Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

54 of 683 cards

Clear filters
"जब पानी दुई कुल्ला (दुई ठूला गाग्रा बराबर) हुन्छ, यसले फोहोरलाई प्रभाव पार्न दिँदैन।"
सही अबू दाऊद, तिर्मिजी, निसाई, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
”जब नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई हाच्छ्युँ आउँथ्यो, तब आफ्नो हात वा कपडा मुखमाथि राख्नुहुन्थ्यो र त्यसैद्वारा आफ्नो आवाजलाई मधुरो वा कम गर्नुहुन्थ्यो।”
सही अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्
"मुमिनले आफ्ना राम्रा चरित्र र व्यवहारका कारण दिनभरी व्रत बस्ने र राती तहज्जुदको नमाज पढ्ने व्यक्तिको स्थान प्राप्त गर्दछ ।"
शवाहिद (गवाहहरु) ले गर्दा सही हो अबू दाउद र अहमदले वर्णन गरेका छन्
"जसले यो प्रार्थना तीन पटक पढ्छ: "अल्लाहको नाममा, जसको नामले पृथ्वी वा आकाशमा कुनै पनि कुराले हानि गर्न सक्दैन र उहाँ सर्वश्रोता एवं सर्वज्ञ हुनुहुन्छ।" बिहानसम्म कुनै पनि अचानक विपत्तिले उसलाई आक्रमण गर्नेछैन।" र जसले बिहान तीन पटक यो पढ्छ, साँझसम्म उसलाई अचानक कुनै विपत्ति आउने छैन।" वर्णनकर्ता भन्छन्, पछि अबान बिन उस्मानमाथि पक्षाघात (फालिज) को आक्रमण भयो, त्यसैले उनीबाट यो हदीस सुन्ने व्यक्तिले उनलाई हेर्न थाल्यो। त्यसैले अबानले उनलाई सोधे: के भयो, तिमी मलाई किन हेरिरहेका छौ? अल्लाहको कसम, मैले उस्मानलाई झूटो भनेर केही भनेको छैन, नत उस्मानले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई झूटो भनेर केही भनेको छ। वास्तवमा जुन दिन मलाई यो बिमारी लागेको थियो त्यो दिन रिसको झोकमा भएकोले यो दुआ पढ्न बिर्सिएको थिएँ ।
सही अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र इब्ने माजह तथा अहमदले वर्णन गरेका छन्
बनु आमिरको समूहसँग म अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ गएँ। हामीले भन्यौं: तपाईं हाम्रो ‘सय्यिद ’ (मालिक,सर्वेसर्वा) हुनुहुन्छ। उहाँले भन्नुभयो: "(वास्तविक र सत्य) ‘सय्यिद’ अल्लाह हुन्।" हामीले फेरि भन्यौँ: "तपाईं हामीमध्ये सबैभन्दा श्रेष्ठ, सबैभन्दा उदार र कृपालु हुनुहुन्छ।" उहाँले भन्नुभयो: "तिमीहरूले मलाई सामान्य शब्दहरूले सम्बोधन गर, शैतानले तिमीहरूलाई कुनै धोका वा बहकाउमा नपारोस्।"
सही अबू दाउद र अहमदले वर्णन गरेका छन्
एक व्यक्ति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आयो र भन्यो: हे अल्लाहका रसूल! हाम्रो मनमा केही केही यस्ता गलत विचारहरू आउँछन्, जसलाई शब्दमा व्यक्त गर्नु भन्दा खरानी बन्नु प्यारो छ । उहाँले भन्नुभयो: "अल्लाहु अक्बर, अल्लाह महान हुनुहुन्छ, सबै प्रशंसा योग्य अल्लाह नै हुनुहुन्छ, जसले (इब्लिस') को षड्यन्त्रलाई वस्वसा (कुविचारहरू) सम्म मात्र सीमित गरिदिए ।"
सही अबू दाउद र निसाईले सुनन कुब्रा मा वर्णन गरेका छन्
"होसियार! सम्भव छ कि एक व्यक्ति आफ्नो अडेसदार आसनमा अडेस लगाएर विराजमान हुनेछ,र मेरो हदीस ऊ समक्ष पुग्नेछ र उसले भन्नेछ: हामी र तपाईं बीच (निर्णयको मामिलामा) केवल अल्लाहको किताब छ । हामीले यसमा जे कुरा वैध पाउनेछौं, त्यसलाई हामी वैध मान्नेछौं र जे निषेधित पाउँनेछौं, त्यसलाई निषेध मान्नेछौं । यद्यपि, निस्सन्देह, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले निषेध गर्नुभएको कुरा पनि त्यसरी नै हराम (वर्जित) छ जसरी अल्लाहले हराम गर्नुभएको छ ।
सही अबू दाउद, तिर्मीजी र इब्ने माजहले वर्णन गरेका छन्
"तिमीहरूले यस्तो नभन्नु : अल्लाहले जे चाहनुहुन्छ र फलानो जे चाहन्छ, बरु यसरी भन्नु: अल्लाहले जे चाहनुहुन्छ र त्यसपछि फलानोले जे चाहन्छ ।"
सम्पूर्ण तुरुक (सिलसिला) ले गर्दा सही हो अबू दाउदले र निसाईले सुनन कुब्रामा तथा अहमदले वर्णन गरेका छन्