Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

10 of 683 cards

Clear filters
हे अल्लाहका रसूल! मेरी आमाको निधन भएको छ । यस्तो अवस्थामा उहाँको (पुण्यको) लागि कुन दान (सद्का) सबैभन्दा उत्तम हुन्छ? उहाँले जवाफ दिनुभयो: 'पानी (पिलाउनु)।' तसर्थ, साअ्दले एउटा इनार खन्नुभयो र भन्नुभयो: 'यो इनार साअ्दकी आमाका निम्ति हो।"
सम्पूर्ण स्रोतहरूले गर्दा हसन हो अबू दाऊद, निसाई र इब्ने माजहले वर्णन गरेका छन्
"आफ्ना छोराछोरीहरू सात वर्षको हुँदा सलाह (नमाज) पढ्न आदेश दिनु र दस वर्षको हुँदा तिनीहरूलाई (नमाज नपढे) पिट्नु र उनीहरूको ओछ्यान अलग गर्दिनु ।"
हसन अबू दाऊदले वर्णन गरेका छन्
निश्चय नै अल्लाहले अनिवार्य कर्तव्यहरू (फराइज) तोक्नुभएको छ, तिनलाई बेवास्ता नगर्नु। उहाँले कानुनी सीमाहरू (हुदूद) निर्धारण गर्नुभएको छ, तिनीहरूको उल्लङ्घन नगर्नु। उहाँले केही कुराहरूलाई निषेध (हराम) गर्नुभएको छ, ती वर्जित कार्यहरूमा संलग्न नहुनु। उहाँले केही कुराहरू बिर्सिएर होइन बरु तिमीहरूमाथि दया गरेर उल्लेख नगरी छोड्नुभएको छ, त्यसैले तिनको बारेमा अनावश्यक सोधपुछ नगर्नु।
इमाम नववीले भनेका छन्ः हसन हदीस दारकुत्नीले आफ्नो सुननमा र अरूले वर्णन गरेका छन्
कर्म ६ प्रकारका र मानव ४ प्रकारका हुन्छन् । तीमध्ये (स्वर्ग वा नरक) अनिवार्य गर्ने दुईवटा कर्म छन्, र (बाँकी ४ प्रकारका कर्महरू मध्ये ) एउटा कर्मको प्रतिफल कर्म अनुसार नै पाइनेछ, र अर्को कर्मको प्रतिफल दश गुणा बढी र केही कर्मको प्रतिफल सात सय गुणा बढी प्राप्त हुनेछ। दुईटा (स्वर्ग वा नरक) अनिवार्य गर्नेवाला कर्महरू भनेको : जो अल्लाहसँग शिर्क (साझेदारी) नगरेको अवस्थामा मर्यो भने ऊ स्वर्गमा जानेछ, र जो अल्लाहसँग शिर्क गरेको अवस्थामा मर्यो भने ऊ नर्कमा जानेछ । र त्यो कर्म जसको प्रतिफल कर्म अनुसार नै पाइनेछ भनेको : जसले भित्री मनले कुनै सत्कर्म गर्ने नियत गर्दछ र अल्लाहले त्यस प्रति उसको प्रतिज्ञालाई देख्नुहुन्छ त उसको लागि एक नेकी (पुण्य) लेखिन्छ,र जसले दुष्कर्म गर्ने नियत गर्दछ, उसको लागि एउटा पाप मात्र लेखिन्छ । र जसले सत्कर्म गर्दछ, त्यसलाई दश गुणा बढी प्रतिफल दिइनेछ । र जसले अल्लाहको बाटोमा दान प्रदान गर्छ, त्यसलाई सात सय गुणा बढी प्रतिफल (पुण्य)दिइनेछ । र मानिसहरू चार प्रकारका छन्: (पहिलो) जसलाई संसारमा सुख सुविधा प्राप्त छ, तर आखिरत(परलोक)मा उसलाई कष्ट र दुःख हुनेछ ।(दोस्रो) जसले संसारमा कष्ट र दुःख साथ जीवन काट्यो, तर आखिरतमा उसलाई सुख सुविधा प्राप्त हुनेछ, (तेस्रो) जसलाई संसार र आखिरत दुवैमा कष्ट दुःख हुनेछ, (चौथो) जसलाई संसार र आखिरत दुवैमा सुख सुविधा प्राप्त हुनेछ।
हसन अहमदले वर्णन गरेका छन्
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक जना मानिसलाई पंक्ति पछाडि एक्लै नमाज पढिरहेको देख्नुभयो, त्यसैले उहाँले उसलाई नमाज दोहोर्याउन आदेश दिनुभयो।
हसन अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"यदि प्रत्येक व्यक्तिको दाबीलाई बिना सोधपुछ स्वीकार गरिन्थ्यो भने, केही मानिसहरूले अरूको सम्पत्ति र रगतसमेत आफ्नो भनी दाबी गर्ने थिए। त्यसैले, आफ्नो दाबी प्रमाणित गर्न प्रमाण प्रस्तुत गर्नु दाबीकर्ताको जिम्मेवारी हो र (दाबी) इन्कार गर्नेले शपथ खानुपर्छ।"
हसन बैहकी र अरूले यसरी नै वर्णन गरेका छन् र यसको केही भाग सहीहैनमा रहेको छ
मैले सोधे: हे रसूल! हामीमध्ये कसैमाथि उसकी पत्नीको के अधिकार छ? उहाँले भन्नुभयो: "तिमी खाँदा उसलाई खुवाऊ, कमाउँदा लुगा लगाइदेऊ, उसको अनुहारमा प्रहार नगर, उसको बारेमा नराम्रो नबोल र घर भित्र बाहेक ऊबाट अलग नहोऊ।"
हसन अबू दाउद, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"सबैभन्दा पूर्ण मुमिन (आस्थावान) त्यो हो जसको व्यवहार राम्रो छ र तिमीहरु मध्ये सबैभन्दा राम्रो त्यो हो जो आफ्नो महिलाहरु (छोरी/स्वास्नी)प्रति राम्रो हुन्छ ।"
हसन अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्