Skip to content

"जसले दुई छोरीहरूलाई यौवनावस्थामा नपुगुन्जेलसम्म पालनपोषण गर्छ, ऊ र म प्रलयको दिन यसरी नै आउनेछन्।" यसो भन्दै गर्दा, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना औंलाहरू जोडेर एकसाथ देखाउनुभयो।

अनस बिन् मालिक (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"जसले दुई छोरीहरूलाई यौवनावस्थामा नपुगुन्जेलसम्म पालनपोषण गर्छ, ऊ र म प्रलयको दिन यसरी नै आउनेछन्।" यसो भन्दै गर्दा, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना औंलाहरू जोडेर एकसाथ देखाउनुभयो।

«مَنْ عَالَ جَارِيَتَيْنِ حَتَّى تَبْلُغَا جَاءَ يَوْمَ الْقِيَامَةِ أَنَا وَهُوَ» وَضَمَّ أَصَابِعَهُ.

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, जसलाई दुई छोरी वा दिदीबहिनीहरूको खर्च बेहोर्छ, उनीहरूलाई शिक्षा दिन्छ, उनीहरूलाई राम्रो कुरा सिकाउँछ र नराम्रो कुराबाट चेतावनी दिन्छ र त्यसपछि उनीहरू दुवै हुर्किन्छन् र वयस्क हुन्छन्, तब ऊ र नबी (सल्लल्लाहु अलैहि वसल्लम) प्रलयको दिन यसरी नै आउनेछन्। यसो भन्दै गर्दा उहाँले आफ्नो चोर औंला र बीचको औंलालाई एकसाथ जोडेर देखाउनुभयो।

हदीसका केही फाइदाहरू

छोरीहरूको विवाह वा यौवनावस्थासम्मको खर्च बेहोर्नु र उनीहरूको शिक्षा र तालिमको व्यवस्था गर्नु ठूलो इनामको काम हो। दिदीबहिनीहरूको हकमा पनि यही कुरा लागू हुन्छ।

छोरीहरूको पालनपोषण र हेरचाहको प्रतिफल छोराहरूलाई हुर्काउनु भन्दा धेरै हुन्छ। किनभने केटीहरूको बारेमा भनिएको कुरा केटाहरूको बारेमा भनिएको छैन। त्यसैगरी केटीहरूलाई हुर्काउने लागत केटाहरूको भन्दा बढी छ र तिनीहरूलाई बढी हेरचाह चाहिन्छ। घुम्टोको कारणले गर्दा, तिनीहरू आफ्नो काम आफैं गर्न सक्दैनन् र केटाहरू जस्तै जीवनको दौडमा सामेल हुन सक्दैनन्। साथै, बुबाले शत्रुको सामना गर्दा आफ्ना छोराहरू जस्तै उनीहरूबाट बल प्राप्त गर्नेछन्, उनको नाम जीवित रहनेछ र उनको वंश जारी रहनेछ भन्ने आशा गर्दैनन्। तसर्थ, उनीहरूको पालनपोषण र हेरचाह गर्न धैर्य, इमानदारी र असल नियत आवश्यक छ। त्यसैले, यसमा प्रतिफल पनि ठूलो छ र त्यस्तो व्यक्ति न्यायको दिन रसूल अलैहि वसल्लम) को साथमा हुनेछ।

महिलाको परिपक्वताका लक्षणहरू: पन्ध्र वर्षको उमेरमा पुग्नु, महिनावारी हुनु चाहे पन्ध्र वर्ष अघि नै होस्, गुप्तांगमा रौं बढ्नु, वा वीर्य स्खलन हुनु, अर्थात् निद्रामा वीर्य स्खलन हुनु।

कुर्तुबी भन्छन्: "दुवै जना वयस्क हुनुको अर्थ हो, उनीहरू दुवै त्यस्तो अवस्थामा पुग्छन् जहाँ उनीहरू आफैंमा स्वतन्त्र हुन सक्छन्। महिलाहरू विवाह गरेपछि आफैंमा स्वतन्त्र हुन्छन्। त्यसैले, वयस्क हुनुको अर्थ महिनावारी हुनु र बालिग हुनु होइन। किनभने यस्तो पनि हुन सक्छ, कुनै महिलाको वयस्कता नपुग्दै विवाह हुन्छ र पालनपोषणको जिम्मेवारी उनको पतिमा पर्छ। यसको विपरीत, यस्तो पनि हुन सक्) ले उनलाई महिनावारी हुन्छ, तर उनी आफ्नो लागि सोच्न र आफ्नो रुचिको बारेमा निर्णय लिन सक्षम हुँदैनन्। यस्तो अवस्थामा, यदि उनलाई एक्लै छोडियो भने, उनी बर्बाद हुनेछिन् र उनको परिस्थिति बिग्रनेछ। त्यसैले, यस्तो अवस्थामा, उनलाई थप सुरक्षा र हेरचाहको आवश्यकता छ, ताकि मानिसहरू उनीसँग विवाह गर्न इच्छुक होऊन्। यी कुराहरूलाई विचार गर्दै, विद्वानहरूले भनेका छन् कि केटीको खर्च र पालनपोषणको जिम्मेवारी उनी वयस्क भएपछि नभई उनको पतिले उनको जीवनमा प्रवेश गरेपछि आउँछ।

श्रोतहरू

सही मुस्लिम (4/ 2027) (2631).

थप (10)

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (1/ 352).

تطريز رياض الصالحين.

لفيصل آل مبارك (ص198).

كنوز رياض الصالحين.

لمجموعة من الباحثين (5/ 144).

شرح رياض الصالحين.

لابن عثيمين (3/ 105).

نزهة المتقين شرح رياض الصالحين.

لمجموعة من الباحثين (1/ 276).