني الصحاح.
ليحيى بن هبيرة (7/ 302).
جامع العلوم والحكم في شرح خمسين حديثا من جوامع الكلم.
لابن رجب (2/ 330).
عمدة القاري شرح صحيح البخاري.
لمحمود بدر الدين العينى (23/ 88).
مرقاة المفاتيح شرح مشكاة المصابيح.
لعلي بن سلطان القاري (4/ 1544).
تاج العروس من جواهر القاموس.
للزبيدي (17/ 81).
شرح رياض الصالحين.
لابن عثيمين (2/ 59).
مجموع فتاوى ومقالات متنوعة.
لابن باز(8/ 277).
Cited in books
4 Booksथप (4)
- قاموس الكبائرموسوعة الكبائر - المجموعة الثالثة«إِنَّ اللَّهَ قَالَ: مَنْ عَادَى لِي وَلِيًّا فَقَدْ آذَنْتُهُ بِالْحَرْبِ» [71].
- متن اصول الإيمانمتن أصول الإيمان{إِن اللَّه تبارك وتعالى قال: من عادى لي وليّا فقد آذنْته بالحرب، وما تقرب إلي عبدي بشيءٍ أحب إلى من أداءِ ما افترضته عليه، وما يزال عبدي يتقرب إلي بالنوافِلِ حتى أحبه، فإذا أحببته كنت سمعه الذي يسمع به، وبصره الذي يبصر به، ويده التي يبطِش
- مجموعة زاد الحديث(2)1«إِنَّ الله عزوجل قَالَ: مَنْ عَادَى لِي وَلِيًّا فَقَدْ آذَنْتُهُ بِالحَرْبِ، وَمَا تَقَرَّبَ إِلَيَّ عَبْدِي بِشَيْءٍ أَحَبَّ إِلَيَّ مِمَّا افْتَرَضْتُ عَلَيْهِ، وَمَا يَزَالُ عَبْدِي يَتَقَرَّبُ إِلَيَّ بِالنَّوَافِلِ حَتَّى أُحِبَّهُ،
- مجموعة زاد العقيده (4)العقيدة 4«إِنَّ اللَّهَ قال: مَنْ عادَى لِي وَلِيًّا فَقَدْ آذَنْتُهُ بِالحَرْبِ».