Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

6 of 683 cards

Clear filters

Narrator

Show all narrators (48)
नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सामु एक जना मानिसको बारेमा चर्चा गरियो जो सूर्योदय नभएसम्म सुतिरहेको थियो। यो सुनेर उहाँले भन्नुभयो: "यो त्यस्तो मानिस हो जसको कानमा वा दुवै कानमा शैतानले पिसाब फेरेको छ।"
सही मुत्तफकुन अलैहि
"कियामत (प्रलय) को दिन मानिसहरूबीचमा सर्वप्रथम रक्तपात (हत्या) को बारेमा फैसला गरिनेछ।"
सही मुत्तफकुन अलैहि
"तिमीहरूमध्ये जोसँग विवाह गर्ने सामर्थ्य छ, उसले विवाह गरिहालोस्। किनकि विवाहले आँखालाई झुकाउने (अवैध दृष्टिबाट बचाउने) र लज्जास्थानलाई सुरक्षित राख्ने काम गर्छ। र जससँग सामर्थ्य छैन, उसले रोजा (व्रत) राखोस्। किनकि व्रतले यौन इच्छालाई कमजोर गर्छ ।"
सही मुत्तफकुन अलैहि
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई 'तशह्हुद' सिकाउनु भयो जसरी उहाँले मलाई कुरानको सुरह सिकाउनुहुन्थ्यो । (त्यो सिक्ने क्रममा) मेरो हत्केला उहाँको दुवै हत्केलाहरूको बीचमा थियो : ‘अत्तहिय्यातु लिल्लाहि वस्सलवातु वत्तैयिबातु, अस्सलामु अलैक अय्युहन्नबिय्यु वरह्-मतुल्लाहि व बरकातुहु, अस्सलामु अलैना व अला इबादिल्ला हिस्सालिहीन्, अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह् ।’ बुखारी र मुस्लिमको अर्को हदीसमा यसरी छ : "इन्न - ल्लाह हुवस्सालामु", त्यसैले जब तिमीहरू मध्ये कोही तशह्हुदमा बस्छ, उसले यसरी भनोस्: ‘अत्तहिय्यातु लिल्लाहि वस्सलवातु वत्तैयिबातु, अस्सलामु अलैक अय्युहन्नबिय्यु वरह्-मतुल्लाहि व बरकातुहु, अस्सलामु अलैना व अला इबादिल्ला हिस्सालिहीन् । ( भक्तको यो प्रार्थानाले आकाश र पृथ्वीमा रहेका हरेक सत्कर्मीलाई लाभ हुनेछ), त्यस अगाडि यो पढ्ने: ‘अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह् ।’ त्यसपछि आफूले चाहेको दुआहरू गर्न सकिन्छ ।"
सही मुत्तफकुन अलैहि
"जसले कुनै मुस्लिम व्यक्तिको सम्पत्ति हडप्ने नियतले झूटो कसम खान्छ, ऊ अल्लाहसामु यस अवस्थामा उपस्थित हुनेछ कि अल्लाह ऊमाथि अत्यन्तै क्रोधित हुनुहुनेछ।" वर्णनकर्ताले भन्नुहुन्छ, सहाबी अश्अस (रजिअल्लाहु अन्हु) ले भन्नुभयो: "अल्लाहको कसम! यो हदीस मेरै विषयमा उल्लेख भएको थियो। मेरो र एक जना यहूदी व्यक्तिको बीचमा एउटा जग्गा साझा थियो। पछि उसले मेरो हिस्सा दिन अस्वीकार गर्‍यो। त्यसपछि मैले यो विवाद नबी (सल्लल्लाहु अलैहि वसल्लम) समक्ष प्रस्तुत गरेँ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई सोध्नुभयो: 'के तिमीसँग आफ्नो दाबी पुष्टि गर्ने कुनै प्रमाण छ?' मैले उत्तर दिएँ: 'छैन।' त्यसपछि उहाँले त्यस यहूदीलाई भन्नुभयो: 'कसम खाऊ।' मैले निवेदन गरेँ: 'हे अल्लाहका रसूल! त्यसो भए त उसले कसम खाएर मेरो सम्पत्ति हडपेर लैजानेछ।' त्यसै सन्दर्भमा अल्लाहले यो आयत अवतरित गर्नुभयो: {निःसन्देह, जसले अल्लाहसँग गरेको वाचा र आफ्ना कसमहरूलाई तुच्छ मूल्यमा बेच्दछन्...}— आयतको अन्त्यसम्म।"
सही मुत्तफकुन अलैहि
"कुनै मुस्लिम व्यक्तिको रगत वैध हुदैन, अर्थात् उसको हत्या गर्न अनुमति छैन, सिवाय तीन अवस्थाहरूमा। पहिलो, विवाहित भएर व्यभिचार गर्ने व्यक्ति; दोस्रो, जसले कुनै निर्दोष मानिसको हत्या गर्छ (किसास); र तेस्रो, जसले आफ्नो धर्म त्याग्छ र मुस्लिम समुदायबाट अलग हुन्छ।"
सही मुत्तफकुन अलैहि