عربي - Arabic English Qafár af - Afar Afrikaans - Afrikanns Akan Shqip - Albanian አማርኛ - Amharic Հայերեն - Armenian অসমীয়া - Assamese Azərbaycanca - Azerbaijani Bamanankan - Bambara Bassa Bemba বাংলা - Bengali Bosanski - Bosnian Български - Bulgarian မြန်မာဘာသာ - Burmese Bisaya - Cebuano Cham Нохчий - Chechen chiCheŵa - Chewa 中文 - Chinese Адыгэбзэ - Circassian Hrvatski - Croatian Česky - Czech Dagbani Dansk - Danish فارسی دری - Dari Dendi ދިވެހި ބަސް - Dhivehi Nederlands - Dutch إستوني - Estonian Suomi - Finnish Fon Français - French Fulfulde - Fula ქართული - Georgian Deutsch - German Ελληνικά - Greek ગુજરાતી - Gujrati Kreyòl ayisyen - Haitian Creole Hausa हिन्दी - Hindi Magyar - Hungarian Igbo Indonesia - Indonesian Italiano - Italian 日本語 - Japanese Jóola - Jola ಕನ್ನಡ - Kannada Қазақша - Kazakh ភាសាខ្មែរ - Khmer Kikuyu Ikinyarwanda - Kinyarwanda Ikirundi - Kirundi 한국어 - Korean كوردی سۆرانی - kurdish كوردي kurmancî - Kurmanji Kyrgyz ລາວ - Lao latviešu - Latvian Lingala lietuvių - Lithuanian Luganda Македонски - Macedonian Maguindanaon Malagasy - Malagasy Bahasa Melayu - Malay മലയാളം - Malayalam Mandinka मराठी - Marathi Mõõré - Moore नेपाली - Nepali أنكو - NKo Norwegian ଓଡ଼ିଆ - Odia oromoo - Oromo پښتو - Pashto فارسی - Persian Polski - Polish Portuguese ਪੰਜਾਬੀ - Punjabi Română - Romanian Русский - Russian Српски - Serbian Shona සිංහල - Sinhala Slovenščina - Slovenian Soomaaliga - Somali Soninke Sesotho - Sotho Español - Spanish Kiswahili - Swahili Svenska - Swedish Tagalog Тоҷикӣ - Tajik தமிழ் - Tamil తెలుగు - Telugu ไทย - Thai ትግረኛ - Tigrinya Türkçe - Turkish Türkmen - Turkmen Ukrainian اردو - Urdu ئۇيغۇرچە - Uyghur Ўзбек - Uzbek Việt Nam - Vietnamese Wolof Yao Yorùbá - Yoruba Zarma زولو - Zulu
683 Hadiths
Encyclopedia of Prophetic Hadiths
التصنيف الشرعي
Grading
Narrated in
Narrator
Show all narrators (97)
"हे अल्लाहका रसूल ! हामी जिहादलाई सर्वश्रेष्ठ कार्य मान्दछौँ, के हामीले जिहाद गरौँ त ?" उहाँले उत्तर दिनुभयो, "होइन, बरु (तिमीहरूका लागि) सर्वश्रेष्ठ जिहाद ‘हज मबरुर’ (स्वीकृत हज) हो।"
सही बुखारीले वर्णन गरेका छन्
التصنيف الشرعيفضل الحج والعمرة، حكم الجهاد وفضله، فقه المرأة المسلمةموضوعات الحديثالحج والعمرة
"स्तनपानले ती नाताहरूलाई हराम (निषेध) बनाउँछ, जुन जन्मद्वारा (रगतको सम्बन्धले) हराम हुन्छन्।"
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيالرضاع، الأربعون النووية
