Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

104 of 683 cards

Clear filters
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले क़ज़ा (अर्थात् टाउकोका केही भागमा मात्रै कपाल मुण्डन गर्ने) निषेध गर्नुभएको छ ।
सही मुत्तफकुन अलैहि
“एकअर्कालाई ईर्ष्या नगर्नुहोस्, छलकपट नगर्नुहोस्, घृणा नगर्नुहोस्, एकआपसमा पिठ्यूँ नफर्काउनुहोस् र एकअर्काको व्यापारमा छल नगर्नुहोस् (वा एउटाको किनबेचमा माथी अर्को किनबेच नगर्नुहोस्। सबैजना अल्लाहका भक्त बनी दाजुभाइझैं हुनुहोस्। मुस्लिम मुस्लिमको दाजुभाई हो; उसले उसमाथि अन्याय गर्दैन, बेसाहारा छोड्दैन र तुच्छ ठान्दैन। उहाँले आफ्नो छातीतिर तीन पटक इशारा गर्दै भन्नुभयो : तक्वा अर्थात् ईशभय/निष्ठा यहाँ हुन्छ। कुनै पनि व्यक्तिलाई खराब हुनका लागि यति नै पर्याप्त छ, उसले आफ्ना मुस्लिम भाइलाई तुच्छ ठानोस्। हरेक मुस्लिमको रगत, सम्पत्ति र इज्जत अर्को मुस्लिममाथि पूर्ण रूपमा निषेधित/ हराम छ।"
सही मुस्लिमले वर्णन गरेका छन्
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सवारीमा पछाडि बसिरहेको मुआजलाई भन्नुभयो: "हे मुआज!" उनले जवाफ दिए: हे अल्लाहको रसूल! म हाजिर छु । उहाँले भन्नुभयो: "हे मुआज!" उनले जवाफ दिए: हे अल्लाहको रसूल! म हाजिर छु । उहाँले तीन पटक यसरी बोल्नुभयो र त्यसपछि उहाँले भन्नुभयो: " जसले अल्लाह बाहेक कोही साँचो ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका दास र दूत हुन् भनी साँचो हृदयले गवाही दिन्छ, अल्लाहले उसको लागि नरक निषेध गर्नुहुनेछ । उनले भने: हे अल्लाहको रसूल! के म अरूलाई यसको जानकारी दिऊ ताकि तिनीहरू खुसी होउन्? उहाँले भन्नुभयो: "त्यसो गर्दा तिनीहरू यसैमा भर पर्नेछन् ।" तर मुआज (रजियल्लाहु अन्हु) ले यो हदीस आफ्नो मृत्युको समयमा (ज्ञान लुकाउने) पापबाट बच्नको लागि सुनाए ।
सही मुत्तफकुन अलैहि
“अल्लाहले (प्रलयको दिन) त्यस व्यक्तिलाई कृपाले हेर्नुहुने छैन, जसले अहङ्कार र घमण्डवश आफ्नो वस्त्र भुइँमा घिसार्दै हिँड्दछ।”
सही मुत्तफकुन अलैहि
“कुनै मान्छेको लागी आफ्नो भाइसँग तीन दिनभन्दा बढी बोलचाल बन्द राख्न जायज छैन । दुबै एक अर्कालाई भेट्छन् तर अर्कोतिर मुख फर्काएर बस्छन भने दुई मध्ये सबैभन्दा राम्रो त्यो हो जसले सलाम गर्नमा पहल गर्छ ।"
सही मुत्तफकुन अलैहि
एकजना मानिस नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र भन्यो: मेरो सवारी मरेको छ, त्यसैले मलाई सवारीको लागि एउटा जनावर दिनुहोस् । उहाँले भन्नुभयो: "मसँग कुनै जनावर छैन ।" यो सुनेर एक व्यक्तिले भने: हे अल्लाहका रसूल ! म उसलाई एक व्यक्तिको बारेमा बताउन सक्छु, जसले उसलाई सवारी दिनेछ । त्यसैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जसले राम्रो कामको मार्गदर्शन गर्दछ, उसलाई त्यो कर्म गर्ने व्यक्ति बराबर पुण्य दिइनेछ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"अल्लाहको नजरमा सबैभन्दा घृणित व्यक्ति त्यो हो जो अत्यन्त झगडालु र सधैं विवादमा रहन्छ ।"
सही मुत्तफकुन अलैहि
"त्यो व्यक्ति अपमानित होस्, त्यो व्यक्ति अपमानित होस्, त्यो व्यक्ति अपमानित होस्।" सोधियो: "को? हे अल्लाहका रसूल?" उहाँले भन्नुभयो: "जसले आफ्ना आमाबुबा दुवैलाई वा तीमध्ये एकलाई बुढेसकालमा पाउँछ, तर (उनीहरूको सेवा गरेर) स्वर्गमा प्रवेश गर्दैन।"
सही मुस्लिमले वर्णन गरेका छन्