Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

17 of 683 cards

Clear filters
"निश्चय नै अल्लाहलाई "गैरत" (अर्थात् उहाँलाई आफ्नो सम्मान, आदेश र हराम कुराहरूको उल्लङ्घन प्रिय हुँदैन) हुन्छ र मुमिनलाई पनि गैरत हुन्छ। अल्लाहको गैरत भनेको मोमिनले उहाँले निषेध गरेका कार्यहरूमा संलग्न हुँदा प्रकट हुन्छ।"
सही मुत्तफकुन अलैहि
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का केही साथीहरू आएर उहाँलाई सोधे: हाम्रो मनमा यस्ता गम्भीर नराम्रो कुराहरू आउँछन् जुन कुनै पनि मानिसले व्यक्त गर्न हिच्किचाउँछ । उहाँले सोध्नुभयो: "के वास्तवमा तिमीहरु मनमा यस्ता कुराहरू उत्पन्न हुन्छन्?" तिनीहरूले भने: हो, उहाँले भन्नुभयो: "यो नै स्पष्ट आस्थाको प्रतीक हो ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"शैतान तिमीहरु मध्ये कसै कहाँ आउँछ र भन्छ: यो कसले सृष्टि गर्यो ? र यो कसले रचना गर्यो ? यो क्रम चलिरहन्छ यहाँ सम्म उसले सोध्न थाल्छ : तिम्रो रब (पालनकर्ता) लाई कसले सृष्टि गर्यो ? यस्तो कुरा दिमागमा आउन साथ शैतानको उपद्रोबाट अल्लाहको शरण लिनुपर्छ र यस्त खराब विचार त्याग्नु पर्छ" ।
सही मुत्तफकुन अलैहि
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "अल्लाह भन्नुहुन्छ: जसले मेरो वली (मुमिन भक्त) सँग शत्रुता राख्छ, म उसको विरुद्ध युद्धको घोषणा गर्दछु । मेरो दासले मेरो निकटता प्राप्त गर्ने कर्महरू मध्ये मलाई सबैभन्दा बढी मन पर्ने फर्जहरु हुन् । मेरो भक्तले नफिलद्वारा मेरो नजिक हुने प्रयास गरिरहन्छ, यहाँसम्म म उसलाई माया गर्न थाल्छु । जब म उसलाई माया गर्छु म उसको कान बन्छु, जसबाट उसले सुन्दछ । म उसको आँखा बन्छु, जसबाट उसले देख्दछ । म उसको हात बन्छु, जसले ऊ समात्छ र म उसको खुट्टा बन्छु, जसले ऊ हिँड्छ । यदि उसले मसँग माग्यो भने म उसलाई दिन्छु र उसले शरण माग्यो भने म उसलाई शरण दिन्छु । म आफ्नो मुमिनको ज्यान लिनमा जति संकोच गर्छु, त्यति संकोच मैले गर्ने कुनै अरु कुरामा गर्दिनँ । किनभने उसलाई मृत्यु मन पर्दैन र मलाई उसलाई दुःख दिन मन पर्दैन ।"
सही बुखारीले वर्णन गरेका छन्
"तिमीहरू मध्यमार्ग र सही बाटो अपनाऊ । जानि राख, तिमीहरूमध्ये कोही पनि आफ्नो कर्मले मुक्ति पाउन सक्दैनौ।" सहाबाहरूले सोधे: "हे रसूल! तपाईँ पनि होइन?" उहाँले भन्नुभयो: "म पनि होइन, तर अल्लाहले मलाई आफ्नो रहमत र कृपाले ढाक्नुभएको छ।"
सही मुत्तफकुन अलैहि
"सर्वशक्तिमान् अल्लाह भन्नुहुन्छ: म सबै साझेदारहरूको शिर्क (साझेदारी) बाट निस्पृह छु । जसले कुनै धर्मक्रिया गर्छ र त्यसलाई म बाहेक अरू कसैको निमित्त गरि शिर्क गर्दछ, म उसलाई र उसको शिर्कलाई अस्वीकार गर्दछु ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"अल्लाहले तिम्रो रूप र धनलाई हेर्नुहुन्न, तर तिम्रो हृदय र कर्महरूलाई हेर्नुहुन्छ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"अल्लाहले भन्नुहुन्छ : जसले मेरो 'वली' (असल भक्त) प्रति शत्रुता राख्छ, म उसकै विरुद्ध युद्धको घोषणा गर्छु। मेरा भक्तहरूले मेरो सामीप्य प्राप्त गर्ने कार्यहरूमध्ये, मैले उनीहरूमाथि अनिवार्य (फर्ज) गरेका कार्यहरू नै मलाई सबैभन्दा प्रिय छन्। जब मेरो भक्त थप 'नफ़ील' (स्वैच्छिक उपासना) मार्फत मेरो नजिक हुने प्रयास गर्छ, तब म उसलाई माया गर्न थाल्छु। जब म उसलाई माया गर्छु, म उसको कान (को रक्षा गर्छु) जसबाट ऊ (मलाई प्रसन्न पार्ने कुरा) सुन्छ; म उसको आँखा (को रक्षा गर्छु) जसबाट ऊ (मलाई प्रसन्न पार्ने कुरा) देख्छ; म उसको हात (को रक्षा गर्छु) जसबाट ऊ (मलाई प्रसन्न पार्ने कुरा) पक्रन्छ; र म उसको पाइलाहरू (को रक्षा गर्छु) जसबाट ऊ (मलाई प्रसन्न पार्ने कुराको लागि) हिँड्छ। यदि उसले मसँग माग्छ भने, म उसलाई अवश्य दिन्छु; र यदि उसले मसँग शरण माग्छ भने, म उसलाई अवश्य शरण दिन्छु।"
सही बुखारीले वर्णन गरेका छन्