Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

12 of 683 cards

Clear filters
"जब कुनै भक्त बिरामी हुन्छ वा यात्रा गर्दछ भने, उसको लागि घरमा बसेको बेला र स्वस्थ हुँदा गरेको उपासना बराबर प्रतिफल लेखिन्छ ।"
सही बुखारीले वर्णन गरेका छन्
“तिमीहरू सबै जिम्मेवार छौँ र प्रत्येकलाई उस्को जिम्मेवारीबारे सोधिनेछ । शासक, जसले मानिसहरूको नेतृत्व गर्छ, ऊ जिम्मेवार छ र उसलाई उसको प्रजाबारे सोधिनेछ । पुरुष आफ्नो घरपरिवारको जिम्मेवार छ र उससँग उसको मातहतको बारेमा सोधिनेछ । महिला आफ्नो पतिको घर र सन्तानको जिम्मेवार छिन् र उसलाई तिनीहरूको बारेमा सोधिनेछ । सेवक आफ्नो मालिकको सम्पत्तिको जिम्मेवार छ र उसलाई त्यसको बारेमा सोधिनेछ ।सचेत रहनुहोस्! तिमीहरु सबै जिम्मेवार छौँ र प्रत्येकले आफ्ना अधीनस्थहरूको बारेमा जवाफ दिनुपर्नेछ।"
सही मुत्तफकुन अलैहि
हामीले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम)सँग यो शर्तमा शपथ लिएका थियौं (प्रतिबद्धता) गरेका थियौं की हामी हरेक अवस्थामा—कठिनाईमा होस् या सहजतामा, खुशीमा होस् या दुःखमा—उहाँको हुकुमलाई सुनौं र मानौं, चाहेvहाम्रै विरुद्ध भए तापनि हामी अधिकारका वास्तविक हकदारसँग झगडा गर्नेछैनौ । हामी जहाँ भए पनि सत्यको कुरा गर्नेछौं, र अल्लाहको मार्गमा कुनै दोषारोपण गर्नेहरूको डर राख्ने छैनौं।
सही मुत्तफकुन अलैहि
"मानिसको शरीरको हरेक जोर्नीमा एक दानको हक लाग्छ। प्रत्येक दिन, जब सूर्य उदाउँछ, दुई जनाबीच न्याय गर्नुले दानको रूपमा गनिन्छ। कुनै मानिसलाई उसको सवारीमा चढ्न मद्दत गर्नु या उसलाई सामान उठाएर राख्न सहयोग गर्नु पनि दान हो। राम्रो शब्द बोल्नु दान हो। नमाजतर्फ उठाइएको हरेक पाइला दान हो। अनि बाटोबाट हानिकारक चीज हटाउनु पनि दान हो।"
सही मुत्तफकुन अलैहि
"अल्लाहले जसलाई जनताको सेवा गर्ने जिम्मेवारी सुम्पिनु हुन्छ र उसले आफ्नो प्रजालाई धोका दिइरहेको अवस्थामा जब ऊ मर्छ, अल्लाहले उसको लागि स्वर्ग निषेध गर्नुहुन्छ ।"
सही मुत्तफकुन अलैहि
जब अबु तालिबको मृत्युको समय नजिक आयो, तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) उनीकहाँ जानुभयो । त्यहाँ अबु जहल र अब्दुल्लाह बिन अबु उमैया बिन मुगिरा पहिलादेखि उपस्थित थिए । उहाँले अबु तालिब सगँ भन्नुभयो: ”हे काका, तपाईं 'ला इलाहा इल्लाल्लाह' भन्नुहोस्, म अल्लाहको दरबारमा यसलाई तपाईको लागि प्रमाणको रूपमा पेश गर्नेछु ।" यो सुनेर अबु जहल र अब्दुल्लाह बिन अबु उमैयाले भने: के तपाईं अब्दुल मुत्तलिबको धर्मलाई छोड्नु हुन्छ? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बारम्बार कल्मा (ला इलाहा इल्लाल्लाह) पढ्न अनुरोध गरिरहनु भयो र यी दुवैले उनलाई रोक्न खोजिरहे । अन्ततः अबु तालिबले म अब्दुल मुतालिबको धर्ममा अडिग रहनेछु भनेर घोषणा गरे र ‘ला इलाह इल्लल्लाह’ लाई भन्न अस्वीकार गर्नुभयो। हदीस वाचकले भन्छन्: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले (काकाको जवाफ सुनेर) भन्नुभयो: "अल्लाहको कसम मलाई मनाही नगरिएसम्म म तपाईंको लागि क्षमा माग्नेछु।” तब अल्लाहले यो आयत अवतरण गर्नुभयो: “नबी र आस्थावानहरूले बहुदेववादीहरूका लागि क्षमा माग्नु उपयुक्त छैन,चाहे तिनीहरू आफ्ना नजिकका आफन्त नै किन नहुन् ।” [अत-तौबा: ११३], र अल्लाहले अबु तालिबको बारेमा यो आयत अवतरण गर्नुभयो: “तिमी जसलाई माया गर्छौ, उसलाई मार्गदर्शन गर्न सक्दैनौ, तर अल्लाह जसलाई चाहनुहुन्छ मार्गदर्शन गर्नुहुन्छ ।” [अल कसस: ५६]
सही मुत्तफकुन अलैहि
"हरेक दिन जब सूर्य उदाउँछ, मानिसको हरेक जोर्नी माथि सदका (दान) को हक हुन्छ। दुई व्यक्तिबीच न्याय गर्नु सदका हो, कुनै व्यक्तिलाई उसको सवारीमा सवार हुन वा उसको सामान त्यसमा राखिदिएर सहयोग गर्नु सदका हो, राम्रो वचन बोल्नु सदका हो, नमाजका लागि चालिने हरेक कदम सदका हो रबाटोबाट हानिकारक वस्तु हटाउनु पनि सदका हो।"
सही बुखारी र मुस्लिमले वर्णन गरेका छन्
"अल्लाहले तोकेको (निषेध र वर्जित कार्यहरुको) सिमानाको पालना गर्ने र त्यसको उल्लङ्घन गर्नेहरूको उदाहरण एउटै डुङ्गामा यात्रा गरिरहेका मानिसहरूजस्तै हो, जसमा ति सबैले चिट्ठा हालेर डुङ्गामा आ-आफ्नो स्थान निर्धारण गरे, जसमध्ये केही मानिसहरूले डुङ्गाको माथिल्लो भागमा र केहीले तल्लो भागमा स्थान पाए। तल्लो भागमा रहेकाहरूले पानी लिन माथिल्लो भाग भएर जानुपर्थ्यो, त्यसैले उनीहरूले सोचे - हामीले आफ्नै भागमा प्वाल किन नबनाउने? ताकि माथिल्लो भागमा रहेकाहरूलाई कुनै असुविधा नहोस् । अब यदि माथिल्लो भागमा बस्नेहरूले तल्लो भागमा रहेकालाई तिनीहरूले सोचे अनुसार प्वाल गर्न दिए भने सबै नाश हुनेछन् र तर यदि उनीहरूले तल्लो भागका मानिसहरूको हात समातेर (त्यस्तो गर्न नदिए) रोके भने, आफूहरूसहित सबै सुरक्षित रहनेछन् ।"
सही बुखारीले वर्णन गरेका छन्