Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

11 of 683 cards

Clear filters
नबी (सल्लल्लाहु अलैहि वसल्लम) जुत्ता लगाउँदा, कपाल कोर्दा, वुजू गर्दा लगायत आफ्ना सबै कार्यहरूमा दायाँबाट आरम्भ गर्न मन पराउनुहुन्थ्यो।
सही मुत्तफकुन अलैहि
"भोलि म यो झण्डा यस्तो व्यक्तित्वलाई प्रदान गर्नेछु, जसको हातद्वारा अल्लाहले विजय प्रदान गर्नुहुनेछ। जसले अल्लाह र उहाँका रसूललाई प्रेम गर्छ र अल्लाह र उहाँका रसूलले पनि उनलाई प्रेम गर्नुहुन्छ।" यो सुनेर मानिसहरूले रातभरि झण्डा कसले पाउने हो भनेर आपसमा छलफल र अड्कलबाजी गर्दै बिताए। बिहान सबैजना अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) समक्ष उपस्थित भए। सबैले झण्डा पाउने आशा गरेका थिए। उहाँले सोध्नुभयो: "अली बिन अबी तालिब कहाँ छन्?" मानिसहरूले भने: "हे अल्लाहका रसूल! उनको आँखा दुखिरहेको छ।" उहाँले भन्नुभयो: "उनलाई बोलाऊ।" जब अली (रजियल्लाहु अन्हु) लाई बोलाइयो, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनको आँखामा आफ्नो राल (थुक) लगाइदिनुभयो र उनको लागि दुआ (प्रार्थना) गर्नुभयो। फलस्वरूप उनको आँखा कुनै रोग नभएजस्तै गरी तुरुन्तै निको भयो। त्यसपछि उहाँले अली (रजियल्लाहु अन्हु) लाई झण्डा प्रदान गर्नुभयो। अली (रजियल्लाहु अन्हु) ले सोधे: "हे अल्लाहका रसूल! के तिनीहरू हामीजस्तै (मुस्लिम) नभएसम्म उनीहरूसँग युद्ध जारी रहनेछ?" उहाँले भन्नुभयो: "तिमी आफ्नै गतिअनुसार अघि बढ र जब उनीहरूको क्षेत्रमा पुग्छौ, तब उनीहरूलाई इस्लामतर्फ आमन्त्रण गर। अनि उनीहरूलाई अल्लाहको अधिकारसम्बन्धी उनीहरूको कर्तव्यहरू बताऊ। “अल्लाहको कसम! यदि अल्लाहले तिम्रो माध्यमबाट एक जना मात्र व्यक्तिलाई पनि सही मार्ग (हिदायत) मा ल्याइदिनुभयो भने, त्यो तिम्रा लागि राता-राता ऊँटहरू (त्यस समयको सबैभन्दा मूल्यवान् सम्पत्ति) प्राप्त गर्नुभन्दा धेरै उत्तम हुनेछ।"
सही मुत्तफकुन अलैहि
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मानिसहरूमध्ये सबैभन्दा उत्कृष्ट व्यवहारका व्यक्ति हुनुहुन्थ्यो ।
सही मुत्तफकुन अलैहि