Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

11 of 683 cards

Clear filters
"मैले जुन कुराबाट तिमीहरूलाई रोकेको छु, त्यसबाट टाढा रहनू र जुन कुराको आदेश दिएको छु, त्यसलाई आफ्नो सामर्थ्यअनुसार पूरा गर्नू। किनभने तिमीहरूभन्दा अघिका समुदायहरू नबीहरूसँग अत्यधिक प्रश्न गर्ने र मतभेद राख्ने कारणले नै नष्ट भएका थिए।"
सही बुखारी र मुस्लिमले वर्णन गरेका छन्
"तिमीहरूमध्ये सबैभन्दा उत्कृष्ट मेरो पुस्ता हो। त्यसपछि उनीहरू पछिका पुस्ता, अनि त्यसपछि उनीहरू पछिका पुस्ता हुन्।" इमरान (रजिअल्लाहु अन्हु) ले भन्नुहुन्छ: "मलाई थाहा छैन, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यसपछि दुई पुस्ताको उल्लेख गर्नुभयो कि तीन पुस्ताको।" तत्पश्चात् नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "निश्चय नै तिमीहरूपछि यस्ता मानिसहरू आउनेछन्, जसले विश्वासघात गर्नेछन् र उनीहरूलाई विश्वासयोग्य ठानिनेछैन। उनीहरूलाई साक्षी दिन नबोलाइए पनि आफैँ साक्षी दिन अघि सर्नेछन्। उनीहरू भाकल गर्नेछन् तर त्यसलाई पूरा गर्नेछैनन् र उनीहरूमा मोटोपन व्यापक रूपमा देखा पर्नेछ।"
सही मुत्तफकुन अलैहि
हामी नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग मस्जिदमा बसिरहेका थियौं, एकजना व्यक्ति ऊँटमा सवार भएर मस्जिदमा प्रवेश गर्यो र उसले आफ्नो ऊँटलाई मस्जिदमा बसायो र बाँधेर सोध्यो: तिमीहरु मध्ये मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को हुनुहुन्छ ? उहाँ आफ्ना साथीहरूसंग बसिरहनु भएको थियो । हामीले भन्यौं: यो अडेस लगाउनु भएको गोरो मान्छे उहाँ नै हुनुहुन्छ । उसले उहाँलाई सम्बोधन गर्यो : हे अब्दुल मुत्तालिबको छोरा ! नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उसलाई भन्नुभयो: " हजुर, प्रश्न गर्नुहोस् म जवाफ दिनेछु ।" उसले रसूललाई भन्यो म तपाईंसँग केही प्रश्नहरू सोध्न जाँदैछु र म ती प्रश्नहरू प्रति कडा हुनेछु। त्यसैले आफ्नो हृदयमा मप्रति केही नराख्नु होला । उहाँले भन्नुभयो: "केही छैन, तिमीलाई जे मन लाग्छ सोध !" उसले सोध्यो: म तपाईंलाई तपाईंको र तपाईं भन्दा पहिले मानिसहरूको पालनकर्ताको कसम खुवाएर सोध्न चाहन्छु: के अल्लाहले तपाईलाई सम्पूर्ण मानव जातिको लागि पठाउनुभएको हो ? उहाँले भन्नुभयो: "हो, अल्लाह साक्षी हुनुहुन्छ ।" त्यसपछि उसले सोध्यो: म अल्लाहको कसम खुवाएर सोध्दैछु, के अल्लाहले तपाईंलाई दिन र रातमा पाँच पटक नमाज पढ्न आदेश दिनुभएको हो? उहाँले भन्नुभयो: "हो, अल्लाह साक्षी हुनुहुन्छ ।" त्यसपछि उसले भन्यो: म अल्लाहको कसम खुवाएर सोध्दैछु, के अल्लाहले रमजानमा उपवास बस्न आदेश दिनुभएको हो? उहाँले भन्नुभयो: "हो, अल्लाह साक्षी हुनुहुन्छ ।" तब उसले भन्यो: म अल्लाहको कसम खुवाएर सोध्दैछु, के अल्लाहले तपाईंलाई धनीहरूबाट दान लिएर गरिबहरूमा बाँड्न आदेश दिनुभएको हो ? उहाँले भन्नुभयो: "हो, अल्लाह साक्षी हुनुहुन्छ।" तब उसले भन्यो: अब म तपाईंले ल्याउनुभएको धर्ममा विश्वास गर्छु । मैले इस्लाम ल्याए र म मेरो समुदायको प्रतिनिधि हुँ । मेरो नाम जमाम बिन षाल्बा हो र म साद बिन बकर जनजाति को भाई हुँ ।
सही मुत्तफकुन अलैहि