Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

36 of 683 cards

Clear filters
“हामीलाई अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, उहाँले सत्य बोल्नुहुन्छ र उहाँको भनाइ पूर्णतः सत्य हुन्छ: "तिमीहरू हरेकको सृष्टि उसको आमाको गर्भमा चालीस दिन र चालीस रात सम्म वीर्यको रूपमा जम्मा गरिन्छ, त्यसपछि अर्को ४० दिनसम्म बाक्लो र जमेको रगतको रूप लिन्छ । त्यस पछि अर्को ४० दिनमा मासुको डल्लोको रूप लिन्छ । त्यसपछि अल्लाहले एउटा फरिशता पठाउनुहुन्छ जसले अल्लाहको आदेश अनुसार त्यो व्यक्तिको जीविका, उमेर, कर्म र राम्रो वा नराम्रो हुनु बारे लेख्छ र त्यसपछि उसले त्यसमा रूह (आत्मा) हाल्छ । एक व्यक्तिले जीवनभर स्वर्गवासीहरूको कर्म गर्छ र जब उसको र स्वर्गको बीचमा एक हातको दूरी हुन्छ, त्यतिखेर उसको भाग्य उसमाथि हावी हुन्छ, र ऊ नर्कवासीहरूको कर्म गरेर नर्कमा प्रवेश गर्दछ । त्यसैगरी एक व्यक्तिले जीवनभर नर्कवासीको कर्म गर्छ र जब उसको र नर्कको बीचमा एक हातको दुरी रहन्छ तब उसको भाग्य उसमाथि हावी हुन्छ र ऊ स्वर्गवासीको कर्म गरेर स्वर्गमा प्रवेश गर्दछ ।"
सही मुत्तफकुन अलैहि
नज्द (एक स्थान) का एकजना मानिस रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आए। उनको कपाल जिङ्ग्रिङ्ग (अस्तव्यस्त) थियो। हामीले उनको आवाजको गुन्जन सुन्यौं तर उनी के भनिरहेका छन् त्यो बुझ्न सकिरहेका थिएनौं। जब उनी नजिक आए तब थाहा भयो कि उनी इस्लामको बारेमा सोध्दै थिए। रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "दिन र रातमा पाँच नमाजहरू पढ्नु।" उनले सोधे: "के ममाथि यो बाहेक अरू केही अनिवार्य छ?" उहाँले भन्नुभयो: "छैन, तर यदि तिमीले स्वेच्छाले थप्न चाह्यौ भने नफल (अतिरिक्त) नमाज पढ्न सक्छौ।" त्यसैगरी "रमजानको रोजाहरू राख्नु अनिवार्य छ।" उनले फेरि सोधे: "के ममाथि यो बाहेक अरू केही अनिवार्य छ?" उहाँले भन्नुभयो: "छैन, तर तिमीले स्वेच्छाले (अतिरिक्त) रोजाहरू राख्न सक्छौ।" त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई जकातको बारेमा बताउनुभयो। उनले सोधे: "के ममाथि यो बाहेक अरू केही अनिवार्य छ?" उहाँले भन्नुभयो: "छैन, तर यदि तिमीले स्वेच्छाले थप्न चाह्यौ भने अतिरिक्त दान दिन सक्छौ।" त्यसपछि ती मानिस फर्किए र यसो भन्दै गए: "अल्लाहको कसम! म यसमा न त बढाउँछु, न घटाउँछु।" रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "यदि उसले सत्य बोलेको हो भने, ऊ निश्चय नै सफल हुनेछ।"
सही मुत्तफकुन अलैहि
"जसले गैरुल्लाह (अल्लाह बाहेक अरू कसै) को कसम खान्छ, उसले कुफ्र वा शिर्क गर्दछ ।"
सही अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्
अत्यन्त हत्या र धेरै व्यभिचार गरेका केही मूर्तिपूजकहरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सामु आए र भने: तपाईंले इस्लाम र यसका शिक्षाहरूको सन्दर्भमा जुन कुराको तर्फ बोलाउदै हुनुहुन्छ त्यो धेरै राम्रो कुरा हो, तर अहिलेसम्म शिर्क र अन्य ठूला पापहरूमा संलग्न भएको व्यक्तिका लागि कुनै प्रायश्चित छ ? । त्यसपछि अल्लाहले यी उत्कृष्ट आयतहरू अवतरण गर्नुभयो: "र, जसले अल्लाहका साथ अन्य कसैलाई उपास्य भन्दैनन' अल्लाहले वर्जित गरेका कुनै जीवको अनाहक हत्या गर्दनन, न व्यभिचार गर्छन्।" [अल्-फुर्कान : ६८] "(हे पैगम्बर!) मेरा सेवकहरू मध्ये जसले आफूमाथि अन्याय गरेका छन् तिनीहरूलाई भन, अल्लाहको दयाबाट निराश नहोऊ ।" [अज्जुमर: ५३]
सही मुत्तफकुन अलैहि
"जसले नक्षत्रहरूबाट ज्ञान प्राप्त गर्छ, उसले जादूको एक भाग सिक्छ । उसले जति धेरै ज्योतिषविज्ञान सिक्छ, त्यति धेरै जादू सिक्नेछ ।"
सही अबू दाउद, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई "हुदैबिया" भन्ने ठाउँ मा फजरको नमाज पढाउनु भयो र त्यस अघिल्लो रात वर्षा भएको थियो । नमाज पढे पछि मानिसहरूतर्फ फर्किएर भन्नुभयो: " तिमीहरुलाई थाहा छ, तिमीहरुको प्रभुले के भन्नुभएको छ?" तिनीहरूले भने अल्लाह र उहाँका रसूल लाई राम्ररी ज्ञान छ, उहाँले भन्नुभयो: "मेरा भक्तहरू मध्ये केही मोमिन (ममा विश्वास गर्ने) र अर्को काफिर (अविश्वासी) भएको छन् । जसले भन्छ: अल्लाहको कृपा र दयाले वर्षा भएको हो, उसले ममा विश्वास गर्‍यो र नक्षत्रलाई इन्कार गर्‍यो र जसले भन्छ: ग्रह र नक्षत्रले गर्दा वर्षा भएको हो, उसले नक्षत्रमा विश्वास गर्‍यो र म माथि अविश्वास गर्‍यो ।"
सही मुत्तफकुन अलैहि
एकजना मानिसले सोधे: हे अल्लाहका रसूल! के हामीले जाहिलिया (इस्लाम पूर्व) को समयमा गरेका पाप-कर्महरूप्रति जवाफदेह हुनेछौं? उहाँले भन्नुभयो: " जसले इस्लाम स्विकारे पछि राम्रो काम गर्यो, उ जाहिलियाको समयमा गरेका कामहरूप्रति जवाफदेह हुने छैन र जसले इस्लाम स्विकारे पछि खराब कर्म गर्यो, उसलाई अघिल्ला र पछिल्ला सबै कृकर्मको सजाय दिइनेछ।"
सही मुत्तफकुन अलैहि
"जसले अल्लाहसँग शिर्क (कसैलाई साझेदार) नगरेको अवस्थामा भेट्छ, उसले स्वर्गमा प्रवेश पाउने छ, र जसले अल्लाहसँग शिर्क गरेको अवस्थामा भेट्छ, ऊ नर्कमा प्रवेश गर्नेछ ।"
सही मुस्लिमले वर्णन गरेका छन्