Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

13 of 683 cards

Clear filters
"निश्चय नै अल्लाहलाई "गैरत" (अर्थात् उहाँलाई आफ्नो सम्मान, आदेश र हराम कुराहरूको उल्लङ्घन प्रिय हुँदैन) हुन्छ र मुमिनलाई पनि गैरत हुन्छ। अल्लाहको गैरत भनेको मोमिनले उहाँले निषेध गरेका कार्यहरूमा संलग्न हुँदा प्रकट हुन्छ।"
सही मुत्तफकुन अलैहि
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का केही साथीहरू आएर उहाँलाई सोधे: हाम्रो मनमा यस्ता गम्भीर नराम्रो कुराहरू आउँछन् जुन कुनै पनि मानिसले व्यक्त गर्न हिच्किचाउँछ । उहाँले सोध्नुभयो: "के वास्तवमा तिमीहरु मनमा यस्ता कुराहरू उत्पन्न हुन्छन्?" तिनीहरूले भने: हो, उहाँले भन्नुभयो: "यो नै स्पष्ट आस्थाको प्रतीक हो ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"शैतान तिमीहरु मध्ये कसै कहाँ आउँछ र भन्छ: यो कसले सृष्टि गर्यो ? र यो कसले रचना गर्यो ? यो क्रम चलिरहन्छ यहाँ सम्म उसले सोध्न थाल्छ : तिम्रो रब (पालनकर्ता) लाई कसले सृष्टि गर्यो ? यस्तो कुरा दिमागमा आउन साथ शैतानको उपद्रोबाट अल्लाहको शरण लिनुपर्छ र यस्त खराब विचार त्याग्नु पर्छ" ।
सही मुत्तफकुन अलैहि
"तिमीहरू मध्यमार्ग र सही बाटो अपनाऊ । जानि राख, तिमीहरूमध्ये कोही पनि आफ्नो कर्मले मुक्ति पाउन सक्दैनौ।" सहाबाहरूले सोधे: "हे रसूल! तपाईँ पनि होइन?" उहाँले भन्नुभयो: "म पनि होइन, तर अल्लाहले मलाई आफ्नो रहमत र कृपाले ढाक्नुभएको छ।"
सही मुत्तफकुन अलैहि
"सर्वशक्तिमान् अल्लाह भन्नुहुन्छ: म सबै साझेदारहरूको शिर्क (साझेदारी) बाट निस्पृह छु । जसले कुनै धर्मक्रिया गर्छ र त्यसलाई म बाहेक अरू कसैको निमित्त गरि शिर्क गर्दछ, म उसलाई र उसको शिर्कलाई अस्वीकार गर्दछु ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"अल्लाहले तिम्रो रूप र धनलाई हेर्नुहुन्न, तर तिम्रो हृदय र कर्महरूलाई हेर्नुहुन्छ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा बसिरहेका थियौँ, जहाँ अबू बक्र र उमर (रदियल्लाहु अन्हुमा) सहित केही अन्य साथीहरू पनि उपस्थित थिए। त्यत्तिकैमा उहाँ हाम्रो बीचबाट उठेर कतै जानुभयो। उहाँ फर्किन निकै बेर भएपछि हामी चिन्तित भयौँ—कतै उहाँ एक्लै हुँदा (शत्रुहरूले) कुनै हानि त पुऱ्याएनन्? यो डरले हामी सबैजना आत्तियौँ र उहाँको खोजीमा निस्कियौँ। सबैभन्दा पहिले म आत्तिएर उहाँलाई खोज्दै हिँडेँ। खोज्दै जाँदा म अन्सारहरूको ‘बनू नज्जार’ गोत्रको एउटा बगैँचासम्म पुगेँ। भित्र पस्ने ढोका कतै भेटिन्छ कि भनेर मैले बगैँचाको चारैतिर हेरेँ, तर कुनै बाटो पाइनँ। त्यहीँ बाहिरको इनारबाट बगैँचाभित्र पानी गइरहेको एउटा सानो कुलो (रबीअ्) देखेँ—र रबीअ् भनेको सानो कुलो हो। म कुनै फ्याउरोझैँ खुम्चिएर त्यही कुलोको बाटो हुँदै भित्र पसेँ र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भएठाउँ पुगेँ। उहाँले भन्नुभयो, "अबू हुरैरा हौ?" मैले उत्तर दिएँ, "हजुर, हे अल्लाहका रसूल!" उहाँले सोध्नुभयो, "के भयो?" मैले भनेँ, "तपाईँ हाम्रो बीचबाट उठेर आउनुभयो, तर फर्किन ढिलो भएपछि तपाईँलाई कतै केही भइहाल्यो कि भन्ने डरले हामी आत्तियौँ। सबैभन्दा पहिला आत्तिएर खोज्न निस्किने म