Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

44 of 683 cards

Clear filters
“जब मुसलमानलाई कब्रमा प्रश्न गरिनेछ, तब उसले यसरी उत्तर दिनेछ : 'अल्लाहबाहेक कुनै सत्य उपास्य छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुनुहुन्छ।' यही अर्थ निम्न कुरआनको आयतले पनि व्यक्त गरेको छ : ‘अल्लाहले आस्थावान्हरूलाई दृढ वचनद्वारा सांसारिक जीवन र परलोक दुवैमा दृढता प्रदान गर्नुहुन्छ।’ (इब्राहीम: २७)”
सही मुत्तफकुन अलैहि
"अल्लाहले पृथ्वीलाई आफ्नो मुट्ठीमा समात्नु हुनेछ र आकाशहरूलाई आफ्नो दाहिने हातमा बेर्नु हुनेछ। त्यसपछि उहाँले भन्नुहुनेछ: "म अल-मलिक (सर्वोच्च राजा) हुँ, पृथ्वीका राजाहरू कहाँ छन् ?"
सही मुत्तफकुन अलैहि
"क़यामत तबसम्म आउँदैन जबसम्म समय एकदम छोटो हुँदैन। त्यसबेला, एक वर्ष महिनाजस्तो लाग्नेछ, एक महिना हप्ताजस्तो, एक हप्ता दिनजस्तो, एक दिन घण्टाजस्तो बितेको महसुस हुन्छ र एक घण्टा यति तीव्र गतिमा बित्नेछ, जसरी खजुरको पात एकैछिनमा जलेर भस्म हुन्छ।"
सही अहमदले वर्णन गरेका छन्
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एउटा घटना उल्लेख गर्नुभयो र भन्नुभयो: "यो त्यस समय हुनेछ जब ज्ञान हराउनेछ ।" मैले भने: हे अल्लाहको रसूल! ज्ञान कसरी हराउनेछ, जब हामी कुर्आन पढ्दैछौं, आफ्ना सन्तानलाई पढाउँदैछौं र हाम्रा सन्तानले यसरी प्रलयको दिनसम्म आफ्ना सन्तानलाई पढाइरहनेछन्? उहाँले भन्यो: "हे जियाद! तिम्री आमा तिम्रो लागि रोऊन् ! तिमी मलाई मदिनाको बुद्धिमान व्यक्तिहरु मध्ये लाग्थ्यो। के यी यहूदी र ईसाईहरूले तौरात र इन्जील पढ्दैनन्? तर तिनीहरूले त्यसको पालना गर्दैनन्!"।
सही लेगैरेही इब्ने माजहले वर्णन गरेका छन्
"जब तपाइँले मुअज्जिनले अजान दिइरहेको सुन्नुहुन्छ, उसले भने जस्तै शब्दहरू भन्नुहोस् । त्यसपछि ममाथि दरूद पठाउनुहोस् । किनकि जसले ममाथि एक पटक दरूद पठाउँछ, अल्लाहले ऊमाथि १० पटक दरूद पठाउनु हुन्छ । त्यसपछि मेरो लागि वसीलह माग्नुहोस् । वास्तवमा, वसीला स्वर्गमा एक स्थान हो, जुन अल्लाहका सेवकहरूमध्ये एकले मात्र पाउनेछ र मलाई आशा छ त्यो सेवक म हुनेछु । त्यसैले, जसले मेरो लागि वसीला माग्छ, उसको लागि मेरो शफाअत (सिफारिस) अनिवार्य हुनेछ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
जसले अज़ान सुनेपछि भन्छ: اللَّهُمَّ رَبَّ هَذِهِ الدَّعْوَةِ التَّامَّةِ، وَالصَّلاَةِ القَائِمَةِ، آتِ مُحَمَّدًا الوَسِيلَةَ وَالفَضِيلَةَ، وَابْعَثْهُ مَقَامًا مَحْمُودًا الَّذِي وَعَدْتَهُ (हे अल्लाह! यस सम्पूर्ण आह्वान र स्थिर प्रार्थनाका मालिक, रसूल अलैहि व सल्लम) लाई वसीला (जन्नतमा सबै भन्दा ऊँच्च स्थान) र श्रेष्ठतम दर्जा प्रदान गर्नुहोस् र उहाँलाई त्यो प्रशंसनीय स्थान दिनुहोस् जुन तपाईंले उहाँलाई वाचा गर्नुभएको हो)। "कयामतको दिन उसको लागि मेरो सिफारिश अनिवार्य हुनेछ।"
सही बुखारीले वर्णन गरेका छन्
“के तिमीहरूलाई थाहा छ, (वास्तविक) ‘गरिब’ (मुफ्लिस) को हो?” सहाबाहरूले उत्तर दिए: “हाम्रो विचारमा गरिब त्यो व्यक्ति हो, जोसँग न रुपैयाँ-पैसा (दिर्हम) हुन्छ न त कुनै भौतिक सम्पत्ति।” यो सुनेर उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “मेरो समुदाय (उम्मत) को वास्तविक गरिब त्यो व्यक्ति हो, जो न्यायको दिन (कियामतका दिन) नमाज, रोजा र जकात जस्ता थुप्रै पुण्य कर्महरू लिएर उपस्थित हुनेछ। तर, उसले कसैलाई गाली गरेको हुनेछ, कसैमाथि व्यभिचारको झूटा आरोप लगाएको हुनेछ, कसैको सम्पत्ति (अवैध रूपमा) खाएको हुनेछ, कसैको हत्या गरेको हुनेछ र कसैलाई कुटेको हुनेछ। परिमाण स्वरूप, उसको पुण्यहरू बाट केही यस पीडितलाई दिइनेछ भने केही त्यस पीडितलाई बाँडिनेछ। यदि पीडितहरूको हक पूरा हुनुअघि नै उसका पुण्य कर्महरू सकिए भने, ती पीडितहरूका पापहरू उसमाथि थुपारिनेछ र अन्ततः उसलाई नर्कमा फालिनेछ।”
सही मुस्लिमले वर्णन गरेका छन्
"मेरो जलाशय (ताल) को दायरा एक महिना (यात्रा) को दूरी बराबर हुनेछ । यसको पानी दूध भन्दा सेतो र यसको सुगन्ध कस्तुरी भन्दा उत्तम हुनेछ र यहाँ राखिएका (पानी खाने) कचौराहरू आकाशका ताराहरू जस्तै हुनेछन् । जसले यसको पानी पिउनेछ, उसलाई कहिल्यै तिर्खा लाग्ने छैन ।"
सही मुत्तफकुन अलैहि