Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

4 of 683 cards

Clear filters
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले निम्न श्लोकको तिलावत(पाठ) गर्नुभयो: {उहाँले नै तपाईंलाई कुर्आन प्रदान गर्नुभयो जसमा केही मुहकम (एकदमै स्पष्ट) आयतहरू छन्, जुन मूल किताब हुन् र केही मुतशाबिह (अनेकार्थ बोकेका) छन् । जसको हृदयमा टेढोपन र रोग छ, तिनीहरू उत्पात मचाउन (शंका उत्पन्न गर्न र मानिसहरूलाई पथभ्रष्ट पार्न ) मुतशाबिह- अनेकार्थ रहेका आयतहरूको पछि लाग्दछन् र मनपरी ढंगले ती आयतहरूको व्याख्या गर्छन् । वास्तवमा, यसको वास्तविक अर्थ अल्लाहबाहेक कसैलाई थाहा छैन । जुन मानिसहरू ठोस र गहिरो ज्ञान राख्दछन् भन्दछन्– हामीले यस पूरै कुर्आनमाथि ईमान ल्यायौं, किनभने यी सबै हाम्रा पालनकर्ताको तर्फबाट हुन् । र वास्तवमा बुद्धिमानहरूले मात्र उपदेश ग्रहण गर्छन् ।} [आलि-इमरान३: ७], आइशा (रजियल्लाहु अन्हा) भन्नुहुन्छ: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जब तिमीले ती मानिसहरूलाई देख्छौ जसले कुरानका मुतशाबिह (अनेकार्थ रहेका) आयतहरूलाई पछ्याउँछन् , तब(बुझ्नु कि) ती नै ती व्यक्तिहरू हुन् जसको बारेमा अल्लाहले नाम लिएर चेतावनी दिएका छन्, त्यसैले तिनीहरूबाट सावधान रहनु।"
सही मुत्तफकुन अलैहि
अत्यन्त हत्या र धेरै व्यभिचार गरेका केही मूर्तिपूजकहरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सामु आए र भने: तपाईंले इस्लाम र यसका शिक्षाहरूको सन्दर्भमा जुन कुराको तर्फ बोलाउदै हुनुहुन्छ त्यो धेरै राम्रो कुरा हो, तर अहिलेसम्म शिर्क र अन्य ठूला पापहरूमा संलग्न भएको व्यक्तिका लागि कुनै प्रायश्चित छ ? । त्यसपछि अल्लाहले यी उत्कृष्ट आयतहरू अवतरण गर्नुभयो: "र, जसले अल्लाहका साथ अन्य कसैलाई उपास्य भन्दैनन' अल्लाहले वर्जित गरेका कुनै जीवको अनाहक हत्या गर्दनन, न व्यभिचार गर्छन्।" [अल्-फुर्कान : ६८] "(हे पैगम्बर!) मेरा सेवकहरू मध्ये जसले आफूमाथि अन्याय गरेका छन् तिनीहरूलाई भन, अल्लाहको दयाबाट निराश नहोऊ ।" [अज्जुमर: ५३]
सही मुत्तफकुन अलैहि
"सूर्य आफ्नो अस्ताउने स्थानबाट नउदाएसम्म महाप्रलय हुने छैन । र जब मानिसहरूले सूर्यलाई अस्ताउने स्थानबाट उदाइरहेको देख्नेछन्, तब सबैले ईमान (आस्था) स्वीकार्ने छन्। यसै बखत बारे अल्लाहले भन्नुभएको छ: "त्यस दिन ईमान स्वीकार्न ले पहिले ईमान स्वीकार नगरेको वा ईमान स्वीकार गरी पुण्यकर्म नगरेको व्यक्तिलाई कुनै लाभ दिनेछैन ।[कुरआनः अल-अन्आम - ६ : १५८], र कयामत (महाप्रलय) को दिन यति छिट्टै आउनेछ, कि दुई जना मानिस कपडा किनबेच गरिरहेका हुनेछन्, तर त्यसलाई किन्न वा बेच्न र पट्याउन पाउनेछैनन्। र कयामत यसरी एक्कासि आउनेछ कि एक जना मानिस आफ्नो ऊँटनीको दूध निकालेर फर्किरहेको हुनेछ, तर त्यो दूध पिउन सक्ने छैन। र महाप्रलयको दिन यसरी अकस्मात् आउनेछ कि एक जना मानिसले आफ्नो इनारलाई माटोले लिपेर तयार पारिरहेको हुन्छ, तर त्यसबाट पानी खान सक्ने छैन । र प्रलयको दिन यसरी एकाएक आउनेछ, कि मानिसले खाना आफ्नो मुखतिर उठाउनेछ तर त्यो गास खान सक्नेछैन।"
सही मुत्तफकुन अलैहि
"मृत्युलाई सेतो र कालो भेडा को रूपमा ल्याइनेछ ।" तब एक पुकार्नेले पुकार्नेछ: हे स्वर्गवासीहरू हो! तिनीहरूले आफ्नो घाँटी र टाउको उठाएर हेर्नेछन् । पुकार्नेले भन्नेछ: के तिमीहरूले यस( भेडा)लाई चिन्छौ? तिनीहरूले जवाफ दिनेछन्: हो! यो मृत्यु हो र सबैले यसलाई देखेको हुन्छन् । तब उद्घोषकले पुकार्नेछ: हे नरकवासीहरू! तिनीहरूले आफ्नो घाँटी र टाउको उठाएर हेर्नेछन् । पुकार्नेले भन्नेछ: के तिमीले यसलाई चिन्छौ? तिनीहरूले जवाफ दिनेछन्: हो! यो मृत्यु हो र सबैले यसलाई देखेको हुन्छन् । त्यसपछि यो भेडा (मृत्यु) लाई वध गरिनेछ र उद्घोषकले पुकार्नेछ: हे स्वर्गवासीहरू! तिमीहरु सधैं स्वर्गमा बस, अब मृत्यु आउदैन र हे नरकवासीहरू! तिमीहरू सधैं नरकमै बस, अब मृत्यु आउदैन । त्यसपछि उहाँले यो (कुरआनको) आयत पढ्नुभयो : {तिनीहरूलाई पश्चातापको दिनको चेतावनी दिनुहोस्, जब फैसला भइसकेको हुनेछ र तिनीहरू अचेत अवस्थामा हुनेछन् ।} [सूरह मर्यम : ३९] अर्थात् यिनीहरु लापरवाहीमा छन् { र ईमान स्वीकार्ने छैनन् } । [सूरह मर्यम : ३९]
सही मुत्तफकुन अलैहि