Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

20 of 683 cards

Clear filters
«के म तिमीहरूलाई सबैभन्दा ठूलो पापबारे खबर नगरुँ?» उहाँले तीन पटक सोध्नुभयो। सबैले भने, "अवश्य, ए अल्लाहका रसूल (भन्नुहोस्)।" तब उहाँले भन्नुभयो, "अल्लाहसँग शिर्क गर्नु (उहाँको साझेदार बनाउनु) र आमाबाबुको अवज्ञा गर्नु।" अनि उहाँ अडेस लगाएर बसिरहनुभएको थियो, उठेर भन्नुभयो, "झूटो कुरा गर्नु पनि ठूलो पाप हो।" अनि यस कुरालाई उहाँले यति धेरै दोहोर्याउनुभयो कि हामीले सोच्यौँ, "सायद उहाँ अब चुप हुनुहुन्छ।"
सही मुत्तफकुन अलैहि
"एक पुरुषले अर्को पुरुषको गुप्ताङ्ग हेर्नु हुँदैन। त्यसैगरी, एक महिलाले पनि अर्को महिलाको गुप्ताङ्ग हेर्नु हुँदैन। एक पुरुषले अर्को पुरुषसँग एउटै कपडाभित्र सुत्नु हुँदैन र एक महिलाले अर्को महिलासँग एउटै कपडाभित्र सुत्नु हुँदैन।"
सही मुस्लिमले वर्णन गरेका छन्
“के तिमीहरूलाई थाहा छ, (वास्तविक) ‘गरिब’ (मुफ्लिस) को हो?” सहाबाहरूले उत्तर दिए: “हाम्रो विचारमा गरिब त्यो व्यक्ति हो, जोसँग न रुपैयाँ-पैसा (दिर्हम) हुन्छ न त कुनै भौतिक सम्पत्ति।” यो सुनेर उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “मेरो समुदाय (उम्मत) को वास्तविक गरिब त्यो व्यक्ति हो, जो न्यायको दिन (कियामतका दिन) नमाज, रोजा र जकात जस्ता थुप्रै पुण्य कर्महरू लिएर उपस्थित हुनेछ। तर, उसले कसैलाई गाली गरेको हुनेछ, कसैमाथि व्यभिचारको झूटा आरोप लगाएको हुनेछ, कसैको सम्पत्ति (अवैध रूपमा) खाएको हुनेछ, कसैको हत्या गरेको हुनेछ र कसैलाई कुटेको हुनेछ। परिमाण स्वरूप, उसको पुण्यहरू बाट केही यस पीडितलाई दिइनेछ भने केही त्यस पीडितलाई बाँडिनेछ। यदि पीडितहरूको हक पूरा हुनुअघि नै उसका पुण्य कर्महरू सकिए भने, ती पीडितहरूका पापहरू उसमाथि थुपारिनेछ र अन्ततः उसलाई नर्कमा फालिनेछ।”
सही मुस्लिमले वर्णन गरेका छन्
"मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग भनेँ: सफियामा यी यी कुराहरू छन्, - एकजना वर्णनकर्ताले भन्नुहुन्छ: उहाँको मनसाय उनी होची छिन् भन्ने थियो - नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यो सुनेर भन्नुभयो: "तिमीले यस्तो कुरा भन्यौ, यदि यसलाई समुद्रको पानीमा मिसाइयो भने यसले त्यसलाई परिवर्तित गरिदिने थियो (त्यसलाई दूषित पारिदिने थियो)।" उहाँले (आयशाले) भन्नुभयो: "मैले उहाँको अगाडि एक व्यक्तिको नक्कल गरेँ।" तब उहाँले भन्नुभयो: "मलाई कसैको नक्कल गर्न मन पर्दैन, चाहे मलाई यसको बदलामा जेसुकै (संसारको सम्पत्ति) किन नदिइयोस्।""
सही अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्