Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

4 of 683 cards

Clear filters
"जब तिमीहरूमध्ये कोही निद्राबाट ब्यूँझन्छ, उसले आफ्नो नाकमा तीन पटक पानी खन्याएर सफा गरोस्, किनकि शैतानले उसको नाकको प्वालमा रात बिताउँछ।"
सही मुत्तफकुन अलैहि
हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग मक्काबाट मदिना फर्किरहेका थियौं । बाटोमा पानी भेटिएपछि केही मानिसहरूले समय नजिकिँदै गर्दा हतार गरे र छिटो-छिटो वुजू गरे। हामी त्यहाँ आइपुग्दा उनीहरूको कुर्कुच्चोसम्म पानी नपुगेको (अर्थात् त्यो भाग सुक्खा रहेको) कारणले त्यो भाग स्पष्ट रूपमा देखिएको थियो।। यो देखेर अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “कुर्कुच्चाहरूलाई नरकको आगोबाट जोगाऊ, वुजू राम्ररी पूरा गर।”
सही मुत्तफकुन अलैहि
उसमान बिन अफ्फान (रजियल्लाहु अन्हु) का गुलाम हुमरानले बयान गरेका छन्, उनले उसमान लाई देखे कि उहाँ ले वुजु गर्नका लागि पानी मागे, भाँडोबाट पानी खन्याए र दुबै हातलाई तीन पटक धोए, त्यसपछि आफ्नो दाहिने हात पानीमा हाले । त्यसपछि मुख कुल्ला गरे, नाकमा पानी हालेर राम्रोसँग नाक सफा गरे, त्यसपछि आफ्नो अनुहार र दुबै हात कुहिनो सहित तीन पटक धोए । त्यसपछि आफ्नो टाउको मसह गरे (हत्केलाले पुछे), त्यसपछि दुवै खुट्टा तीन पटक धोए र भने: मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई मेरो यो वुजु जस्तै वुजु गरेको देखेको छु र त्यसपछि भने: " जसले मेरो यो वुजु झैं वुजु गर्छ र केहि नबोलीकन दुई रकात नमाज पढ्छ, अल्लाहले उसका अघिल्लो पापहरू क्षमा गर्नुहुन्छ ।”
सही मुत्तफकुन अलैहि
मैले अम्र बिन अबू हसनलाई अब्दुल्लाह बिन जैद (रजियल्लाहु अन्हु) सगँ नबी (सल्लल्लाहु अलैहि वसल्लम) को वुजू गर्ने तरिका बारे सोधिरहेको देखें ।अब्दुल्लाह बिन जैदले पानीको एउटा भाँडो ल्याउन आदेश दिए र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जस्तै वुजू गरेर देखाए । उनले आफ्नो दुवै हातमा भाँडोको पानी खन्याए र तीन पटक हात धोए । त्यसपछि उनले भाँडोमा आफ्नो हात हाले र पानी लिएर तीन पटक मुख कुल्ला गरे, नाकमा पानी हाले र नाक सफा गरे । त्यसपछि उनले भाँडोमा आफ्नो हात हाले र पानी लिएर तीन पटक अनुहार धोए । त्यसपछि उनले भाँडोमा हात हालेर पानी लिएर दुई पटक कुहिनो समेत दुवै हात धोए । त्यसपछि उनले भाँडोमा हात हालेर पानी लिएर आफ्नो टाउकोको एक पटक मसह गरे (पानीले भिजेकोहात ले टाउको पुछ्नु, घस्नु) । टाउको मसह गर्दा पहिले दुवै हात टाउकोको अगाडिको भागबाट पछाडिको भागसम्म लगे र त्यसपछि पछाडिबाट अगाडि ल्याए । त्यसपछि उनले आफ्नो दुवै खुट्टा गोलीगाँठो सहित धोए ।
सही मुत्तफकुन अलैहि