नै थिएँ। त्यसैले बगैँचाको कुलोबाट खुम्चिँदै यहाँसम्म आइपुगेँ र अरू साथीहरू पनि मेरो पछिपछि खोज्दै छन्।" उहाँले आफ्ना जुत्ताहरू मलाई दिँदै भन्नुभयो, "हे अबू हुरैरा! मेरा यी जुत्ताहरू लिएर जाऊ। यस बगैँचाबाहिर तिमीले जसलाई भेट्छौ, यदि उसले साँचो मन र पूर्ण विश्वासका साथ 'अल्लाहबाहेक अरू कोही पूज्य छैन' भनी गवाही दिन्छ भने उसलाई स्वर्गको शुभ समाचार सुनाइदेऊ।" बगैँचाबाट बाहिर निस्कँदा मलाई भेट्ने पहिलो व्यक्ति उमर (रदियल्लाहु अन्हु) थिए। उनले सोधे, "हे अबू हुरैरा! यी जुत्ताहरू कस्ता हुन्?" मैले भनेँ, "यी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का जुत्ता हुन्। उहाँले मलाई यी दिएर पठाउनुभएको हो, ताकि जसले हृदयदेखि विश्वास गरेर पूर्ण निष्ठाका साथ 'अल्लाहबाहेक कोही पूज्य छैन' भनी गवाही दिन्छ, उसलाई म जन्नतको शुभ समाचार सुनाउन सकूँ।" यो सुन्नासाथ उमरले मेरो छातीमा हातले धकेले र म पछाडि भुइँमा उत्तानो परेर लडेँ। अनि उनले भने, "हे अबू हुरैरा! फर्केर जाऊ।" म आँखाभरि आँसु लिएर पुनः रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ फर्किएँ। मेरो पछिपछि उमर पनि आइपुगे। तब अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "अबू हुरैरा, तिमीलाई के भयो?" मैले भनेँ, "मैले बाहिर उमरलाई भेटेर तपाईँको सन्देश सुनाएँ, तर उनले मलाई छातीमा यसरी धकेले कि म भुइँमा लडेँ र उनले मलाई फर्किन भने।" तब अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "हे उमर! तिमीलाई यस्तो गर्न कुन कुराले बाध्य पार्यो?" उनले भने, "हे अल्लाहका रसूल! मेरा बुबाआमा तपाईंका लागि समर्पित होऊन्। के तपाईँले नै अबू हुरैरालाई जुत्ता दिएर, निष्ठापूर्वक गवाही दिने जोकसैलाई जन्नतको सुसमाचार सुनाउन पठाउनुभएको हो?" उहाँले भन्नुभयो, "हो।" उमरले भने, "हे अल्लाहका रसूल, त्यसो नगर्नुहोस्! मलाई डर छ, यो सुनेर मानिसहरू यसै कुरामा भर परेर सत्कर्म गर्न छोड्नेछन्। त्यसैले उनीहरूलाई कर्ममै लागिरहन दिनुहोस्।" रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनको कुरा स्वीकार गर्दै भन्नुभयो, "हुन्छ, उनीहरूलाई (कर्म गर्न) छोडिदेऊ।""
सही मुस्लिमले वर्णन गरेका छन्
"हे मानिसहरू! अल्लाह पवित्र हुनुहुन्छ र केवल पवित्र कुरा मात्र स्वीकार गर्नुहुन्छ। अल्लाहले विश्वासीहरूलाई त्यही आदेश दिनुभएको छ जुन उहाँले दूतहरूलाई दिनुभएको थियो। उहाँले भन्नुभएको छ: "हे रसूल (सन्देशवाहक) हरू! पवित्र कुरा खानुहोस् र सत्कर्म गर्नुहोस्, निश्चय नै, तिमीहरूले जे गर्छौ, म त्यस बारे पूर्ण ज्ञाता छु।" आर्को ठाउँमा भन्नुभएको छ: "हे आस्थावान् हरू! हामीले तिमीहरूलाई प्रदान गरेका पवित्र कुराहरूमध्ये खाऊ।" (अल-बकरा: १७२) त्यसपछि, उहाँले एक यस्तो व्यक्तिको बारेमा बताउनुभयो, जो लामो यात्रामा हुन्छ, उसको कपाल अस्तव्यस्त हुन्छ र शरीर धुलाम्मे हुन्छ। उसले आकाशतर्फ हात उठाएर भन्छ: "हे मेरो प्रभु! हे मेरो प्रभु!" तर उसको खानपान हराम (अवैध,वर्जित कुरा) छ, उसको पिउने वस्तु हराम छ, उसको वस्त्र हराम छ र उसको पोषण नै हरामबाट भएको छ भने यस्तो अवस्थामा उसको प्रार्थना कसरी स्वीकार हुन सक्छ?"
सही मुस्लिमले वर्णन गरेका छन्