Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

104 of 683 cards

Clear filters
"तिमीहरूलाई थाहा छ गीबत [चुक्ली] भनेको के हो?" साथीहरूले भने: अल्लाह र उनका रसूल राम्ररी जान्दछन् । उहाँले भन्नुभयो: "तिमीले आफ्नो भाइको बारेमा उसलाई मन नपर्ने कुरा गर्नु।" साहबाले सोधे: हामीले भनेको कुरा यदि साँचो हो भने के त्यो पनि चुक्ली हुन्छ? उहाँले भन्नुभयो: "तिमीले भनेको कुरा यदि साँचो हो भने तिमीले उसको गीबत (चुक्ली) गर्यौ र यदि यो नभएको कुरा काट्येउ भने तिमीले उसलाई झुटो आरोप लगायौ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"दया र नरमपनाले हर कुरालाई सुन्दर बनाउँछ र यसलाई हटाइयो भने कुरूप र दोषपूर्ण बनाउँछ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
म एउटा बच्चा थिएँ र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को हेरचाहमा थिएँ । मेरो हात (खाँदै गर्दा) भाँडोमा यताउता घुमिरहेको थियो, त्यसैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई भन्नुभयो: " ए बाबु! बिस्मिल्लाह पढ, आफ्नो दाहिने हातले खाऊ र आफ्नो अगाडिबाट खाऊ ।" त्यसपछि म सधैं त्यही निर्देशन अनुसार खाना खाने गर्थें ।
सही मुत्तफकुन अलैहि
“एक मुस्लिमको अर्को मुस्लिममाथि छ वटा अधिकार छन्।” सोधियो: “हे अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम)! ती अधिकारहरू के-के हुन्?” उहाँले भन्नुभयो: “जब तिमी उसलाई भेट्दछौ, तब उसलाई सलाम गर; जब उसले तिमीलाई निम्तो दिन्छ, तब उसको निमन्त्रणा स्वीकार गर; जब उसले तिमीसँग सल्लाह माग्दछ, तब उसलाई उत्तम सल्लाह देऊ; जब उसले हाच्छिउँ गरेर ‘अल्हम्दुलिल्लाह’ (सबै प्रशंसा अल्लाहका लागि हो) भन्दछ, तब उसको जवाफमा ‘यरहमुकल्लाह’ (अल्लाहले तिमीमाथि कृपा गरून्) भन; जब ऊ बिरामी हुन्छ, तब उसलाई भेट्न (कुशलमंगल सोध्न) जाऊ; र जब उसको निधन हुन्छ, तब उसको जनाजामा सहभागी होऊ।”
सही मुस्लिमले वर्णन गरेका छन्
"जो कोहीले मेरो तर्फबाट यस्तो हदीस सुनाउँछ, जसलाई ऊ झूट भएको ठान्दछ (अर्थात् झूट हो भन्ने थाहा हुँदाहुँदै पनि वर्णन गर्छ), त्यस्तो व्यक्ति स्वयं पनि झूट बोल्नेहरूमध्ये एक ठहरिन्छ।”
सही मुस्लिमले आफ्नो भूमिकामा वर्णन गरेका छन्
"निश्चय नै अल्लाहले हरेक कुरामा सद्भावना (इह्सान) अनिवार्य गर्नुभएको छ। त्यसैले जब तिमीले कसैलाई (मृत्युदण्ड आदि कारणले) मार्छौ तब त्यसलाई राम्रो र सहज तरिकाले मार्नु, जब तिमी (पशु) वध गर्छौ, तब राम्रो तरिकाले वध गर्नु, तिमीहरूले जनावरलाई वध गर्नुअघि चक्कु धारिलो बनाउनुपर्छ र वध गरिने जनावरलाई सहजतापूर्वक वध गर्नुपर्छ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"के म तिमीहरूलाई यस्तो कामको बारेमा नभनुँ जसद्वारा अल्लाहले पापहरू मेटाउनुहुन्छ र दर्जाहरू उच्च पार्नुहुन्छ ?" तिनीहरूले भने, "हे अल्लाहका दूत, (अवश्य नै) भन्नुहोस्।" उहाँले भन्नुभयो : "अप्ठ्यारो भए पनि राम्रोसँग वुजू गर्नु, अत्याधिक मस्जिद जानु र एक नमाजपछि अर्को नमाजको लागि पर्खनु, यही नै 'रिबात' (अल्लाहको मार्गमा जिहाद र सीमानामा पहरा दिनु) हो।"
सही मुस्लिमले वर्णन गरेका छन्
"निश्चय नै, कयामतको (प्रलयको) निशानीहरू मध्ये यो पनि हो कि; ज्ञान हराउनेछ, अज्ञानता बढ्नेछ, अनैतिकता र व्यभिचार धेरै फैलिनेछ, मद्यपान बढ्नेछ, पुरुषहरू कम हुनेछन् र महिलाहरूको संख्यामा वृद्धि हुनेछ, यतिसम्म कि ५० जना महिलाको एक पुरुष मात्र संरक्षक हुनेछ ।"
सही मुत्तफकुन अलैहि