Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

18 of 683 cards

Clear filters
"तहारत (पवित्रता) ईमानको आधा भाग हो। "अल्हम्दुलिल्लाह" (अल्लाहको प्रशंसा) ले सुकर्मको तराजुलाई पूर्ण रूपमा भर्छ। "सुब्हानल्लाह" र "अल्हम्दुलिल्लाह" यी दुवै पवित्र शब्दहरूले आकाशदेखि पृथ्वीसम्मको विशाल अन्तरिक्षलाई परिपूर्ण गरिदिन्छन्। सलाह (नमाज) एक ज्योति हो। सदकह (दान) को प्रमाण हो। धैर्यता किरण हो र कुरान तपाईंको पक्ष वा विपक्षमा प्रमाण स्वरूप रहन्छ। प्रत्येक व्यक्तिले प्रत्येक दिन (परिश्रम गरी) एक प्रकारको सौदा गर्दछ—कि त उसले आफूलाई नर्कबाट मुक्त गर्दछ अथवा विनाशतर्फ धकेल्छ।"
सही मुस्लिमले वर्णन गरेका छन्
हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग मक्काबाट मदिना फर्किरहेका थियौं । बाटोमा पानी भेटिएपछि केही मानिसहरूले समय नजिकिँदै गर्दा हतार गरे र छिटो-छिटो वुजू गरे। हामी त्यहाँ आइपुग्दा उनीहरूको कुर्कुच्चोसम्म पानी नपुगेको (अर्थात् त्यो भाग सुक्खा रहेको) कारणले त्यो भाग स्पष्ट रूपमा देखिएको थियो।। यो देखेर अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “कुर्कुच्चाहरूलाई नरकको आगोबाट जोगाऊ, वुजू राम्ररी पूरा गर।”
सही मुत्तफकुन अलैहि
उसमान बिन अफ्फान (रजियल्लाहु अन्हु) का गुलाम हुमरानले बयान गरेका छन्, उनले उसमान लाई देखे कि उहाँ ले वुजु गर्नका लागि पानी मागे, भाँडोबाट पानी खन्याए र दुबै हातलाई तीन पटक धोए, त्यसपछि आफ्नो दाहिने हात पानीमा हाले । त्यसपछि मुख कुल्ला गरे, नाकमा पानी हालेर राम्रोसँग नाक सफा गरे, त्यसपछि आफ्नो अनुहार र दुबै हात कुहिनो सहित तीन पटक धोए । त्यसपछि आफ्नो टाउको मसह गरे (हत्केलाले पुछे), त्यसपछि दुवै खुट्टा तीन पटक धोए र भने: मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई मेरो यो वुजु जस्तै वुजु गरेको देखेको छु र त्यसपछि भने: " जसले मेरो यो वुजु झैं वुजु गर्छ र केहि नबोलीकन दुई रकात नमाज पढ्छ, अल्लाहले उसका अघिल्लो पापहरू क्षमा गर्नुहुन्छ ।”
सही मुत्तफकुन अलैहि
"जब कुनै मुस्लिम (वा मुमिन) भक्तले वुजू गर्छ र आफ्नो अनुहार धुन्छ, तब उसको आँखाले गरेका सबै पापहरू पानीसँगै वा पानीको अन्तिम थोपासँगै निस्कन्छन्। जब उसले आफ्ना हातहरू धुन्छ, तब उसको हातले गरेका सबै पापहरू पानीसँगै वा पानीको अन्तिम थोपासँगै निस्कन्छन्। जब उसले आफ्ना खुट्टाहरू धुन्छ, तब उसको खुट्टाले हिँडेर गरेका सबै पापहरू पानीसँगै वा पानीको अन्तिम थोपासँगै निस्कन्छन्, यहाँसम्मकि ऊ पापहरूबाट पूर्ण रूपमा चोखो भएर निस्कन्छ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"नबी (सल्लल्लाहु अलैहि वसल्लम) एक ‘साअ’ देखि पाँच ‘मुद’ सम्म पानीले नुहाउनुहुन्थ्यो र एक ‘मुद’ पानीले वुजू गर्नुहुन्थ्यो ।"
सही मुत्तफकुन अलैहि
"जसले राम्रोसँग वुजु गर्छ, उसका पापहरू उसको नङ मुनि समेत शरीरबाट पखालिनेछन् ।"
सही मुस्लिमले वर्णन गरेका छन्
एकजना व्यक्तिले वुजू गरे, तर उनको खुट्टामा नङको आकार बराबर स्थान सुक्खा नै रह्यो। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यो देखेर भन्नुभयो: “फर्केर जाऊ र आफ्नो वुजू राम्रोसँग पूरा गरेर आउ।” त्यसपछि उनले फर्केर राम्रोसँग वुजू गरे र नमाज पढे।
शवाहिद (गवाहहरु) ले गर्दा सही हो मुस्लिमले वर्णन गरेका छन्
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दुई-दुई पटक वुजूका अंगहरू धुनुभयो ।
सही बुखारीले वर्णन गरेका छन्