Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

18 of 683 cards

Clear filters
"हामी र तिनीहरूको बीचमा रहेको फरक नमाज (सलाह) हो । जसले यसलाई त्याग्छ उसले कुफ्र गर्यो ।"
सही तिर्मीजी, निसाई, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"अपशगुन मान्नु शिर्क हो, अपशगुन मान्नु शिर्क हो, अपशगुन मान्नु शिर्क हो, (तीन पटक) भन्नुभयो, र यस प्रकारको कुरा हामी सबैको हृदयमा आउँछ, तर अल्लाहमाथि तवक्कुल (पूर्ण भरोसा) गर्नाले उहाँले यसलाई हटाइदिनुहुन्छ।"
सही अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"जसले गैरुल्लाह (अल्लाह बाहेक अरू कसै) को कसम खान्छ, उसले कुफ्र वा शिर्क गर्दछ ।"
सही अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्
"जसले नक्षत्रहरूबाट ज्ञान प्राप्त गर्छ, उसले जादूको एक भाग सिक्छ । उसले जति धेरै ज्योतिषविज्ञान सिक्छ, त्यति धेरै जादू सिक्नेछ ।"
सही अबू दाउद, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई "हुदैबिया" भन्ने ठाउँ मा फजरको नमाज पढाउनु भयो र त्यस अघिल्लो रात वर्षा भएको थियो । नमाज पढे पछि मानिसहरूतर्फ फर्किएर भन्नुभयो: " तिमीहरुलाई थाहा छ, तिमीहरुको प्रभुले के भन्नुभएको छ?" तिनीहरूले भने अल्लाह र उहाँका रसूल लाई राम्ररी ज्ञान छ, उहाँले भन्नुभयो: "मेरा भक्तहरू मध्ये केही मोमिन (ममा विश्वास गर्ने) र अर्को काफिर (अविश्वासी) भएको छन् । जसले भन्छ: अल्लाहको कृपा र दयाले वर्षा भएको हो, उसले ममा विश्वास गर्‍यो र नक्षत्रलाई इन्कार गर्‍यो र जसले भन्छ: ग्रह र नक्षत्रले गर्दा वर्षा भएको हो, उसले नक्षत्रमा विश्वास गर्‍यो र म माथि अविश्वास गर्‍यो ।"
सही मुत्तफकुन अलैहि
“निस्सन्देह, मलाई तिमीहरूको बारेमा जुन कुरादेखि सबैभन्दा धेरै डर लागेको छ, त्यो सानो शिर्क हो ।" साथीहरूले भने: हे अल्लाहको रसूल! यो सानो शिर्क के हो? उहाँले जवाफ दिनुभयो: “दिखावटी (रिया) सत्कर्म गर्नु ।” कयामतको दिनमा, जब मानिसहरूलाई उनीहरूका कर्महरूको प्रतिफल दिइनेछ, अल्लाह सर्वशक्तिमान् ले तिनीहरूलाई भन्नुहुनेछ: 'ती मानिसहरूकहाँ जाऊ जसका लागि तिमीहरूले संसारमा देखावटी कर्म गर्यौ, र हेर तिमीहरूले तिनीहरूबाट कुनै प्रतिफल पाउँछौ कि पाउँदैनौ?”
हसन अहमदले वर्णन गरेका छन्
"जसले अल्लाहसँग शिर्क (कसैलाई साझेदार) नगरेको अवस्थामा भेट्छ, उसले स्वर्गमा प्रवेश पाउने छ, र जसले अल्लाहसँग शिर्क गरेको अवस्थामा भेट्छ, ऊ नर्कमा प्रवेश गर्नेछ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"त्यो व्यक्ति हामी मध्ये होइन, जसले अशुभ शगुन मान्यो वा जसको लागि अशुभ शगुन लिइएको छ, जसले ज्योतिषीको काम गर्यो वा जसको लागि ज्योतिषीको काम गराइयो, जसले जादू गर्यो वा जसको लागि जादू गराइयो । जसले गाँठोमा झारफुक / जन्तर मन्तर गर्यो र जो कुनै ज्योतिषीकहाँ गयो र उसले भनेको वचनलाई सत्य मान्यो भने उसले मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि अवतरित शरीयतलाई अस्वीकार गर्यो ।
हसन बज्जारले वर्णन गरेका छन्