Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

5 of 683 cards

Clear filters
मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो: "अल्लाहले भन्नुभयो: हे आदमको सन्तान! जबसम्म तिमी मलाई पुकारिरहन्छौ र आशा राख्छौ, तिम्रा पापहरू जतिसुकै भए पनि म क्षमा गरिरहनेछु र मलाई त्यसको परवाह छैन । हे आदमको सन्तान! यदि तिम्रो पाप आकाश जत्तिकै अग्लो भए पनि र तिमीले मसँग माफी माग्यौ भने म तिमीलाई माफी दिनेछु र मलाई त्यसको परवाह छैन । हे आदमको सन्तान! यदि तिमी मकहाँ पृथ्वी बराबर पाप लिएर आयौ र तिमीले मसँग कसैलाई शिर्क (बहुईश्वरवाद) गरेका छैनौ भने म तिमीकहाँ पृथ्वी बराबरको क्षमा लिएर आउनेछु ।"
हसन तिर्मीजीले वर्णन गरेका छन्
नबी (सल्लल्लाहु अलैहि वसल्लम) मस्जिदमा प्रवेश गर्दा यो दुआ पढ्नुहुन्थ्यो: ‘अऊजु बिल्लाहिल्-अजीम्, व बिवज्हिहिल्-करीम्, व सुल्तानिहिल्-कदीम्, मिनश्-शैतानिर्रजीम्’ (अर्थ: "म महान अल्लाह, उहाँको सम्मानित अनुहार र उहाँको शाश्वत सत्ताको माध्यमबाट धिक्कारिएको शैतान विरुद्ध शरण चाहन्छु।")। उहाँले सोध्नुभयो: "के यति नै हो?" मैले भनेँ: "हो।" उहाँले भन्नुभयो: "जब कोही (मस्जिदमा प्रवेश गर्दा) यो दुआ पढ्छ, शैतानले भन्छ: ‘यो व्यक्ति आज पूरा दिन मबाट सुरक्षित भयो’।"
हसन अबू दाऊदले वर्णन गरेका छन्
एक व्यक्ति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र उसले कुनै विषयको बारेमा कुरा गर्यो र भन्यो: अल्लाह र तपाईले जे चाहनुहुन्छ त्यही हुनेछ । यो सुनेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "के तिमीले मलाई अल्लाहको बराबर ठहर गरेको छौ?" बरु यसो भन्नु: अल्लाहले मात्र जे चाहनुहुन्छ (त्यही हुन्छ) ।"
यसको सनद हसन हो رواه ابن ماجه والنسائي في الكبرى وأحمد
"अल्लाहले मेरो उम्मत (समुदाय) का लागि अज्ञानता र बिर्सिएर गरिएका गल्तीहरू तथा जोर-जबरजस्ती गरेर गर्न लगाइएका निषेध कार्यहरू क्षमा गरिदिनुभएको छ।"
इमाम नववीले भनेका छन्ः हसन हदीस इब्ने माजा, बैहकी तथा अन्यले रिवायत गरेका छन्
नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ केही मानिसहरू आए। उहाँले नौ जनाबाट बैअत (वचनबद्धता) लिनुभयो तर एक जनाबाट लिनुभएन। त्यसैले उनीहरूले सोधे: "हे अल्लाहका रसूल! हजुरले नौ जनाबाट वचनबद्धता लिनुभयो र एक जनाबाट लिनुभएन!" उहाँले जवाफ दिनुभयो: "उसले तावीज लगाएको छ।" त्यसपछि त्यो मानिसले आफ्नो हात भित्र हाल्यो र तावीजलाई चुँडाएर फ्याँकिदियो । अनि उहाँले उसबाट पनि बैअत लिनुभयो र भन्नुभयो: "जसले तावीज झुण्ड्याउँछ, उसले शिर्क गर्छ ।"
हसन अहमदले वर्णन गरेका छन्