हामीले भन्यौं: तपाईं हाम्रो ‘सय्यिद ’ (मालिक,सर्वेसर्वा) हुनुहुन्छ। उहाँले भन्नुभयो: "(वास्तविक र सत्य) ‘सय्यिद’ अल्लाह हुन्।" हामीले फेरि भन्यौँ: "तपाईं हामीमध्ये सबैभन्दा श्रेष्ठ, सबैभन्दा उदार र कृपालु हुनुहुन्छ।" उहाँले भन्नुभयो: "तिमीहरूले मलाई सामान्य शब्दहरूले सम्बोधन गर, शैतानले तिमीहरूलाई कुनै धोका वा बहकाउमा नपारोस्।"
अब्दुल्लाह बिन शिख्खीर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
बनु आमिरको समूहसँग म अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ गएँ। हामीले भन्यौं: तपाईं हाम्रो ‘सय्यिद ’ (मालिक,सर्वेसर्वा) हुनुहुन्छ। उहाँले भन्नुभयो: "(वास्तविक र सत्य) ‘सय्यिद’ अल्लाह हुन्।" हामीले फेरि भन्यौँ: "तपाईं हामीमध्ये सबैभन्दा श्रेष्ठ, सबैभन्दा उदार र कृपालु हुनुहुन्छ।" उहाँले भन्नुभयो: "तिमीहरूले मलाई सामान्य शब्दहरूले सम्बोधन गर, शैतानले तिमीहरूलाई कुनै धोका वा बहकाउमा नपारोस्।"
انْطَلَقْتُ في وَفدِ بَنِي عَامِرٍ إِلى رَسُولِ الله صلى الله عليه وسلم، فَقُلنا: أَنتَ سيّدُنَا، فقال: «السَّيدُ اللهُ»، قُلنا: وَأَفْضَلُنا فَضْلاً، وأعظَمُنا طَوْلاً، فقال: «قُولُوا بِقَولِكُم، أَو بَعضِ قولِكُم، وَلَا يَسْتَجْرِيَنَّكُم الشَّيطَانُ».
एक प्रतिनिधिमण्डल रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो। त्यहाँ पुगेपछि उनीहरूले उहाँको प्रशंसामा केही यस्ता कुरा भने, जुन उहाँलाई मन परेन। उनीहरूले भने : तपाईं हाम्रो ‘सय्यिद ’ (मालिक) हुनुहुन्छ । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनीहरूलाई भन्नुभयो : "(वास्तविक र सत्य) सय्यिद (मालिक) अल्लाह हुनुहुन्छ ।" सृष्टि र ब्रह्माण्डमा उहाँको पूर्ण प्रभुत्व छ र सम्पूर्ण सृष्टि उहाँका दाससरह हुन् । उनीहरूले भने : " तपाईं हामीमध्ये सबैभन्दा श्रेष्ठ र सबैभन्दा उच्च पद, सम्मान र विशेषता भएका हुनुहुन्छ, त्यसैगरी "हजुर हामीमध्ये सर्वाधिक महत्त्वपूर्ण र हामीमध्ये सबैभन्दा बढी उदार, गौरवशाली र सर्वोच्च हुनुहुन्छ।" नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले (यो सबै सुनेर) तिनीहरूलाई आफ्ना सामान्य रुपमा बोलिने शब्दहरू बोल्न र शब्दहरूमा कृत्रिमताको प्रयोग नगर्न निर्देशन दिनुभयो। उहाँले थप भन्नुभयो कि शैतानले उहाँहरूलाई अतिशयोक्तिपूर्ण प्रशंसा र शब्दहरू बोल्नतर्फ बहकाउन सक्छ, जसले शिर्क र त्यसका साधनहरूतर्फ डोर्याउँछ।
...:
नबी (सल्लल्लाहु अलैहि वसल्लम) प्रति उहाँका साथीहरूको हृदयमा ठूलो सम्मान थियो ।
शब्द छनोटमा कृत्रिम शब्दहरु प्रयोग गर्नबाट मनाही गरिएको छ, र कुराकानीमा मध्यम र संतुलन शब्दहरु प्रयोग गर्न प्रोत्साहन दिइएको छ ।
यसबाट तौहीद (एकेश्वरवाद) को आस्थालाई कमजोर बनाउने र त्यसमा त्रुटि उत्पन्न गराउने हरेक भनाइ तथा कार्यहरूबाट त्यसलाई सुरक्षित राख्नुपर्ने कुराको महत्त्व स्पष्ट हुन्छ।
अतिशयोक्तिपूर्ण प्रशंसा गर्न निषेध गरिएको छ, किनकि यो शैतानको प्रवेशद्वार हो ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) आदमका सन्तानका सय्यिद हुनुहुन्छ र यस हदीसमा उल्लेख गरिएको कुरा विनम्रताको कारणले हो, र मानिसहरूले उहाँको बारेमा बढाइचढाइ नगरुन भन्ने डरले पनि हो ।
सुनन अबी दाउद (7/ 184) (4806).
मुस्नद अहमद (26/ 234) (16307).
थप (6)
الملخص في شرح كتاب التوحيد.
لصالح الفوزان (ص424).
الجديد في شرح كتاب التوحيد.
لمحمد القرعاوي (ص472).
مشكاة المصابيح.
للألباني مشكاة المصابيح (3/ 1373).