Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

47 of 683 cards

Clear filters
जसले अज़ान सुनेपछि भन्छ: اللَّهُمَّ رَبَّ هَذِهِ الدَّعْوَةِ التَّامَّةِ، وَالصَّلاَةِ القَائِمَةِ، آتِ مُحَمَّدًا الوَسِيلَةَ وَالفَضِيلَةَ، وَابْعَثْهُ مَقَامًا مَحْمُودًا الَّذِي وَعَدْتَهُ (हे अल्लाह! यस सम्पूर्ण आह्वान र स्थिर प्रार्थनाका मालिक, रसूल अलैहि व सल्लम) लाई वसीला (जन्नतमा सबै भन्दा ऊँच्च स्थान) र श्रेष्ठतम दर्जा प्रदान गर्नुहोस् र उहाँलाई त्यो प्रशंसनीय स्थान दिनुहोस् जुन तपाईंले उहाँलाई वाचा गर्नुभएको हो)। "कयामतको दिन उसको लागि मेरो सिफारिश अनिवार्य हुनेछ।"
सही बुखारीले वर्णन गरेका छन्
“के तिमीहरूलाई थाहा छ, (वास्तविक) ‘गरिब’ (मुफ्लिस) को हो?” सहाबाहरूले उत्तर दिए: “हाम्रो विचारमा गरिब त्यो व्यक्ति हो, जोसँग न रुपैयाँ-पैसा (दिर्हम) हुन्छ न त कुनै भौतिक सम्पत्ति।” यो सुनेर उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “मेरो समुदाय (उम्मत) को वास्तविक गरिब त्यो व्यक्ति हो, जो न्यायको दिन (कियामतका दिन) नमाज, रोजा र जकात जस्ता थुप्रै पुण्य कर्महरू लिएर उपस्थित हुनेछ। तर, उसले कसैलाई गाली गरेको हुनेछ, कसैमाथि व्यभिचारको झूटा आरोप लगाएको हुनेछ, कसैको सम्पत्ति (अवैध रूपमा) खाएको हुनेछ, कसैको हत्या गरेको हुनेछ र कसैलाई कुटेको हुनेछ। परिमाण स्वरूप, उसको पुण्यहरू बाट केही यस पीडितलाई दिइनेछ भने केही त्यस पीडितलाई बाँडिनेछ। यदि पीडितहरूको हक पूरा हुनुअघि नै उसका पुण्य कर्महरू सकिए भने, ती पीडितहरूका पापहरू उसमाथि थुपारिनेछ र अन्ततः उसलाई नर्कमा फालिनेछ।”
सही मुस्लिमले वर्णन गरेका छन्
"मेरो जलाशय (ताल) को दायरा एक महिना (यात्रा) को दूरी बराबर हुनेछ । यसको पानी दूध भन्दा सेतो र यसको सुगन्ध कस्तुरी भन्दा उत्तम हुनेछ र यहाँ राखिएका (पानी खाने) कचौराहरू आकाशका ताराहरू जस्तै हुनेछन् । जसले यसको पानी पिउनेछ, उसलाई कहिल्यै तिर्खा लाग्ने छैन ।"
सही मुत्तफकुन अलैहि
“जहाँसम्म दिन र रात पुग्छन्, त्यहाँसम्म यो धर्म अवश्य पुग्नेछ। अल्लाहले कुनै पनि कच्चा वा पक्का घर (सहर, नगर र गाउँ) बाँकी राख्नुहुने छैन, जहाँ यो धर्म प्रवेश गर्नेछैन; चाहे सम्मानका साथ होस् वा अपमानका साथ। अल्लाहले इस्लामद्वारा सम्मान प्रदान गर्नुहुनेछ र कुफ्रद्वारा अपमानित गर्नुहुनेछ।” तमीम अल-दारी (रजियल्लाहु अन्हु) भन्नुहुन्थ्यो: “मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को यो कथनको सत्यता आफ्नै परिवारका सदस्यहरूमा देखेको छु। तिनीहरूमध्ये जो मुस्लिम भए, उनीहरूले भलाई, सम्मान र इज्जत पाए; र जो काफिर रहे, उनीहरूले अपमान, तिरस्कार र जिजिया भोग्नुपर्यो।”
सही अहमदले वर्णन गरेका छन्
“हामीलाई अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, उहाँले सत्य बोल्नुहुन्छ र उहाँको भनाइ पूर्णतः सत्य हुन्छ: "तिमीहरू हरेकको सृष्टि उसको आमाको गर्भमा चालीस दिन र चालीस रात सम्म वीर्यको रूपमा जम्मा गरिन्छ, त्यसपछि अर्को ४० दिनसम्म बाक्लो र जमेको रगतको रूप लिन्छ । त्यस पछि अर्को ४० दिनमा मासुको डल्लोको रूप लिन्छ । त्यसपछि अल्लाहले एउटा फरिशता पठाउनुहुन्छ जसले अल्लाहको आदेश अनुसार त्यो व्यक्तिको जीविका, उमेर, कर्म र राम्रो वा नराम्रो हुनु बारे लेख्छ र त्यसपछि उसले त्यसमा रूह (आत्मा) हाल्छ । एक व्यक्तिले जीवनभर स्वर्गवासीहरूको कर्म गर्छ र जब उसको र स्वर्गको बीचमा एक हातको दूरी हुन्छ, त्यतिखेर उसको भाग्य उसमाथि हावी हुन्छ, र ऊ नर्कवासीहरूको कर्म गरेर नर्कमा प्रवेश गर्दछ । त्यसैगरी एक व्यक्तिले जीवनभर नर्कवासीको कर्म गर्छ र जब उसको र नर्कको बीचमा एक हातको दुरी रहन्छ तब उसको भाग्य उसमाथि हावी हुन्छ र ऊ स्वर्गवासीको कर्म गरेर स्वर्गमा प्रवेश गर्दछ ।"
सही बुखारी र मुस्लिमले वर्णन गरेका छन्
"जब जनाजा (मृतक शव) लाई राखिन्छ र मानिसहरूले त्यसलाई आफ्नो काँधमा उठाउँछन्, तब यदि मृतक धर्मपरायण र सदाचारी थियो भने, त्यसले भन्छ: 'मलाई चाँडै अगाडि बढाऊ।' तर यदि त्यो सदाचारी थिएन भने, त्यसले भन्छ: 'हाय! मेरो विनाश! उनीहरू मलाई कहाँ लैजाँदैछन्?' मानिस बाहेक प्रत्येक प्राणीले त्यसको आवाज सुन्छ; र यदि मानिसले पनि त्यो आवाज सुन्थ्यो भने, ऊ निश्चय नै बेहोस भएर ढल्ने थियो।"
सही बुखारीले वर्णन गरेका छन्
"जसले गवाही दिन्छ, अल्लाह बाहेक कोही सत्य ईश्वर छैन, उहाँ एक्लो हुनुहुन्छ र उहाँको कोही साझेदार छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) उहाँका भक्त र रसूल हुनुहुन्छ र ईसा (अलैहिस्सलाम) उहाँका सेवक, दूत र उहाँको वचन (द्वारा सृष्टित) हुन् र उहाँ तर्फबाट पठाइएको एक रूह (आत्मा) हुन् जुन उहाँले मरियमतर्फ पठाउनुभयो र स्वर्ग तथा नरक सत्य हो। (जसले यो सबैको गवाही दिन्छ) अल्लाहले उसलाई उसले गरेका सत्कर्म अनुसार स्वर्गमा प्रवेश गराउनुहुनेछ ।"
सही मुत्तफकुन अलैहि