Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

5 of 683 cards

Clear filters
४० वर्षको उमेरमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम)माथि कुर्आन अवतरण गरिएको थियो । त्यसपछि उहाँ १३ वर्ष मक्कामा बस्नु भयो अनि उहाँलाई हिजरत (बसाइँ सर्ने) गर्ने आदेश भयो र उहाँ मदीना "हिजरत" गरेर जानु भयो र त्यहाँ १०वर्ष बस्नु भयो र त्यस पछि उहाँको देहान्त भयो ।
सही मुत्तफकुन अलैहि
"मलाई पाँचवटा कुराहरू दिइएको छ जुन मभन्दा पहिले कुनै पनि नबीलाई दिइएको थिएन : मलाई एक महिनाको दूरीसम्म डरले सहयोग गरिएको छ। सम्पूर्ण पृथ्वीलाई मेरो लागि उपासनास्थल र पवित्रताको माध्यम बनाइएको छ, त्यसैले मेरो उम्मतमध्ये जसले जहाँ पनि नमाजको समय पाउँछ, उसले त्यहाँ नमाज पढोस्। युद्धको धन मेरो लागि वैध गरिएको छ र मभन्दा पहिले कसैको लागि वैध थिएन। मलाई मध्यस्थता प्रदान गरिएको छ। अन्य नबीहरू आफ्नो समुदायको लागि खास गरेर पठाइएको थियो, तर मलाई सम्पूर्ण मानवजातिको लागि पैगम्बरको रूपमा पठाइएको छ।"
सही मुत्तफकुन अलैहि
"अल्लाहको कसम जसको कब्जा मा मोहम्मदको प्राण छ, यो समुदायको जो-कोही व्यक्तिले—चाहे त्यो यहूदी होस् वा इसाई—मेरो बारेमा सुनेर पनि ममार्फत पठाइएको सन्देशमा विश्वास नगरी मर्छ भने, ऊ निश्चित रूपमा नरकवासी हुनेछ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"अल्लाहको कसम जसको कब्जामा मेरो प्राण छ, चाडै नै मरियम पुत्र एक न्यायी हाकिमको रूपमा तिमीहरूका बीचमा आउनुहुनेछ । उनले क्रस भाँच्नेछन्, सुँगुरहरूलाई मार्नेछन्, करहरू हटाउनेछन् र धनसम्पत्ति यति प्रशस्त हुनेछ कि दान-प्रदान गर्दा कसैले स्वीकार गर्नेछैन ।"
सही मुत्तफकुन अलैहि
हामी नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग मस्जिदमा बसिरहेका थियौं, एकजना व्यक्ति ऊँटमा सवार भएर मस्जिदमा प्रवेश गर्यो र उसले आफ्नो ऊँटलाई मस्जिदमा बसायो र बाँधेर सोध्यो: तिमीहरु मध्ये मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को हुनुहुन्छ ? उहाँ आफ्ना साथीहरूसंग बसिरहनु भएको थियो । हामीले भन्यौं: यो अडेस लगाउनु भएको गोरो मान्छे उहाँ नै हुनुहुन्छ । उसले उहाँलाई सम्बोधन गर्यो : हे अब्दुल मुत्तालिबको छोरा ! नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उसलाई भन्नुभयो: " हजुर, प्रश्न गर्नुहोस् म जवाफ दिनेछु ।" उसले रसूललाई भन्यो म तपाईंसँग केही प्रश्नहरू सोध्न जाँदैछु र म ती प्रश्नहरू प्रति कडा हुनेछु। त्यसैले आफ्नो हृदयमा मप्रति केही नराख्नु होला । उहाँले भन्नुभयो: "केही छैन, तिमीलाई जे मन लाग्छ सोध !" उसले सोध्यो: म तपाईंलाई तपाईंको र तपाईं भन्दा पहिले मानिसहरूको पालनकर्ताको कसम खुवाएर सोध्न चाहन्छु: के अल्लाहले तपाईलाई सम्पूर्ण मानव जातिको लागि पठाउनुभएको हो ? उहाँले भन्नुभयो: "हो, अल्लाह साक्षी हुनुहुन्छ ।" त्यसपछि उसले सोध्यो: म अल्लाहको कसम खुवाएर सोध्दैछु, के अल्लाहले तपाईंलाई दिन र रातमा पाँच पटक नमाज पढ्न आदेश दिनुभएको हो? उहाँले भन्नुभयो: "हो, अल्लाह साक्षी हुनुहुन्छ ।" त्यसपछि उसले भन्यो: म अल्लाहको कसम खुवाएर सोध्दैछु, के अल्लाहले रमजानमा उपवास बस्न आदेश दिनुभएको हो? उहाँले भन्नुभयो: "हो, अल्लाह साक्षी हुनुहुन्छ ।" तब उसले भन्यो: म अल्लाहको कसम खुवाएर सोध्दैछु, के अल्लाहले तपाईंलाई धनीहरूबाट दान लिएर गरिबहरूमा बाँड्न आदेश दिनुभएको हो ? उहाँले भन्नुभयो: "हो, अल्लाह साक्षी हुनुहुन्छ।" तब उसले भन्यो: अब म तपाईंले ल्याउनुभएको धर्ममा विश्वास गर्छु । मैले इस्लाम ल्याए र म मेरो समुदायको प्रतिनिधि हुँ । मेरो नाम जमाम बिन षाल्बा हो र म साद बिन बकर जनजाति को भाई हुँ ।
सही मुत्तफकुन अलैहि