عربي - Arabic English Qafár af - Afar Afrikaans - Afrikanns Akan Shqip - Albanian አማርኛ - Amharic Հայերեն - Armenian অসমীয়া - Assamese Azərbaycanca - Azerbaijani Bamanankan - Bambara Bassa Bemba বাংলা - Bengali Bosanski - Bosnian Български - Bulgarian မြန်မာဘာသာ - Burmese Bisaya - Cebuano Cham Нохчий - Chechen chiCheŵa - Chewa 中文 - Chinese Адыгэбзэ - Circassian Hrvatski - Croatian Česky - Czech Dagbani Dansk - Danish فارسی دری - Dari Dendi ދިވެހި ބަސް - Dhivehi Nederlands - Dutch إستوني - Estonian Suomi - Finnish Fon Français - French Fulfulde - Fula ქართული - Georgian Deutsch - German Ελληνικά - Greek ગુજરાતી - Gujrati Kreyòl ayisyen - Haitian Creole Hausa हिन्दी - Hindi Magyar - Hungarian Igbo Indonesia - Indonesian Italiano - Italian 日本語 - Japanese Jóola - Jola ಕನ್ನಡ - Kannada Қазақша - Kazakh ភាសាខ្មែរ - Khmer Kikuyu Ikinyarwanda - Kinyarwanda Ikirundi - Kirundi 한국어 - Korean كوردی سۆرانی - kurdish كوردي kurmancî - Kurmanji Kyrgyz ລາວ - Lao latviešu - Latvian Lingala lietuvių - Lithuanian Luganda Македонски - Macedonian Maguindanaon Malagasy - Malagasy Bahasa Melayu - Malay മലയാളം - Malayalam Mandinka मराठी - Marathi Mõõré - Moore नेपाली - Nepali أنكو - NKo Norwegian ଓଡ଼ିଆ - Odia oromoo - Oromo پښتو - Pashto فارسی - Persian Polski - Polish Portuguese ਪੰਜਾਬੀ - Punjabi Română - Romanian Русский - Russian Српски - Serbian Shona සිංහල - Sinhala Slovenščina - Slovenian Soomaaliga - Somali Soninke Sesotho - Sotho Español - Spanish Kiswahili - Swahili Svenska - Swedish Tagalog Тоҷикӣ - Tajik தமிழ் - Tamil తెలుగు - Telugu ไทย - Thai ትግረኛ - Tigrinya Türkçe - Turkish Türkmen - Turkmen Ukrainian اردو - Urdu ئۇيغۇرچە - Uyghur Ўзбек - Uzbek Việt Nam - Vietnamese Wolof Yao Yorùbá - Yoruba Zarma زولو - Zulu
683 Hadiths
Encyclopedia of Prophetic Hadiths
التصنيف الشرعي
Grading
Narrated in
Narrator
"वास्तवमा, अल्लाहले आस्थावानमाथि एक पुण्यको मामिलामा पनि अन्याय गर्नुहुन्न। उसलाई यस संसारमा पुण्य को प्रतिफल दिइन्छ र परलोकमा पनि राम्रो प्रतिफल दिइनेछ ।" तर काफिरले गरेको सत्कर्मको प्रतिफल यस संसारमा नै दिइन्छ, परलोकमा उसलाई कुनै प्रतिफल दिइने छैन ।
सही मुस्लिमले वर्णन गरेका छन्
التصنيف الشرعيتوحيد الأسماء والصفات، الحياة الآخرة، الإيمان، الكفرموضوعات الحديثسعة فضل الله عز وجل، الإيمان باليوم الآخرمحاور التعريف بالإسلامعدل الإسلام، الحساب، النجاة بالدخول في الإسلام
"अल्लाहले तिम्रो रूप र धनलाई हेर्नुहुन्न, तर तिम्रो हृदय र कर्महरूलाई हेर्नुहुन्छ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
