Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

26 of 683 cards

Clear filters
"अल्लाहले जसलाई जनताको सेवा गर्ने जिम्मेवारी सुम्पिनु हुन्छ र उसले आफ्नो प्रजालाई धोका दिइरहेको अवस्थामा जब ऊ मर्छ, अल्लाहले उसको लागि स्वर्ग निषेध गर्नुहुन्छ ।"
सही मुत्तफकुन अलैहि
जब अबु तालिबको मृत्युको समय नजिक आयो, तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) उनीकहाँ जानुभयो । त्यहाँ अबु जहल र अब्दुल्लाह बिन अबु उमैया बिन मुगिरा पहिलादेखि उपस्थित थिए । उहाँले अबु तालिब सगँ भन्नुभयो: ”हे काका, तपाईं 'ला इलाहा इल्लाल्लाह' भन्नुहोस्, म अल्लाहको दरबारमा यसलाई तपाईको लागि प्रमाणको रूपमा पेश गर्नेछु ।" यो सुनेर अबु जहल र अब्दुल्लाह बिन अबु उमैयाले भने: के तपाईं अब्दुल मुत्तलिबको धर्मलाई छोड्नु हुन्छ? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बारम्बार कल्मा (ला इलाहा इल्लाल्लाह) पढ्न अनुरोध गरिरहनु भयो र यी दुवैले उनलाई रोक्न खोजिरहे । अन्ततः अबु तालिबले म अब्दुल मुतालिबको धर्ममा अडिग रहनेछु भनेर घोषणा गरे र ‘ला इलाह इल्लल्लाह’ लाई भन्न अस्वीकार गर्नुभयो। हदीस वाचकले भन्छन्: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले (काकाको जवाफ सुनेर) भन्नुभयो: "अल्लाहको कसम मलाई मनाही नगरिएसम्म म तपाईंको लागि क्षमा माग्नेछु।” तब अल्लाहले यो आयत अवतरण गर्नुभयो: “नबी र आस्थावानहरूले बहुदेववादीहरूका लागि क्षमा माग्नु उपयुक्त छैन,चाहे तिनीहरू आफ्ना नजिकका आफन्त नै किन नहुन् ।” [अत-तौबा: ११३], र अल्लाहले अबु तालिबको बारेमा यो आयत अवतरण गर्नुभयो: “तिमी जसलाई माया गर्छौ, उसलाई मार्गदर्शन गर्न सक्दैनौ, तर अल्लाह जसलाई चाहनुहुन्छ मार्गदर्शन गर्नुहुन्छ ।” [अल कसस: ५६]
सही मुत्तफकुन अलैहि
"हरेक दिन जब सूर्य उदाउँछ, मानिसको हरेक जोर्नी माथि सदका (दान) को हक हुन्छ। दुई व्यक्तिबीच न्याय गर्नु सदका हो, कुनै व्यक्तिलाई उसको सवारीमा सवार हुन वा उसको सामान त्यसमा राखिदिएर सहयोग गर्नु सदका हो, राम्रो वचन बोल्नु सदका हो, नमाजका लागि चालिने हरेक कदम सदका हो रबाटोबाट हानिकारक वस्तु हटाउनु पनि सदका हो।"
सही बुखारी र मुस्लिमले वर्णन गरेका छन्
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मक्काको विजयको दिन मानिसहरूलाई सम्बोधन गर्नुभयो: " हे मानिसहरू! अल्लाहले तिमीहरूबाट जाहिलियतको घमण्ड र पुर्खाहरूको अहंकार गर्ने प्रवृत्तिलाई हटाउनुभएको छ । मानिसहरू दुई प्रकारका मात्र छन्: एक निष्ठावान, जुन अल्लाहको नजरमा एकदमै प्रिय छ र अर्को दुष्ट, जुन अल्लाहको नजरमा अभागी र नीच छ । सबै मानिसहरू आदमका सन्तान हुन् र आदमलाई अल्लाहले माटोबाट सृष्टि गर्नुभएको हो । अल्लाहले भन्नुभएको छ: "हे मानव! हामीले तिमीहरूलाई एक पुरुष र एक नारीबाट सृष्टि गर्यौ र विभिन्न जाति र वंशहरूमा विभाजन गर्यौं, ताकि तिमीहरूले एकअर्कालाई जान्न सक । अल्लाहको दृष्‍टिमा सबैभन्दा उत्कृष्ट व्‍यक्‍ति त्यो हो, जो तिमीहरूमध्ये सबैभन्दा धेरै ईशभय राख्छ । निस्सन्देह अल्लाह सर्वज्ञ हुनुहुन्छ ।" [अल् हुजुरातः १३]
सही तिर्मीजी र इब्ने हिब्बानले वर्णन गरेका छन्
