Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

64 of 683 cards

Clear filters
"म यो झण्डा त्यसलाई दिनेछु जसले अल्लाह र उहाँका रसूललाई माया गर्छ र अल्लाहले उसको हातमा विजय प्रदान गर्नु हुनेछ।" उमर (रजियल्लाहु अन्हु) ले भने: मैले त्यो दिन बाहेक कहिल्यै पदको चाहना गरेको छैन। उनले थपे: मलाई बोलाइनेछ भन्ने आशामा मैले टाउको उठाएँ। उनी अझै भन्छन्: तर, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले अली इब्न अबी तालिबलाई बोलाउनुभयो, उनलाई झण्डा दिनुभयो र भन्नुभयो: "जाऊ, अल्लाहले तिमीलाई विजय नदिउन्जेल पछाडि नहेर।" उमर (रजियल्लाहु अन्हु) भन्छन्: अली (रजियल्लाहु अन्हु) अलि टाढा गए, त्यसपछि रोकिए, पछाडि नफर्केर ठूलो स्वरमा कराए: हे अल्लाहका रसूल! म मानिसहरूसँग के कुरामा लड्नु पर्छ? उहाँले भन्नुभयो: "अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुन् भनेर साक्षी नदिएसम्म युद्ध गर।" यदि तिनीहरूले त्यसो गर्छन् भने, तिनीहरूले आफ्नो ज्यान र सम्पत्ति तिमीहरूबाट जोगाए। हो, यदि तिनीहरूको कुनै अधिकार छ भने, त्यो फरक कुरा हो। तिनीहरूको हिसाब अल्लाहसँग हुनेछ।"
सही मुस्लिमले वर्णन गरेका छन्
التصنيف الشرعيالصحابة وفضلهم
"मुमिन (आस्थावान) को मामिला कति अचम्मको छ। उसको सम्पूर्ण मामिलामा उसको लागि भलाइ छ र त्यो मुमिन बाहेक अरू कसैको लागि छैन। यदि उसलाई सुख प्राप्त हुन्छ भने ऊ (अल्लाहप्रति) कृतज्ञ हुन्छ, र त्यसमा पनि उसको हित हुन्छ। र यदि उसलाई दुःख-कष्ट आइपर्छ भने ऊ धैर्य धारण गर्छ र यसरी त्यसमा पनि उसका लागि भलाइ नै हुन्छ।"
सही मुस्लिमले वर्णन गरेका छन्
التصنيف الشرعيفضائل أعمال القلوب، أعمال القلوب، تزكية النفوس، الإيمان بالقضاء والقدرموضوعات الحديثالصبر، الإيمان بالقدر خيره وشره، الشكرمحاور التعريف بالإسلاممعنى الابتلاء
"अन्धकारमय रातका टुक्रा जस्ता फित्ना (परीक्षा, प्रलोभन) आउनेछन्, त्यसैले सत्कर्म गर्न हतार गर। यस्तो समय आउनेछ, जब बिहान एक मानिस आस्थावान् हुन्छ तर साँझ हुँदा हुँदै काफिर बन्न पुग्छ, अथवा साँझ आस्थावान् हुन्छ तर बिहानसम्म काफिर बनिसक्छ। त्यस्तो व्यक्तिले थोरै सांसारिक लाभका लागि आफ्नो धर्म बेच्नेछ।"
सही मुस्लिमले वर्णन गरेका छन्
التصنيف الشرعيفضائل الأعمال الصالحة، فضائل أعمال الجوارح، ذم حب الدنيا، أشراط الساعةموضوعات الحديثالدعوة والعلم، الزهد وقِصَر الأمل، أشراط الساعة، الكفر وأنواعه، أعمال القلوب المحمودة
