Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

17 of 683 cards

Clear filters
"निश्चय नै अल्लाहलाई "गैरत" (अर्थात् उहाँलाई आफ्नो सम्मान, आदेश र हराम कुराहरूको उल्लङ्घन प्रिय हुँदैन) हुन्छ र मुमिनलाई पनि गैरत हुन्छ। अल्लाहको गैरत भनेको मोमिनले उहाँले निषेध गरेका कार्यहरूमा संलग्न हुँदा प्रकट हुन्छ।"
सही मुत्तफकुन अलैहि
अनस बिन मलिक (रजियल्लाहु अन्हु) ले हामीलाई बताउनुभयो कि एक व्यक्तिले सोधे: हे अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम)! कसरी काफिर (अविश्वासी) लाई न्यायको दिन अनुहार द्वारा घस्रन लाएर जम्मा गरिनेछ? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " जसले यस संसारमा उसलाई खुट्टा द्वारा हिँड्न सक्षम बनायो, के उसले क्यामतको दिनमा उसलाई अनुहार द्वारा हिँडाउन सक्दैन? " कतादाहले भने: हाम्रो परमेश्वरको महानताको कसम ! अवश्य नै (उहाँ त्यसो गर्न सक्षम हुनुहुन्छ)।
सही मुत्तफकुन अलैहि
"वास्तवमा, अल्लाहले आस्थावानमाथि एक पुण्यको मामिलामा पनि अन्याय गर्नुहुन्न। उसलाई यस संसारमा पुण्य को प्रतिफल दिइन्छ र परलोकमा पनि राम्रो प्रतिफल दिइनेछ ।" तर काफिरले गरेको सत्कर्मको प्रतिफल यस संसारमा नै दिइन्छ, परलोकमा उसलाई कुनै प्रतिफल दिइने छैन ।
सही मुस्लिमले वर्णन गरेका छन्
अल्लाहले स्वर्गवासीहरूलाई सम्बोधन गर्दै भन्नुहुनेछ: “हे स्वर्गवासीहरू!” तिनीहरूले उत्तर दिनेछन्: “हे हाम्रा पालनकर्ता! हामी उपस्थित छौं र सम्पूर्ण भलाइ हजुरकै हातमा छ।” अल्लाहले सोध्नुहुनेछ: “के तिमीहरू सन्तुष्ट छौ?” तिनीहरूले भन्नेछन्: “हामी किन सन्तुष्ट नहुने? जब कि हजुरले हामीलाई यस्ता वरदानहरू प्रदान गर्नुभएको छ, जुन हजुरले आफ्ना सृष्टिहरूमध्ये अरू कसैलाई दिनुभएको छैन। ” तब अल्लाहले भन्नुहुनेछ: “म तिमीहरूलाई योभन्दा पनि उत्तम उपहार दिनेछु।” तिनीहरूले सोध्नेछन्: “हे हाम्रा पालनकर्ता! योभन्दा उत्तम कुरा अरू के हुन सक्छ र?” तब अल्लाहले घोषणा गर्नुहुनेछ: “म तिमीहरूलाई मेरो ‘महा-प्रसन्नता’ (रजामन्दी) प्रदान गर्दछु, र अब उप्रान्त म तिमीहरूसँग कहिल्यै अप्रसन्न हुनेछैन।”
सही मुत्तफकुन अलैहि
"तिमीहरू मध्यमार्ग र सही बाटो अपनाऊ । जानि राख, तिमीहरूमध्ये कोही पनि आफ्नो कर्मले मुक्ति पाउन सक्दैनौ।" सहाबाहरूले सोधे: "हे रसूल! तपाईँ पनि होइन?" उहाँले भन्नुभयो: "म पनि होइन, तर अल्लाहले मलाई आफ्नो रहमत र कृपाले ढाक्नुभएको छ।"
सही मुत्तफकुन अलैहि
"अल्लाहले तिम्रो रूप र धनलाई हेर्नुहुन्न, तर तिम्रो हृदय र कर्महरूलाई हेर्नुहुन्छ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"अल्लाहले हरेक व्यक्तिसँग प्रत्यक्ष संवाद गर्नुहुनेछ, जहाँ उहाँ र व्यक्तिबीच कुनै अनुवादक हुनेछैन। व्यक्तिले आफ्नो दायाँतर्फ हेर्नेछ र आफूले (परलोकका लागि) अघि पठाएका कर्महरू बाहेक अरू केही देख्नेछैन। उसले आफ्नो बायाँतर्फ हेर्नेछ र त्यहाँ पनि आफ्ना विगतका कर्महरू बाहेक केही देख्नेछैन। अनि उसले आफ्नो अगाडि हेर्नेछ र आफ्नो मुहारको ठिक सामुन्ने नर्क (जहन्नम) बाहेक केही देख्नेछैन। तसर्थ, खजूरको आधा टुक्रा दान गरेरै भए पनि आफूलाई नर्कको आगोबाट जोगाऊ।"
सही मुत्तफकुन अलैहि
"अल्लाहले राम्रा र नराम्रा दुवै प्रकारका कार्यहरू निर्धारित गरी स्पष्ट पारिदिनुभएको छ। त्यसकारण, जुन व्यक्तिले कुनै सत्कर्म गर्ने निर्णय गर्‍यो तर गरेन भने, अल्लाहले उसको नाममा एउटा पूर्ण पुण्य लेखिदिनुहुन्छ। यदि उसले त्यो सत्कर्म गर्ने निर्णय गरी कार्यान्वयन गर्‍यो भने, अल्लाहले उसको लागि दश गुणादेखि सात सय गुणासम्म र त्यसभन्दा पनि अधिक गुणा पुण्य लेखिदिनुहुन्छ। यदि कसैले कुनै पाप गर्ने विचार गर्‍यो तर गरेन भने, अल्लाहले उसको लागि एउटा पूर्ण पुण्य लेखिदिनुहुन्छ। यदि उसले त्यो पापको विचार गरी त्यसलाई कार्यान्वयन गर्‍यो भने, अल्लाहले उसको लागि एउटा मात्र पाप लेखिदिनुहुन्छ।"
सही बुखारी र मुस्लिमले आ-आफ्ना सहीहमा यिनै शब्दहरूका साथ वर्णन गरेका छन्