"अल्लाहले तोकेको (निषेध र वर्जित कार्यहरुको) सिमानाको पालना गर्ने र त्यसको उल्लङ्घन गर्नेहरूको उदाहरण एउटै डुङ्गामा यात्रा गरिरहेका मानिसहरूजस्तै हो, जसमा ति सबैले चिट्ठा हालेर डुङ्गामा आ-आफ्नो स्थान निर्धारण गरे, जसमध्ये केही मानिसहरूले डुङ्गाको माथिल्लो भागमा र केहीले तल्लो भागमा स्थान पाए। तल्लो भागमा रहेकाहरूले पानी लिन माथिल्लो भाग भएर जानुपर्थ्यो, त्यसैले उनीहरूले सोचे - हामीले आफ्नै भागमा प्वाल किन नबनाउने? ताकि माथिल्लो भागमा रहेकाहरूलाई कुनै असुविधा नहोस् । अब यदि माथिल्लो भागमा बस्नेहरूले तल्लो भागमा रहेकालाई तिनीहरूले सोचे अनुसार प्वाल गर्न दिए भने सबै नाश हुनेछन् र तर यदि उनीहरूले तल्लो भागका मानिसहरूको हात समातेर (त्यस्तो गर्न नदिए) रोके भने, आफूहरूसहित सबै सुरक्षित रहनेछन् ।"
सही बुखारीले वर्णन गरेका छन्
"मबाट प्राप्त सन्देश अरूलाई सुनाउ, चाहे त्यो केवल एक पद किन नहोस् । र "बनू इस्राएल" ( नबी मोसेसको समूदाय ) मार्फत जे ज्ञान प्राप्त हुन्छ त्यो पनि धक नमानिकन बयान गर ।र जसले जानाजानी मेरो बारेमा झूटो बोल्छ, उसले आफ्नो घर नरकमा बनाओस् ।"
सही बुखारीले वर्णन गरेका छन्
"(तिमीहरूले मरो निधनपछी) स्वार्थपरायणताका मामिलाहरू देख्नेछौ, जुन तिमीहरूलाई नराम्रो महसुस हुनेछ ।" साथीहरूले भने: हे अल्लाहको रसूल! त्यसोभए हामीलाई के गर्न आदेश दिनुहुन्छ? उहाँले भन्नुभयो: "तिमीहरूले आफ्नो जिम्मेवारी पूरा गर र अल्लाहसँग आफ्नो अधिकार माग ।"
सही मुत्तफकुन अलैहि
हामी नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग मस्जिदमा बसिरहेका थियौं, एकजना व्यक्ति ऊँटमा सवार भएर मस्जिदमा प्रवेश गर्यो र उसले आफ्नो ऊँटलाई मस्जिदमा बसायो र बाँधेर सोध्यो: तिमीहरु मध्ये मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को हुनुहुन्छ ? उहाँ आफ्ना साथीहरूसंग बसिरहनु भएको थियो । हामीले भन्यौं: यो अडेस लगाउनु भएको गोरो मान्छे उहाँ नै हुनुहुन्छ । उसले उहाँलाई सम्बोधन गर्यो : हे अब्दुल मुत्तालिबको छोरा ! नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उसलाई भन्नुभयो: " हजुर, प्रश्न गर्नुहोस् म जवाफ दिनेछु ।" उसले रसूललाई भन्यो म तपाईंसँग केही प्रश्नहरू सोध्न जाँदैछु र म ती प्रश्नहरू प्रति कडा हुनेछु। त्यसैले आफ्नो हृदयमा मप्रति केही नराख्नु होला । उहाँले भन्नुभयो: "केही छैन, तिमीलाई जे मन लाग्छ सोध !" उसले सोध्यो: म तपाईंलाई तपाईंको र तपाईं भन्दा पहिले मानिसहरूको पालनकर्ताको कसम खुवाएर सोध्न चाहन्छु: के अल्लाहले तपाईलाई सम्पूर्ण मानव जातिको लागि पठाउनुभएको हो ? उहाँले भन्नुभयो: "हो, अल्लाह साक्षी हुनुहुन्छ ।" त्यसपछि उसले सोध्यो: म अल्लाहको कसम खुवाएर सोध्दैछु, के अल्लाहले तपाईंलाई दिन र रातमा पाँच पटक नमाज पढ्न आदेश दिनुभएको हो? उहाँले भन्नुभयो: "हो, अल्लाह साक्षी हुनुहुन्छ ।" त्यसपछि उसले भन्यो: म अल्लाहको कसम खुवाएर सोध्दैछु, के अल्लाहले रमजानमा उपवास बस्न आदेश दिनुभएको हो? उहाँले भन्नुभयो: "हो, अल्लाह साक्षी हुनुहुन्छ ।" तब उसले भन्यो: म अल्लाहको कसम खुवाएर सोध्दैछु, के अल्लाहले तपाईंलाई धनीहरूबाट दान लिएर गरिबहरूमा बाँड्न आदेश दिनुभएको हो ? उहाँले भन्नुभयो: "हो, अल्लाह साक्षी हुनुहुन्छ।" तब उसले भन्यो: अब म तपाईंले ल्याउनुभएको धर्ममा विश्वास गर्छु । मैले इस्लाम ल्याए र म मेरो समुदायको प्रतिनिधि हुँ । मेरो नाम जमाम बिन षाल्बा हो र म साद बिन बकर जनजाति को भाई हुँ ।
सही मुत्तफकुन अलैहि