Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

27 of 683 cards

Clear filters
"यी (दश) दिनहरूमा पुण्य कर्महरू गर्नु अरु दिनहरू भन्दा अल्लाहलाई बढी प्रिय छ ।" अर्थात जुल-हिज्जा महिनाको पहिलो दस दिन । उहाँका साथीहरूले सोधे: हे अल्लाहको रसूल! अल्लाहको मार्गमा जिहाद पनि होइन? उहाँले जवाफ दिनुभयो: "होइन, अल्लाहको मार्गमा जिहाद पनि होइन, तर त्यो व्यक्ति बाहेक जो आफ्नो जीउधनको साथ जिहादको लागि निस्कन्छ र ती मध्ये केही लिएर फर्कदैन ।"
सही बुखारी र अबू दाउदले वर्णन गरेका छन् र शब्द उनकै हो
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक जना मानिसलाई पंक्ति पछाडि एक्लै नमाज पढिरहेको देख्नुभयो, त्यसैले उहाँले उसलाई नमाज दोहोर्याउन आदेश दिनुभयो।
हसन अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"वली (अभिभावक) बिना निकाह (विवाह) हुँदैन ।"
सही अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"हे बिलाल! नमाजको कायम/आह्वान गर (अजान देऊ) र यसद्वारा हामीलाई शान्ति दिऊ ।"
सही अबू दाऊदले वर्णन गरेका छन्
"तीन प्रकारका व्यक्तिहरूबाट (कर्महरूको लेखा-जोखा राख्ने) कलम उठाइएको छ: सुतेको व्यक्तिबाट, जबसम्म ऊ ब्युँझिँदैन, बालकबाट, जबसम्म ऊ बालिग (वयस्क) हुँदैन, र पागल व्यक्तिबाट, जबसम्म ऊ पूर्ण चेतनामा आउँदैन।"
सही अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र इब्ने माजह तथा अहमदले वर्णन गरेका छन्
मैले सोधे: हे रसूल! हामीमध्ये कसैमाथि उसकी पत्नीको के अधिकार छ? उहाँले भन्नुभयो: "तिमी खाँदा उसलाई खुवाऊ, कमाउँदा लुगा लगाइदेऊ, उसको अनुहारमा प्रहार नगर, उसको बारेमा नराम्रो नबोल र घर भित्र बाहेक ऊबाट अलग नहोऊ।"
हसन अबू दाउद, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"यदि कुनै महिलाले आफ्ना अभिभावकहरूको अनुमति बिना विवाह गर्छिन् भने, उनको विवाह अमान्य हुन्छ।" उहाँले यो तीन पटक भन्नुभयो। (त्यसपछि उहाँले भन्नुभयो:) "यदि कुनै पुरुषले त्यस्तो महिलासँग यौनसम्पर्क गर्छ भने, उसको लागि महर (श्रीमानले श्रीमतीलाई दिने हक) छ। यदि अभिभावकहरू असहमत हुन्छन् भने, जसको अभिभावक छैन त्यसका लागि शासक अभिभावक हुन्छ।"
सही अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"मूर्तिपूजकहरूसँग आफ्नो धन, ज्यान र वाणीद्वारा जिहाद गर।"
सही अबू दाऊद, निसाई र अहमदले वर्णन गरेका छन्