Skip to content

"नमाज पढ्दा सफ (पङ्क्ति) हरू सीधा गर्नुहोस्; किनकि सफ (पङ्क्ति) हरू सिधा गर्नु नमाजको पूर्णताको एक भाग हो ।"

अनस बिन् मालिक(रजियल्लाहु अन्हु) ले बयान गरेका छन् कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"नमाज पढ्दा सफ (पङ्क्ति) हरू सीधा गर्नुहोस्; किनकि सफ (पङ्क्ति) हरू सिधा गर्नु नमाजको पूर्णताको एक भाग हो ।"

«سَوُّوا صُفُوفَكُمْ، فَإِنَّ تَسْوِيَةَ الصَّفِّ مِنْ تَمَامِ الصَّلَاةِ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मोसल्ली (नमाज पढ्ने) हरूलाई आफ्ना पङ्क्तिहरू सीधा गर्न, र पङ्क्तिमा उभिँदा अगाडि-पछाडि नभई, सीधा र बराबर उभिन आदेश दिनुभएको छ। पङ्क्तिहरू सीधा गर्नु नमाजको पूर्णताको एक हिस्सा हो र (पङ्क्तिको) बाङ्गोपन नमाजमा दोष र कमीको कारण हो।

हदीसका केही फाइदाहरू

नमाज लाई पूर्णता दिने र कमीबाट टाढा राख्ने सबै कुराहरूमा ध्यान दिनुपर्छ ।

यसमा शिक्षण कार्यमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) को अद्भुत हिक्मत (प्रज्ञा) को स्पष्ट प्रमाण पाइन्छ, किनभने उहाँले आदेश दिनुका साथै त्यसको कारण पनि स्पष्ट पार्नुभएको छ, ताकि आदेशको तात्त्विक पक्ष बुझिन सकोस् र मानिसमा कार्यान्वयनको भावना उत्पन्न होस्।

श्रोतहरू

सही बुखारी (1/ 145) (723).

सही मुस्लिम (1/ 324) (433).

थप (6)

تيسير العلام شرح عمدة الأحكام.

للبسام (ص127).

تنبيه الأفهام شرح عمدة الأحكام.

لابن عثيمين (1/ 161).

الإفهام في شرح عمدة الأحكام.

لابن باز (ص173).