التصنيف الشرعيفضائل أعمال القلوب، أعمال القلوب، تزكية النفوس، توحيد الأسماء والصفاتموضوعات الحديثالإخلاص، التقوىمحاور التعريف بالإسلاممحتوى للباحثين عن المعنى والروحانية، عدل الإسلام
"अल्लाहले जसलाई जनताको सेवा गर्ने जिम्मेवारी सुम्पिनु हुन्छ र उसले आफ्नो प्रजालाई धोका दिइरहेको अवस्थामा जब ऊ मर्छ, अल्लाहले उसको लागि स्वर्ग निषेध गर्नुहुन्छ ।"
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيأحكام الإمامة، حقوق الرعية على الإمامموضوعات الحديثالغش، أحكام الإمامةمحاور التعريف بالإسلاممحاسن الأخلاق، عدل الإسلام
"कसैलाई त्यत्तिकै हानि पुर्याउनु वा बदलामा हानि पुर्याउन अनुमति छैन । जसले कसैलाई हानि पुर्याउँछ, अल्लाहले उसलाई हानि पुर्याउनु हुन्छ र जसले अरूलाई दुःख दिन्छ, अल्लाहले उसलाई कष्ट दिनुहुनेछ ।"
शवाहिद (गवाहहरु) ले गर्दा सही हो दार कुतनीले वर्णन गरेका छन्
التصنيف الشرعيالقواعد الفقهية والأصوليةموضوعات الحديثالظلم، الإحسان إلى الخلقمحاور التعريف بالإسلاممحاسن الأخلاق، عدل الإسلام
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट अनि उहाँ अल्लाहबाट कथन गर्दै भन्नुहुन्छ : " साँच्चै, अल्लाहले पुण्य कर्महरू र पापहरू लेखिदिनुभएको छ र यसलाई स्पष्ट रूपमा प्रष्ट पार्नु भएको छ: जसले कुनै पुण्य कर्म गर्ने संकल्प राख्दछ र त्यो गर्न असमर्थ हुन्छ, अल्लाहले उसको खातामा एक नेकी [पुण्य] लेखिदिनुहुन्छ । यदि कसैले असल मनसाय अनुसार सत्कर्म गर्यो भने उसको लागि दशदेखि सात सय गुणासम्म वा अझ बढी पुण्य लेखिदिनुहुन्छ । अर्कोतर्फ, जसले कुनै नराम्रो काम गर्न चाहन्छ, तर उसले गरेन भने अल्लाहले त्यसको स्थानमा एक पुण्य लेखिदिनुहुन्छ र यदि गलत मनसाय अनुसार नै गलत कार्य गर्यो भने, अल्लाहले त्यसको सट्टामा एउटा मात्र पाप लेख्नुहुन्छ ।"
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيفضائل الأعمال الصالحة، توحيد الأسماء والصفاتموضوعات الحديثسعة فضل الله عز وجلمحاور التعريف بالإسلامعدل الإسلام، الحساب
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मक्काको विजयको दिन मानिसहरूलाई सम्बोधन गर्नुभयो: " हे मानिसहरू! अल्लाहले तिमीहरूबाट जाहिलियतको घमण्ड र पुर्खाहरूको अहंकार गर्ने प्रवृत्तिलाई हटाउनुभएको छ । मानिसहरू दुई प्रकारका मात्र छन्: एक निष्ठावान, जुन अल्लाहको नजरमा एकदमै प्रिय छ र अर्को दुष्ट, जुन अल्लाहको नजरमा अभागी र नीच छ । सबै मानिसहरू आदमका सन्तान हुन् र आदमलाई अल्लाहले माटोबाट सृष्टि गर्नुभएको हो । अल्लाहले भन्नुभएको छ: "हे मानव! हामीले तिमीहरूलाई एक पुरुष र एक नारीबाट सृष्टि गर्यौ र विभिन्न जाति र वंशहरूमा विभाजन गर्यौं, ताकि तिमीहरूले एकअर्कालाई जान्न सक । अल्लाहको दृष्टिमा सबैभन्दा उत्कृष्ट व्यक्ति त्यो हो, जो तिमीहरूमध्ये सबैभन्दा धेरै ईशभय राख्छ । निस्सन्देह अल्लाह सर्वज्ञ हुनुहुन्छ ।" [अल् हुजुरातः १३]
