Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

27 of 683 cards

Clear filters
एकजना मानिसले सोधे: हे अल्लाहका रसूल! के हामीले जाहिलिया (इस्लाम पूर्व) को समयमा गरेका पाप-कर्महरूप्रति जवाफदेह हुनेछौं? उहाँले भन्नुभयो: " जसले इस्लाम स्विकारे पछि राम्रो काम गर्यो, उ जाहिलियाको समयमा गरेका कामहरूप्रति जवाफदेह हुने छैन र जसले इस्लाम स्विकारे पछि खराब कर्म गर्यो, उसलाई अघिल्ला र पछिल्ला सबै कृकर्मको सजाय दिइनेछ।"
सही मुत्तफकुन अलैहि
"जसले अल्लाहसँग शिर्क (कसैलाई साझेदार) नगरेको अवस्थामा भेट्छ, उसले स्वर्गमा प्रवेश पाउने छ, र जसले अल्लाहसँग शिर्क गरेको अवस्थामा भेट्छ, ऊ नर्कमा प्रवेश गर्नेछ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"इस्लाम पाँच कुराहरूमा आधारित छ: अल्लाह बाहेक कोही साँचो ईश्वर छैन र मुहम्मद अल्लाहका दास र रसूल हुनुहुन्छ भन्ने गवाही दिनु, नमाज स्थापना गर्नु, जकात दिनु, हज गर्नु र रमजान महिनामा उपवास बस्नु ।"
सही बुखारी र मुस्लिमले वर्णन गरेका छन्
"मलाई मानिसहरूसँग लड्न आदेश दिइएको छ जबसम्म तिनीहरूले अल्लाह बाहेक कोही ईश्वर छैन र मुहम्मद अल्लाहका दूत हुन् भन्ने गवाही दिँदैनन्, नमाज पढ्दैनन् र जकात दिंदैनन् । यदि तिनीहरूले त्यसो गरे भने, इस्लामको हक बाहेक तिनीहरूको रगत र सम्पत्ति मबाट सुरक्षित हुनेछ र तिनीहरूको हिसाब अल्लाहसँग छ ।"
सही मुत्तफकुन अलैहि
उनले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भने: "हे अल्लाहका रसूल! यदि म कुनै काफिरसँग भेट गर्छु र हामी एकअर्कासँग लड्न थाल्छौं र उसले आफ्नो तरवारले मेरो एउटा हातमा प्रहार गर्छ र त्यसलाई काट्छ अनि मबाट बच्नको लागि उसले रूखको पछाडि लुक्छ र भन्छ, "मैले अल्लाहको लागि इस्लाम स्वीकार गरेको छु।" के मैले त्यसो भनेपछि पनि उसलाई मार्नु पर्छ? उहाँले भन्नुभयो, "उसलाई नमार।" मैले भने, "हे अल्लाहका रसूल! उसले मेरो एउटा हात काटेको छ र उसले यो कुरा मेरो हात काटे पछि भनेको हो । (के मैले उसलाई मार्नु हुँदैन?) उहाँले भन्नुभयो "उसलाई नमार। यदि तिमीले उसलाई मार्यौ भने, ऊ तिमीले उसलाई मार्न अघिको स्थितिमा फर्किनेछ र तिमी यो वाक्य उच्चारण गर्नु अघिको स्थितिमा फर्किनेछौ।"
सही मुत्तफकुन अलैहि
मैले भने: हे अल्लाहको रसूल! "इब्न जुदआनले" जाहिलियत (इस्लाम पूर्व) को समयमा नातागोतालाई कायम राख्थे, गरिबहरूलाई खाना खुवाउँथे। के यो उनको लागि पुण्य-जनक हुनेछ ? उहाँले भन्नुभयो: "यी कर्महरुले उसलाई केही फाइदा दिने छैन किनभने उसले कहिल्यै पनि भनेन: हे मेरो प्रभु, प्रलयको दिन मेरो पाप क्षमा गरी दिनु होला ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"जसले आफ्नो मुस्लिम भाइलाई "हे काफिर!" भन्यो, त्यो शब्द ती दुईमध्ये एक जनामाथि अवश्य फर्किन्छ। यदि सम्बोधित व्यक्ति वास्तवमै त्यस्तै (काफिर) हो भने ठीक छ, अन्यथा त्यो शब्द भन्ने व्यक्तिमाथि नै फर्किन्छ।"
सही मुत्तफकुन अलैहि
"आस्थावानहरूको आपसी प्रेम र एकअर्काप्रतिको करुणाको उदाहरण एउटा शरीर जस्तै हो, जसको कुनै अंग दुख्दा पूरै शरीरले पीडा महसुस गर्छ, निन्द्रासमेत उड्छ र पूरै शरीरलाई ज्वरो आउँछ ।"
सही मुत्तफकुन अलैहि