Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

17 of 683 cards

Clear filters
"दुइ मुखे (चुगली गर्ने) व्यक्ति स्वर्गमा प्रवेश गर्नेछैन ।"
सही मुत्तफकुन अलैहि
"शङ्का बाट होसियार; किनकि शङ्का सबैभन्दा झूटो कुरा हो । र एकअर्काको छानबिन नगर्नु, र गोप्य कुरा थाहा पाउन खोज्नु नगर्नु, एकअर्कासंग ईर्ष्या नगर्नु, एकअर्काको पछि नलाग्नु, एकअर्कासंग घृणा नगर्नु र सबै अल्लाहका सेवक र आपसमा दाजुभाइ जस्तै भएर बस्नु।"
सही मुत्तफकुन अलैहि
"जसले जानाजानी मेरो नाममा झूट बोल्छ, उसले आफ्नो स्थान नरकमा सुनिश्चित गरोस्।"
सही मुत्तफकुन अलैहि
म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग बसिरहेको थिएँ र दुई जना मानिसहरू एकअर्कालाई गाली गरिरहेका थिए। तिनीहरूमध्ये एक जनाको अनुहार (रिसले) रातो थियो र उसको नसाहरू फुलिरहेका थिए। त्यसैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " म यस्तो कुरा जान्दछु, यदि उसले पढ्यो भने, उसको रिस समाप्त हुनेछ।" उहाँले भन्नुभयो: "यदि यो मानिसले: "म धिक्कारिएको शैतानबाट अल्लाहको शरण चाहन्छु," भन्छ भने उसको रिस शान्त हुनेछ। त्यसैले मानिसहरूले उनलाई भने, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, 'धिक्कारिएको शैतानबाट अल्लाहको शरण माग।' उनले भने, "के म पागल छु?"
सही मुत्तफकुन अलैहि
"निस्सन्देह अल्लाहले अत्याचारीलाई मौका दिनुहुन्छ, तर जब पकड गर्नुहुन्छ तब छोड्नु हुन्न । त्यसपछि उहाँले यो आयत पढ्नुभयो : {"तिम्रा पालनकर्ताको पकड यस्तै हुनेछ जब उनी अवज्ञामा लिप्त नगरहरूलाई समात्नेछन् वास्तवमा - उनको पकड कष्टकर र शसक्त हुने गर्छ।} [सूरह हूद: 102]
सही मुत्तफकुन अलैहि
"अन्यायबाट टाढै रहनुहोस्, किनकि न्यायको दिनमा यो अन्धकार बनेर आउनेछ । कन्जुस्याइँ र लोभबाट सावधान रहनु, किनकि त्यसै कारणले तिमीहरू भन्दा पहिलेका मानिसहरू नष्ट भएका थिए। यसै अत्यधिक लोभ र लालसाले उनीहरूलाई एकअर्कासँग रक्तपात गर्न र अवैध तथा वर्जित कार्यहरू गर्न उक्साएको थियो।"
सही मुस्लिमले वर्णन गरेका छन्
«के म तिमीहरूलाई सबैभन्दा ठूलो पापबारे खबर नगरुँ?» उहाँले तीन पटक सोध्नुभयो। सबैले भने, "अवश्य, ए अल्लाहका रसूल (भन्नुहोस्)।" तब उहाँले भन्नुभयो, "अल्लाहसँग शिर्क गर्नु (उहाँको साझेदार बनाउनु) र आमाबाबुको अवज्ञा गर्नु।" अनि उहाँ अडेस लगाएर बसिरहनुभएको थियो, उठेर भन्नुभयो, "झूटो कुरा गर्नु पनि ठूलो पाप हो।" अनि यस कुरालाई उहाँले यति धेरै दोहोर्याउनुभयो कि हामीले सोच्यौँ, "सायद उहाँ अब चुप हुनुहुन्छ।"
सही मुत्तफकुन अलैहि
"एक पुरुषले अर्को पुरुषको गुप्ताङ्ग हेर्नु हुँदैन। त्यसैगरी, एक महिलाले पनि अर्को महिलाको गुप्ताङ्ग हेर्नु हुँदैन। एक पुरुषले अर्को पुरुषसँग एउटै कपडाभित्र सुत्नु हुँदैन र एक महिलाले अर्को महिलासँग एउटै कपडाभित्र सुत्नु हुँदैन।"
सही मुस्लिमले वर्णन गरेका छन्