सही तिर्मीजी र इब्ने हिब्बानले वर्णन गरेका छन्
التصنيف الشرعيالمجتمع المسلم، فضائل أعمال القلوب، الأخلاق الذميمة، خصائص الإسلام وفضله ومحاسنه، حقوق الإنسان في الإسلام، تفسير الآياتموضوعات الحديثالكبائر والمحرمات، التواضع، القرآن وعلومه، التقوى، الكبرمحاور التعريف بالإسلاممحاسن الأخلاق، عدل الإسلام
“जसले मुआहद् (मुस्लिमसँग सन्धि भएको गैर-मुस्लिम) को हत्या गर्छ, उसले स्वर्गको सुगन्ध पनि पाउनेछैन, जबकि स्वर्गको सुगन्ध चालीस वर्षको दूरीबाट आउँछ ।”
सही बुखारीले वर्णन गरेका छन्
التصنيف الشرعيأحكام أهل الذمة والهدنة والأمانموضوعات الحديثقتل الذمي بغير حقمحاور التعريف بالإسلامعدل الإسلام
"भोलि म यो झण्डा यस्तो व्यक्तित्वलाई प्रदान गर्नेछु, जसको हातद्वारा अल्लाहले विजय प्रदान गर्नुहुनेछ। जसले अल्लाह र उहाँका रसूललाई प्रेम गर्छ र अल्लाह र उहाँका रसूलले पनि उनलाई प्रेम गर्नुहुन्छ।"
यो सुनेर मानिसहरूले रातभरि झण्डा कसले पाउने हो भनेर आपसमा छलफल र अड्कलबाजी गर्दै बिताए।
बिहान सबैजना अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) समक्ष उपस्थित भए। सबैले झण्डा पाउने आशा गरेका थिए। उहाँले सोध्नुभयो: "अली बिन अबी तालिब कहाँ छन्?"
मानिसहरूले भने: "हे अल्लाहका रसूल! उनको आँखा दुखिरहेको छ।"
उहाँले भन्नुभयो: "उनलाई बोलाऊ।"
जब अली (रजियल्लाहु अन्हु) लाई बोलाइयो, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनको आँखामा आफ्नो राल (थुक) लगाइदिनुभयो र उनको लागि दुआ (प्रार्थना) गर्नुभयो। फलस्वरूप उनको आँखा कुनै रोग नभएजस्तै गरी तुरुन्तै निको भयो।
त्यसपछि उहाँले अली (रजियल्लाहु अन्हु) लाई झण्डा प्रदान गर्नुभयो।
अली (रजियल्लाहु अन्हु) ले सोधे: "हे अल्लाहका रसूल! के तिनीहरू हामीजस्तै (मुस्लिम) नभएसम्म उनीहरूसँग युद्ध जारी रहनेछ?"
उहाँले भन्नुभयो: "तिमी आफ्नै गतिअनुसार अघि बढ र जब उनीहरूको क्षेत्रमा पुग्छौ, तब उनीहरूलाई इस्लामतर्फ आमन्त्रण गर। अनि उनीहरूलाई अल्लाहको अधिकारसम्बन्धी उनीहरूको कर्तव्यहरू बताऊ। “अल्लाहको कसम! यदि अल्लाहले तिम्रो माध्यमबाट एक जना मात्र व्यक्तिलाई पनि सही मार्ग (हिदायत) मा ल्याइदिनुभयो भने, त्यो तिम्रा लागि राता-राता ऊँटहरू (त्यस समयको सबैभन्दा मूल्यवान् सम्पत्ति) प्राप्त गर्नुभन्दा धेरै उत्तम हुनेछ।"
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيالصحابة وفضلهم، الطب والتداوي والرقية الشرعية، فضل الدعوة إلى الله وأحكامها، غزواته وسراياه صلى الله عليه وسلم، أحكام ومسائل الجهاد وآدابه، دلائل النبوةموضوعات الحديثالدعوة إلى الله، الصحابة رضي الله عنهممحاور التعريف بالإسلاملا يقبل الله غير دين الإسلام، عدل الإسلام