Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

5 of 683 cards

Clear filters
अनस बिन मलिक (रजियल्लाहु अन्हु) ले हामीलाई बताउनुभयो कि एक व्यक्तिले सोधे: हे अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम)! कसरी काफिर (अविश्वासी) लाई न्यायको दिन अनुहार द्वारा घस्रन लाएर जम्मा गरिनेछ? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " जसले यस संसारमा उसलाई खुट्टा द्वारा हिँड्न सक्षम बनायो, के उसले क्यामतको दिनमा उसलाई अनुहार द्वारा हिँडाउन सक्दैन? " कतादाहले भने: हाम्रो परमेश्वरको महानताको कसम ! अवश्य नै (उहाँ त्यसो गर्न सक्षम हुनुहुन्छ)।
सही मुत्तफकुन अलैहि
मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधें, अल्लाहको नजरमा सबैभन्दा ठूलो पाप कुन हो? उहाँले भन्नुभयो: "अल्लाहको सहभागी ठहर गर्नु जबकि उहाँले नै तिम्रो सृष्टि गर्नुभएको हो ।" मैले सोधेँ, त्यस पछि कुन हो ? उहाँले भन्नुभयो: "तिर्मो सन्तानले तिमीसँगै खाने डरले उसको हत्या गर्नु ।" मैले सोधेँ, त्यस पछि कुन हो ? उहाँले भन्नुभयो: "आफ्नो छिमेकीकी पत्नीसँग जि़ना (व्यभिचार) गर्नु ।"
सही मुत्तफकुन अलैहि
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सवारीमा पछाडि बसिरहेको मुआजलाई भन्नुभयो: "हे मुआज!" उनले जवाफ दिए: हे अल्लाहको रसूल! म हाजिर छु । उहाँले भन्नुभयो: "हे मुआज!" उनले जवाफ दिए: हे अल्लाहको रसूल! म हाजिर छु । उहाँले तीन पटक यसरी बोल्नुभयो र त्यसपछि उहाँले भन्नुभयो: " जसले अल्लाह बाहेक कोही साँचो ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका दास र दूत हुन् भनी साँचो हृदयले गवाही दिन्छ, अल्लाहले उसको लागि नरक निषेध गर्नुहुनेछ । उनले भने: हे अल्लाहको रसूल! के म अरूलाई यसको जानकारी दिऊ ताकि तिनीहरू खुसी होउन्? उहाँले भन्नुभयो: "त्यसो गर्दा तिनीहरू यसैमा भर पर्नेछन् ।" तर मुआज (रजियल्लाहु अन्हु) ले यो हदीस आफ्नो मृत्युको समयमा (ज्ञान लुकाउने) पापबाट बच्नको लागि सुनाए ।
सही मुत्तफकुन अलैहि
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) म कहाँ आउनुभयो र मैले मेरो सामान राखिने सानो कपाटलाई जीवित प्राणीहरूको तस्बिर भएको पर्दाले ढाकेको थिएँ । उहाँले त्यो पर्दालाई हेर्ने बित्तिकै तान्नु भयो र उहाँको अनुहारको रंग नै रिसले परिवर्तन भयो र भन्नुभयो: "हे आइशा! न्यायको दिन सबैभन्दा कठोर सजाय ती मानिसहरूलाई दिइनेछ जो अल्लाहको सृष्टि कार्यमा तुलना गर्न चाहन्छन् ।" आइशा (रजि.) ले भन्नुभयो: "त्यसपछि हामीले त्यसलाई काट्यौं र त्यसबाट एक वा दुईवटा तकिया (सिरानी) बनायौं।"
सही मुत्तफकुन अलैहि
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई "हुदैबिया" भन्ने ठाउँ मा फजरको नमाज पढाउनु भयो र त्यस अघिल्लो रात वर्षा भएको थियो । नमाज पढे पछि मानिसहरूतर्फ फर्किएर भन्नुभयो: " तिमीहरुलाई थाहा छ, तिमीहरुको प्रभुले के भन्नुभएको छ?" तिनीहरूले भने अल्लाह र उहाँका रसूल लाई राम्ररी ज्ञान छ, उहाँले भन्नुभयो: "मेरा भक्तहरू मध्ये केही मोमिन (ममा विश्वास गर्ने) र अर्को काफिर (अविश्वासी) भएको छन् । जसले भन्छ: अल्लाहको कृपा र दयाले वर्षा भएको हो, उसले ममा विश्वास गर्‍यो र नक्षत्रलाई इन्कार गर्‍यो र जसले भन्छ: ग्रह र नक्षत्रले गर्दा वर्षा भएको हो, उसले नक्षत्रमा विश्वास गर्‍यो र म माथि अविश्वास गर्‍यो ।"
सही मुत्तफकुन अलैहि