Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

4 of 683 cards

Clear filters
उहाँ हरेक नमाजमा तकबीर भन्नुहुन्थ्यो, चाहे त्यो नमाज अनिवार्य होस् वा नफिल, चाहे त्यो रमजानमा होस् वा अन्य महिनामा । नमाजको लागि खडा हुँदा तकबीर भन्नुहुन्थ्यो, रुकुमा जाँदा तकबीर भन्नुहुन्थ्यो, त्यसपछि (रुकुबाट उठ्दा) ‘समिअल्लाह लिमान हमिदह’ भन्नुहुन्थ्यो र सज्दामा जानुअघि ‘रब्बना वलकल-हम्दु’ भन्नुहुन्थ्यो । त्यसपछि सज्दामा जाँदा तकबीर भन्नुहुन्थ्यो, त्यसपछि सज्दाबाट टाउको उठाउँदा तकबीर भन्नुहुन्थ्यो, त्यसपछि दुई रकात पूरा गरेपछि तेस्रो रकाअतको लागि खडा हुँदा तकबीर भन्नुहुन्थ्यो र यसरी नमाज पूरा नभएसम्म प्रत्येक रकतमा तकबीर भन्नुहुन्थ्यो । नमाज पूरा गरेपछि उनले भने : अल्लाहको कसम, जसको हातमा मेरो जीवन छ, म तपाईंहरूमध्ये सबै भन्दा बढी अल्लाहको रसूलसँग मिल्दोजुल्दो नमाज पढ्ने व्यक्ति हुँ । उहाँ यसरी नै नमाज पढ्नु हुन्थ्यो यहाँसम्म कि उहाँ (स.) यस संसार बाट बिदा भए ।
सही मुत्तफकुन अलैहि
"रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मस्जिदमा प्रवेश गर्नुभयो। ठ्याक्कै त्यही बेला एक व्यक्ति पनि भित्र प्रवेश गरे र उनले नमाज पढे। नमाजपछि उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सलाम गरे। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सलामको जवाफ फर्काउनुभयो र भन्नुभयो, “फर्क र फेरि नमाज पढ, किनकि तिमीले नमाज पढेका छैनौ।” त्यो व्यक्ति फर्किएर पहिले जस्तै नमाज पढे र फेरि नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सामुन्ने आएर सलाम गरे। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दोहोर्‍याउँदै भन्नुभयो, “फर्क र फेरि नमाज पढ, किनकि तिमीले नमाज पढेका छैनौ।” यो क्रम तीन पटकसम्म दोहोरियो। अन्तमा त्यो व्यक्तिले भन्यो, “जसले तपाईंलाई सत्यसहित पठाउनुभएको छ, उहाँको कसम! मलाई योभन्दा राम्रोसँग नमाज पढ्न आउँदैन, त्यसैले मलाई सिकाइदिनुहोस्।” नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, “जब तिमी नमाजका लागि उभिन्छौ, तब ‘अल्लाहु अकबर’ भनेर तक्बीर भन। त्यसपछि कुरानबाट जति सजिलो लाग्छ त्यति पढ। त्यसपछि रुकूमा जानु र रुकूमा पूर्ण रूपमा स्थिर नभएसम्म रहनु। त्यसपछि रुकूबाट उठेर पूर्ण रूपमा सीधा भएर स्थिर नभएसम्म उभिरहनु। त्यसपछि सज्दा गर्नु र सज्दामा पूर्ण रूपमा स्थिर नभएसम्म रहनु। त्यसपछि उठ र पूर्ण रूपमा स्थिर भएर बस। आफ्नो पूरै नमाजमा यही तरिकाले गर्नू।"
सही मुत्तफकुन अलैहि
रसूलुल्लाह (सलल्लाहु अलैहि वसल्लम) ले फज्रको नमाजका दुई रकआतहरूमा { सूरा अल-काफिरून} र {सूरा अल-इखलास} पाठ गर्नु भयो।
सही मुस्लिमले वर्णन गरेका छन्
"सबैभन्दा खराब चोर त्यो व्यक्ति हो जसले आफ्नो नमाज मा चोरी गर्छ ।" एक साथीले नमाजमा चोरी गर्नुको अर्थ के हो भनेर सोधे, उहाँले जवाफ दिनुभयो: "नमाजमा चोरी गर्नु भनेको उसले पूर्ण रूपमा रुकुअ र सज्दा नगर्नु हो।"
सही इब्ने हिब्बानले वर्णन गरेका छन्