عربي - Arabic English Qafár af - Afar Afrikaans - Afrikanns Akan Shqip - Albanian አማርኛ - Amharic Հայերեն - Armenian অসমীয়া - Assamese Azərbaycanca - Azerbaijani Bamanankan - Bambara Bassa Bemba বাংলা - Bengali Bosanski - Bosnian Български - Bulgarian မြန်မာဘာသာ - Burmese Bisaya - Cebuano Cham Нохчий - Chechen chiCheŵa - Chewa 中文 - Chinese Адыгэбзэ - Circassian Hrvatski - Croatian Česky - Czech Dagbani Dansk - Danish فارسی دری - Dari Dendi ދިވެހި ބަސް - Dhivehi Nederlands - Dutch إستوني - Estonian Suomi - Finnish Français - French Fulfulde - Fula ქართული - Georgian Deutsch - German Ελληνικά - Greek ગુજરાતી - Gujrati Kreyòl ayisyen - Haitian Creole Hausa हिन्दी - Hindi Magyar - Hungarian Igbo Indonesia - Indonesian Italiano - Italian 日本語 - Japanese Jóola - Jola ಕನ್ನಡ - Kannada Қазақша - Kazakh ភាសាខ្មែរ - Khmer Kikuyu Ikinyarwanda - Kinyarwanda Ikirundi - Kirundi 한국어 - Korean كوردی سۆرانی - kurdish كوردي kurmancî - Kurmanji Kyrgyz ລາວ - Lao latviešu - Latvian Lingala lietuvių - Lithuanian Luganda Македонски - Macedonian Maguindanaon Malagasy - Malagasy Bahasa Melayu - Malay മലയാളം - Malayalam Mandinka मराठी - Marathi Mõõré - Moore नेपाली - Nepali أنكو - NKo Norwegian ଓଡ଼ିଆ - Odia oromoo - Oromo پښتو - Pashto فارسی - Persian Polski - Polish Portuguese ਪੰਜਾਬੀ - Punjabi Română - Romanian Русский - Russian Српски - Serbian Shona සිංහල - Sinhala Slovenščina - Slovenian Soomaaliga - Somali Soninke Sesotho - Sotho Español - Spanish Kiswahili - Swahili Svenska - Swedish Tagalog Тоҷикӣ - Tajik தமிழ் - Tamil తెలుగు - Telugu ไทย - Thai ትግረኛ - Tigrinya Türkçe - Turkish Ukrainian اردو - Urdu ئۇيغۇرچە - Uyghur Ўзбек - Uzbek Việt Nam - Vietnamese Wolof Yao Yorùbá - Yoruba Zarma زولو - Zulu
683 Hadiths
Encyclopedia of Prophetic Hadiths
Categories
Grading
Narrated in
Narrator
Show all narrators (27)
“जहाँसम्म दिन र रात पुग्छन्, त्यहाँसम्म यो धर्म अवश्य पुग्नेछ। अल्लाहले कुनै पनि कच्चा वा पक्का घर (सहर, नगर र गाउँ) बाँकी राख्नुहुने छैन, जहाँ यो धर्म प्रवेश गर्नेछैन; चाहे सम्मानका साथ होस् वा अपमानका साथ। अल्लाहले इस्लामद्वारा सम्मान प्रदान गर्नुहुनेछ र कुफ्रद्वारा अपमानित गर्नुहुनेछ।”
तमीम अल-दारी (रजियल्लाहु अन्हु) भन्नुहुन्थ्यो: “मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को यो कथनको सत्यता आफ्नै परिवारका सदस्यहरूमा देखेको छु। तिनीहरूमध्ये जो मुस्लिम भए, उनीहरूले भलाई, सम्मान र इज्जत पाए; र जो काफिर रहे, उनीहरूले अपमान, तिरस्कार र जिजिया भोग्नुपर्यो।”
सही अहमदले वर्णन गरेका छन्
“हामीलाई अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, उहाँले सत्य बोल्नुहुन्छ र उहाँको भनाइ पूर्णतः सत्य हुन्छ: "तिमीहरू हरेकको सृष्टि उसको आमाको गर्भमा चालीस दिन र चालीस रात सम्म वीर्यको रूपमा जम्मा गरिन्छ, त्यसपछि अर्को ४० दिनसम्म बाक्लो र जमेको रगतको रूप लिन्छ । त्यस पछि अर्को ४० दिनमा मासुको डल्लोको रूप लिन्छ । त्यसपछि अल्लाहले एउटा फरिशता पठाउनुहुन्छ जसले अल्लाहको आदेश अनुसार त्यो व्यक्तिको जीविका, उमेर, कर्म र राम्रो वा नराम्रो हुनु बारे लेख्छ र त्यसपछि उसले त्यसमा रूह (आत्मा) हाल्छ । एक व्यक्तिले जीवनभर स्वर्गवासीहरूको कर्म गर्छ र जब उसको र स्वर्गको बीचमा एक हातको दूरी हुन्छ, त्यतिखेर उसको भाग्य उसमाथि हावी हुन्छ, र ऊ नर्कवासीहरूको कर्म गरेर नर्कमा प्रवेश गर्दछ । त्यसैगरी एक व्यक्तिले जीवनभर नर्कवासीको कर्म गर्छ र जब उसको र नर्कको बीचमा एक हातको दुरी रहन्छ तब उसको भाग्य उसमाथि हावी हुन्छ र ऊ स्वर्गवासीको कर्म गरेर स्वर्गमा प्रवेश गर्दछ ।"
सही बुखारी र मुस्लिमले वर्णन गरेका छन्
"जब जनाजा (मृतक शव) लाई राखिन्छ र मानिसहरूले त्यसलाई आफ्नो काँधमा उठाउँछन्, तब यदि मृतक धर्मपरायण र सदाचारी थियो भने, त्यसले भन्छ: 'मलाई चाँडै अगाडि बढाऊ।' तर यदि त्यो सदाचारी थिएन भने, त्यसले भन्छ: 'हाय! मेरो विनाश! उनीहरू मलाई कहाँ लैजाँदैछन्?' मानिस बाहेक प्रत्येक प्राणीले त्यसको आवाज सुन्छ; र यदि मानिसले पनि त्यो आवाज सुन्थ्यो भने, ऊ निश्चय नै बेहोस भएर ढल्ने थियो।"
सही बुखारीले वर्णन गरेका छन्
"जसले गवाही दिन्छ, अल्लाह बाहेक कोही सत्य ईश्वर छैन, उहाँ एक्लो हुनुहुन्छ र उहाँको कोही साझेदार छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) उहाँका भक्त र रसूल हुनुहुन्छ र ईसा (अलैहिस्सलाम) उहाँका सेवक, दूत र उहाँको वचन (द्वारा सृष्टित) हुन् र उहाँ तर्फबाट पठाइएको एक रूह (आत्मा) हुन् जुन उहाँले मरियमतर्फ पठाउनुभयो र स्वर्ग तथा नरक सत्य हो। (जसले यो सबैको गवाही दिन्छ) अल्लाहले उसलाई उसले गरेका सत्कर्म अनुसार स्वर्गमा प्रवेश गराउनुहुनेछ ।"
सही मुत्तफकुन अलैहि