"रसूल (सल्लल्लाहु अलैहि वसल्लम) माथि वह्य (ईश्वरीय सन्देश) को सुरुआत निद्रामा देखिने साँचो सपनाहरूबाट भयो। उहाँले जस्तो सपना देख्नुहुन्थ्यो, त्यो बिहानीको उज्यालोझैँ स्पष्ट रूपमा पूरा हुने गर्थ्यो। त्यसपछि उहाँलाई एकान्त प्रिय लाग्न थाल्यो र उहाँ 'हिरा' नामक गुफामा एकान्तवास बस्न थाल्नुभयो। उहाँ आफ्नो परिवारकहाँ फर्कनुअघि कैयौँ रातसम्म त्यहाँ उपासना गर्नुहुन्थ्यो र त्यसका लागि सामल (रासन) लिएर जानुहुन्थ्यो। सामल सकिएपछि उहाँ खदिजा (रजिअल्लाहु अन्हा) कहाँ फर्कनुहुन्थ्यो र त्यति नै दिनका लागि फेरि सामल लिएर हिरा गुफातर्फ जानुहुन्थ्यो। यसै क्रममा उहाँ 'हिरा' गुफामै हुँदा उहाँसमक्ष 'सत्य' (वह्य) प्रकट भयो र एक फरिश्ताले आएर उहाँलाई भने: "पढ्नुहोस्।" रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "म पढ्न जान्दिनँ।" रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "त्यसपछि ती फरिश्ताले मलाई समाते र यति जोडले अङ्गालो हाले कि मलाई गाह्रो महसुस हुन थाल्यो; त्यसपछि उनले मलाई छाडिदिए र भने: पढ्नुहोस्। मैले भनेँ: म पढ्न जान्दिनँ। उनले फेरि मलाई दोस्रो पटक समातेर यति जोडले अङ्गालो हाले कि मलाई गाह्रो महसुस हुन थाल्यो; त्यसपछि मलाई छाडिदिए र भने: पढ्नुहोस्। मैले भनेँ: म पढ्न जान्दिनँ। तब उनले मलाई तेस्रो पटक समातेर जोडले अङ्गालो हाले, अनि मलाई छाडिदिए र भने: {पढ्नुहोस्! आफ्ना पालनकर्ताको नामबाट, जसले सृष्टि गर्नुभयो। उहाँले मानिसलाई जमेको रगतको ढिक्काबाट सृष्टि गर्नुभयो। पढ्नुहोस्! र तपाईंका पालनकर्ता अत्यन्तै कृपालु हुनुहुन्छ।} [अल-अलक: १-३]"
यसपश्चात् रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ती आयातहरू मनमा बोकेर फर्कनुभयो र उहाँको हृदय काँपिरहेको थियो। उहाँ आफ्नी पत्नी खदिजा बिन्त खुवैलिद (रजिअल्लाहु अन्हा) कहाँ आउनुभयो र भन्नुभयो: "मलाई कपडा ओढाइदेऊ! मलाई कपडा ओढाइदेऊ!" खदिजाले उहाँलाई ओढाइदिनुभयो, यहाँसम्म कि उहाँको डर कम भयो। उहाँले खदिजा (रजिअल्लाहु अन्हा) लाई सम्पूर्ण घटना सुनाउँदै भन्नुभयो: "मलाई आफ्नो ज्यानको डर लाग्यो।" खदिजा (रजिअल्लाहु अन्हा) ले भन्नुभयो: "कदापि होइन! अल्लाहको कसम, अल्लाहले तपाईँलाई कहिल्यै अपमानित गर्नुहुने छैन। निश्चय नै तपाईँ नाता-सम्बन्ध जोड्नुहुन्छ, असहायहरूको भार उठाउनुहुन्छ, विपन्नहरूका लागि आर्जन गरिदिनुहुन्छ, पाहुनाको सत्कार गर्नुहुन्छ र सत्यका कारण आइपर्ने विपत्तिहरूमा मानिसहरूलाई सहयोग गर्नुहुन्छ।"
त्यसपछि खदिजाले उहाँलाई आफ्ना काकाका छोरा वर्का इब्न नौफल इब्न असद इब्न अब्दुल उज्जाकहाँ लिएर जानुभयो। वर्का अज्ञानताको युग (जाहिलिया) मा इसाई भएका थिए। उनी हिब्रू (इब्रानी) भाषा लेख्न जान्दथे र इन्जिललाई हिब्रू भाषामा लेख्ने गर्दथे। उनी वृद्ध भइसकेका थिए र आँखाको ज्योति पनि गुमाइसकेका थिए। खदिजाले उनलाई भन्नुभयो: "हे मेरा दाजु! आफ्ना भतिजाको कुरा सुन्नुहोस्।" वर्काले उहाँलाई सोधे: "हे भतिजा! तपाईँले के देख्नुभयो?" तब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफूले देख्नुभएको र घटेको सबै कुरा बताउनुभयो। वर्काले भने: "यो त्यही 'नामूस' (रहस्य बोक्ने फरिश्ता) हुन्, जसलाई अल्लाहले 'मूसा' (मोसेस) माथि अवतरित गर्नुभएको थियो। कति राम्रो हुन्थ्यो, म त्यस समयमा बलियो र युवा भएको भए! मलाई कति रहर छ कि, म (तपाईँको सहायता गर्न) त्यस समयसम्म जीवित रहन पाएको भए जब तपाईँको आफ्नै समुदायले तपाईँलाई यहाँबाट निष्कासित गर्नेछ!" रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सोध्नुभयो: "के उनीहरूले मलाई साँच्चै निष्कासित गर्नेछन्?" उनले जवाफ दिए: "हो, तपाईँले जस्तो सन्देश लिएर कोही पनि आएको छैन जसलाई शत्रुताको सामना गर्नु नपरेको होस्। यदि मैले त्यो समय पाएँ भने म तपाईँको पूर्ण र शक्तिशाली सहयोग गर्नेछु।"