"हे अबुल मुन्जिर! के तिमीलाई थाहा छ, अल्लाहको पुस्तकको कुन आयत (श्लोक) सबैभन्दा महान् हो ?" उनले भने: अल्लाह र उहाँका रसूललाई राम्रोसँग थाहा छ । उहाँले (दोस्रो पटक) सोध्नुभयो: "हे अबुल मुन्जिर! के तिमीलाई थाहा छ, अल्लाहको पुस्तकको कुन आयत (श्लोक) सबैभन्दा महान हो ?" उनी भन्छन्, मैले भने: {अल्लाहु लाइला-ह इल्ला हुवल-हय्युल कय्यूम} [सूरह अल-बकरह : २५५] उनी भन्छन् : यो सुनेर उहाँले मेरो छाती थपथप्याउनु भयो र भन्नुभयो: "अल्लाहको कसम! हे अबुल मुन्जिर! तिम्रो लागि यो ज्ञान श्रेयस्कर होस् ।"
सही मुस्लिमले वर्णन गरेका छन्
التصنيف الشرعيالصحابة وفضلهم، فضل العلم، فضائل السور والآياتموضوعات الحديثالحث على طلب العلم، فضائل السور والآيات، الصحابة رضي الله عنهم
एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नजिक देब्रे हातले खाना खायो । यो देखेर उहाँले भन्नुभयो: "दाहिने हातले खाऊ ।" उसले भन्यो: म (दायाँ हातले खान) सक्दिनं । उहाँले भन्नुभयो: "तिमी कहिल्यै सक्ने छैनौ ।" वास्तवमा, अहंकारले उसलाई त्यसो गर्नबाट रोकियो । हदीस बयान गर्नेले भने: त्यसपछि, त्यस व्यक्तिले आफ्नो दाहिने हात कहिल्यै मुखसम्म पुर्याउन सकेन।
सही मुस्लिमले वर्णन गरेका छन्
التصنيف الشرعيالأخلاق الذميمة، آداب الأكل والشرب، دلائل النبوةموضوعات الحديثآداب الأكل والشرب، متابعة الرسول ﷺ، الكبر
"वास्तवमा, आफ्नो घरपरिवार, प्रजा र मातहतमा रहेकाहरूमाथी न्याय गर्ने न्यायाधीशहरू अल्लाहको दाहिने हाततिर उज्यालो मञ्चमा विराजमान हुनेछन् । उहाँका दुवै हातहरू दाहिने हुन् ।"
सही मुस्लिमले वर्णन गरेका छन्
التصنيف الشرعيالأخلاق الحميدة، أحكام الإمامة، حقوق الرعية على الإمام، توحيد الأسماء والصفاتموضوعات الحديثالعدل، أحكام الإمامةمحاور التعريف بالإسلاممحاسن الأخلاق
“तिमीहरूले अल्लाह र उहाँका रसूलप्रति विश्वास नगरेसम्म स्वर्गमा प्रवेश गर्ने छैनौ, र तिमीहरूले एकअर्कासँग प्रेम नगरेसम्म तिमीहरूको आस्था पूर्ण हुने छैन। के म तिमीहरूलाई एउटा यस्तो कुरा नबताऊँ, जुन यदि तिमीहरूले गर्न थाल्यौ भने तिमीहरू आपसमा माया गर्नेछौ? तिमीहरू आपसमा सलाम (शान्तिको अभिवादन) फैलाऊ।”
सही मुस्लिमले वर्णन गरेका छन्
التصنيف الشرعيفضائل أعمال الجوارح، آداب السلام والاستئذان، الإيمانموضوعات الحديثالإيمان، الحب في الله والبغض في الله، السلام، المحبةمحاور التعريف بالإسلاممحاسن الأخلاق
"जसले अल्लाहसँग शिर्क (कसैलाई साझेदार) नगरेको अवस्थामा भेट्छ, उसले स्वर्गमा प्रवेश पाउने छ, र जसले अल्लाहसँग शिर्क गरेको अवस्थामा भेट्छ, ऊ नर्कमा प्रवेश गर्नेछ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
التصنيف الشرعيفضائل التوحيد، صفات الجنة والنار، الشركموضوعات الحديثأهمية التوحيد، الشرك بالله وأقسامهمحاور التعريف بالإسلاموجوب إفراد الله بالعبادة، بطلان الشرك وصوره، النجاة بالدخول في الإسلام