عربي - Arabic English Qafár af - Afar Afrikaans - Afrikanns Akan Shqip - Albanian አማርኛ - Amharic Հայերեն - Armenian অসমীয়া - Assamese Azərbaycanca - Azerbaijani Bamanankan - Bambara Bassa Bemba বাংলা - Bengali Bosanski - Bosnian Български - Bulgarian မြန်မာဘာသာ - Burmese Bisaya - Cebuano Cham Нохчий - Chechen chiCheŵa - Chewa 中文 - Chinese Адыгэбзэ - Circassian Hrvatski - Croatian Česky - Czech Dagbani Dansk - Danish فارسی دری - Dari Dendi ދިވެހި ބަސް - Dhivehi Nederlands - Dutch إستوني - Estonian Suomi - Finnish Français - French Fulfulde - Fula ქართული - Georgian Deutsch - German Ελληνικά - Greek ગુજરાતી - Gujrati Kreyòl ayisyen - Haitian Creole Hausa हिन्दी - Hindi Magyar - Hungarian Igbo Indonesia - Indonesian Italiano - Italian 日本語 - Japanese Jóola - Jola ಕನ್ನಡ - Kannada Қазақша - Kazakh ភាសាខ្មែរ - Khmer Kikuyu Ikinyarwanda - Kinyarwanda Ikirundi - Kirundi 한국어 - Korean كوردی سۆرانی - kurdish كوردي kurmancî - Kurmanji Kyrgyz ລາວ - Lao latviešu - Latvian Lingala lietuvių - Lithuanian Luganda Македонски - Macedonian Maguindanaon Malagasy - Malagasy Bahasa Melayu - Malay മലയാളം - Malayalam Mandinka मराठी - Marathi Mõõré - Moore नेपाली - Nepali أنكو - NKo Norwegian ଓଡ଼ିଆ - Odia oromoo - Oromo پښتو - Pashto فارسی - Persian Polski - Polish Portuguese ਪੰਜਾਬੀ - Punjabi Română - Romanian Русский - Russian Српски - Serbian Shona සිංහල - Sinhala Slovenščina - Slovenian Soomaaliga - Somali Soninke Sesotho - Sotho Español - Spanish Kiswahili - Swahili Svenska - Swedish Tagalog Тоҷикӣ - Tajik தமிழ் - Tamil తెలుగు - Telugu ไทย - Thai ትግረኛ - Tigrinya Türkçe - Turkish Ukrainian اردو - Urdu ئۇيغۇرچە - Uyghur Ўзбек - Uzbek Việt Nam - Vietnamese Wolof Yao Yorùbá - Yoruba Zarma زولو - Zulu
683 Hadiths
Encyclopedia of Prophetic Hadiths
Categories
Categories (13)
Grading
Narrated in
Narrator
Show all narrators (73)
"अल्लाहले यहूदी र इसाईहरूलाई अभिशाप दिनुभएको छ, किनभने उनीहरूले आफ्ना नबीहरूका चिहानहरूलाई मस्जिद (पूजास्थल) बनाएका थिए।" त्यसपछि आयशा (रज़ियल्लाहु अन्हा) ले भन्नुभयो: "यदि यो आशङ्का नभएको भए उहाँ (नबी (सल्लल्लाहु अलैहि वसल्लम) ) को चिहान खुला स्थानमा बनाइने थियो, तर यस भयले गर्दा त्यसो गरिएन कि कतै त्यसलाई पनि मस्जिद (पूजास्थल) नबनाइयोस्।"
सही मुत्तफकुन अलैहि
"कसैले पनि अर्कोलाई अनैतिकता र अविश्वासको आरोप लगाउनु हुँदैन, किनकि यदि त्यो व्यक्ति भने जसो होइन भने आरोप उसैतिर फर्किनेछ।"
सही मुत्तफकुन अलैहि
"जसमा चारवटा लक्षणहरू छन्, त्यो शुद्ध मुनाफिक (पाखण्डी) हो र जसमा तीमध्ये एउटा छ, त्यसलाई नछोडेसम्म उसमा पाखण्डको एउटा लक्षण छ: जब ऊ बोल्छ झुट बोल्छ, जब उसले सम्झौता गर्छ, धोका दिन्छ, जब उसले वाचा गर्छ, तोड्छ र जब ऊ झगडा गर्छ गालीगलौज गर्छ ।"
सही मुत्तफकुन अलैहि
"हामी र तिनीहरूको बीचमा रहेको फरक नमाज (सलाह) हो । जसले यसलाई त्याग्छ उसले कुफ्र गर्यो ।"
सही तिर्मीजी, निसाई, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"तिमीहरू मध्यमार्ग र सही बाटो अपनाऊ । जानि राख, तिमीहरूमध्ये कोही पनि आफ्नो कर्मले मुक्ति पाउन सक्दैनौ।" सहाबाहरूले सोधे: "हे रसूल! तपाईँ पनि होइन?" उहाँले भन्नुभयो: "म पनि होइन, तर अल्लाहले मलाई आफ्नो रहमत र कृपाले ढाक्नुभएको छ।"
सही मुत्तफकुन अलैहि
"अपशगुन मान्नु शिर्क हो, अपशगुन मान्नु शिर्क हो, अपशगुन मान्नु शिर्क हो, (तीन पटक) भन्नुभयो, र यस प्रकारको कुरा हामी सबैको हृदयमा आउँछ, तर अल्लाहमाथि तवक्कुल (पूर्ण भरोसा) गर्नाले उहाँले यसलाई हटाइदिनुहुन्छ।"
सही अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई कयामतको बारेमा सोधे: "कयामत (प्रलय) कहिले आउँछ?" उहाँले सोध्नुभयो: "तिमीले यसको लागि के तयारी गरेका छौ?" उनले जवाफ दिए: "मैले कुनै खास तयारी त गरेको छैन, तर म अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई प्रेम गर्छु।" यो सुनेर उहाँले भन्नुभयो: "निश्चयनै तिमी उसैसँग हुनेछौ जसलाई तिमी प्रेम गर्छौ।"
अनस (रजियल्लाहु अन्हु) ले भने: "हामी नबी (सल्लल्लाहु अलैहि वसल्लम) को भनाइ—'निश्चयनै तिमी जसलाई प्रेम गर्छौ उसैसँग हुनेछौ'—बाट जति खुशी भयौं, त्यति अरू कुनै कुराबाट भएका थिएनौं।" अनस (रजियल्लाहु अन्हु) ले थपे: "म अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम), अबूबकर र उमर (रजियल्लाहु अन्हुम) लाई प्रेम गर्छु। यद्यपि मैले उहाँहरूको जस्तो कर्म गर्न सकेको छैन, तैपनि उहाँहरूप्रतिको प्रेमका कारण म उहाँहरूसँगै हुने आशा गर्दछु।"
सही मुत्तफकुन अलैहि
"निश्चय नै, कयामतको (प्रलयको) निशानीहरू मध्ये यो पनि हो कि; ज्ञान हराउनेछ, अज्ञानता बढ्नेछ, अनैतिकता र व्यभिचार धेरै फैलिनेछ, मद्यपान बढ्नेछ, पुरुषहरू कम हुनेछन् र महिलाहरूको संख्यामा वृद्धि हुनेछ, यतिसम्म कि ५० जना महिलाको एक पुरुष मात्र संरक्षक हुनेछ ।"
सही मुत्तफकुन अलैहि