यस भेटघाटको केही समयपछि नै वर्काको मृत्यु भयो र केही अवधिका लागि वह्य आउने क्रम पनि रोकियो।"
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيمبعثه صلى الله عليه وسلم
उम्मे सलमा (रजियल्लाहु अन्हा) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई हबशा (इथियोपिया) मा देखेको मारिया नामको चर्च र त्यस भित्र कोरिएका तस्बिरहरू बारे बताउनुभयो । तब उहाँले भन्नुभयो : "तिनीहरू यस्ता मानिसहरू थिए, जब तिनीहरूमध्ये कुनै धर्मी व्यक्तिको मृत्यु हुन्थ्यो, तिनीहरूले उसको चिहानमाथि मस्जिद बनाइदिन्थे र त्यसमा यी चित्रहरू राख्थे । तिनीहरू अल्लाहको नजरमा सबैभन्दा खराब प्राणी हुन् ।"
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيأحكام المساجد، توحيد الألوهية، الشركموضوعات الحديثالتصوير، أهمية التوحيد، اتخاذ القبور مساجدمحاور التعريف بالإسلامبطلان الشرك وصوره
सूरह नस्रको यो आयत "इजा जा-अ नस्रुल्लाही वल फत्ह" (जब अल्लाहका तर्फबाट मद्दत र विजय आयो) (सूरतुन्नस्र: १) अवतरण भएपछि जब पनि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले नमाज पढ्नुहुन्थ्यो, तब यो दुआ पढ्नुहुन्थ्यो: "सुब्हानक रब्बना व बिहम्दिक अल्लाहुम्मग्फिरली" (हे अल्लाह, हाम्रा पालनकर्ता! तपाईं पवित्र हुनुहुन्छ र तपाईंकै लागि सम्पूर्ण प्रशंसा छ। हे अल्लाह! मलाई क्षमा गर्नुहोस्)।
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيأذكار الصلاة
"जब रमजानको अन्तिम १० दिन सुरु हुन्थ्यो, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रातभरि जागा बसेर उपासना गर्नुहुन्थ्यो, आफ्ना परिवारका सदस्यहरूलाई पनि ब्युँझाउनुहुन्थ्यो र कम्मर कसेर पूर्ण लगनशीलताका साथ उपासना गर्नुहुन्थ्यो।"
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيالعشر الأواخر من رمضان
म र नबी (सल्लल्लाहु अलैहि वसल्लम) एउटै भाँडोबाट नुहाउने गर्दथ्यौं, जबकि हामीदुवै जुन्बी (अपवित्र) हुन्थ्यौं । त्यसैगरी म महिनावारी भएको बेला नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आदेश अनुसार आफ्नो गुप्ताङ्ग लुगाले बाँध्थेँ र त्यसपछि उहाँ मसँग मुबाशरत (सम्भोग बाहेक अन्य यौन क्रियाकलापहरू) गर्नुहुन्थ्यो । त्यसैगरी उहाँ इतिकाफ (मस्जिदमा इबादतको लागि एकान्त बास बस्नु) मा हुँदा आफ्नो शिर मतिर (मस्जिदबाट) बाहिर निकाल्नुहुन्थ्यो र म महिनावारी हुँदा पनि उहाँको शिर धुने गर्थे ।
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيالحيض والنفاس والاستحاضة، أحكام الغسل، الاعتكاف، العشرة بين الزوجينموضوعات الحديثالاعتكاف، أحكام الغسل، أحكام الحيض والنفاس
नबी (सल्लल्लाहु अलैहि वसल्लम) जुत्ता लगाउँदा, कपाल कोर्दा, वुजू गर्दा लगायत आफ्ना सबै कार्यहरूमा दायाँबाट आरम्भ गर्न मन पराउनुहुन्थ्यो।
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيالهدي النبوي